• १ साउन २०८१, मङ्गलबार

हाम्रो सम्पदा

गुफै गुफाले घेरिएको बज्रयोगिनी मन्दिर (फोटो फिचर)

blog

काठमाडौँ, कात्तिक ११ गते । काठमाडौँको शंखरापुर नगरपालिका वडा नं. ८ मा रहेको प्राचीन मन्दिर बज्रयोगिनी मन्दिर गुफै गुफाले भरिएको छ । यस क्षेत्रमा नौ वटा गुफा रहेका छन् ढुङ्गेयुगका यी गुफाहरूमा विभिन्न भगवानका मूर्तिहरू समेत रहेका छन्।

बज्रयोगिनी मन्दिर भन्दा पश्चिम दिशामा रहेको एक गुफा भित्र प्रस्तर माध्यममा बज्रयोगिनीको आकृति स्वरूपको पुरानो मूर्ति रहेको छ । किम्बदन्ती अनुसार बज्रयोगिनीको खास रूप यही गुफा भित्र कि देवीको हो। यही कारणले यस मूर्तिलाई देवीको प्रतिमूर्तिका रूपमा पूजा अर्चना गरिन्छ। यद्यपि सो मूर्तिको आकृति निकै सुन्दर र कलात्मक रहेको छ। यस देवीका साथै यहाँ भैरवको मूर्ति समेत रहेको छ। 

यस गुफालाई सिद्धविहार वा सिद्धकुल गुफा पनि भनिन्छ। समष्टिगत रूपमा यहाँ रहेका गुफाहरूलाई ढुङ्गेविहार पनि भन्ने गरिएको छ। यसलाई तत्कालीन बिहारको विश्राम स्थल र योगा श्रमको रूपमा लिइने गरिएको दाबी नमस्ते शंखरापुरमा पनि गरिएको छ भनी साँखुका सम्पदा र वास्तुकला पुस्तकमा उल्लेख गरिएको छ। ढुङ्गाका कडा पत्थरले बनेका यस्ता गुफाले यो क्षेत्र ढुङ्गेयुगदेखि नै अस्तित्वमा आएको विश्वास गर्न सकिने आधार रहेको समेत उल्लेख गरिएको छ।

मञ्जुश्री नेमुनि अन्तर्गत ढुङ्गेविहार उप शीर्षकको पृष्ठमा सो गुफा र त्यहाँ स्थापित देवीको विषयमा यसरी लेखिएको छ: धर्म धातु महाबिहार नजिकैको सिद्धगुफा कोठालाई मानिन्छ। उक्त ढुङ्गेघरभित्र दुई वटा कोठा छुटाइका छन्। जसमध्ये एउटा सानो कोठामा उग्र तारा बज्रयोगिनी देवीको ढुङ्गेमूर्ति रहेको छ। अधिकांश ढुङ्गेगुफा अगाडी शिलालेख समेत रहेका छन्, जसले प्राचीनको सङ्केत पनि गर्दछ।