भूकम्प पीडितको शीघ्र उपचार र एकद्वार प्रणालीबाट राहत होस् : समिति
राष्ट्रिय सभा अन्तर्गत राष्ट्रिय सरोकार तथा समन्वय समितिले जाजरकोटमा शुक्रबार राति गएको भूकम्पबाट प्रभावितको शीघ्र उद्धार, उपचार तथा एकद्वार प्रणालीबाट राहत वितरणका लागि सरकारलाई निर्देशन दिएको छ ।
भिजिट भिसामा विदेश पठाउन नक्कली कागजात बनाउने गिरोह सार्वजनिक
नेपाल प्रहरीले नक्कली कागजात बनाएर भिजिट भिसामा नेपालीलाई विदेश पठाउने गिरोहमा संलग्न रहेको आरोपमा १० जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
त्रिविको निमित्त उपकुलपतिमा भुसाल
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिमा शिक्षा अध्यक्ष प्रा.शिवलाल भुसाललाई नियुक्त गर्नुभएको छ ।
नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २१ दशमलव ४६ अङ्कले ओरालो लागेर एक हजार आठ सय २६ दशमलव २३ मा सीमित भएको छ ।
कांग्रेस सांसदले १५ दिन बराबरको तलब भूकम्पपीडितलाई दिने
नेपाली कांग्रेसका सांसदले भूकम्प पीडितको उद्धार, राहत र पुनर्स्थापनाका लागि १५ दिन बराबरको तलब सहयोग स्वरुप उपलब्ध गराउनुहुने भएको छ ।
महानगरद्वारा ‘रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धि’ मा सूचीकृत हुन आह्वान
काठमाडौं महानगरपालिकाले ‘रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धि’ योजना अन्तर्गत सूचीकृत हुन इच्छुक स्रोत व्यक्ति वा विषय विज्ञहरुलाई आव्हान गरेको छ ।
खोज तथा उद्धार कार्य जारी
नेपाली सेनाले जाजरकोटका भूकम्प प्रभावितहरूको खोज तथा उद्धार कार्य जारी राखेको छ । कार्तिक १७ गते जाजरकोटमा भूकम्प गएलगत्तै परिचालित सेनाले जाजरकोटको १३ स्थान र पश्चिम रुकुमको सात स्थानमा तैनाथ रही उद्धार कार्य जारी राखेको हो ।
नेपाल सुपर ओभरमा निराश
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा उपस्थित हजारौँ समर्थकलाई निराश पार्दै घरेलु टिम नेपाललाई सुपर ओभरमा हराएर ओमान आइतबार आइसीसी टि२० विश्वकप एसिया क्वालिफायर च्याम्पियन बनेको छ ।
गलत सूचना प्रवाह नगर्न काउन्सिलको आग्रह
प्रेस काउन्सिल नेपालले होडबाजी गरी भूकम्पबारे गलत सूचना र सन्देश प्रवाह नगर्न सबै सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गरेको छ ।
सुपर ओभरमा नेपाललाई २२ रनको लक्ष्य
आइसिसी टी-२० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत आज भइरहेको नेपाल र ओमानबिचको सुपर ओभरमा ओमानले नेपाललाई २२ रनको रनको लक्ष्य दिएको छ ।
नेपाल र ओमनबिचको खेल हेर्न प्रधानमन्त्री त्रिवि क्रिकेट मैदानमा (फोटो फिचर)
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदान पुग्नुभएको छ ।
भूकम्प प्रतिरोधात्मक संरचना एक वर्षभित्र निर्माण गर्ने
सरकारले जाजरकोट क्षेत्रमा भूकम्पबाट क्षति भएका संरचनाहरूको पुनर्निर्माण कार्य एक वर्षभित्र सक्ने निर्णय गरेको छ ।
भरतपुर महानगरले भूकम्प प्रभावितलाई एक करोड सहयोग गर्ने
भरतपुर महानगरपालिकाले भूकम्प प्रभावितका लागि एक करोड रुपियाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । आइतबार बसेको ८७ औँ कार्यपालिका बैठकले सो निर्णय गरेको भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले जानकारी दिनुभयो ।
प्रदेश प्रमुख शर्माद्वारा समवेदना व्यक्त
बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले जाजरकोट र रुकुम पश्चिमको भूकम्प प्रभावित क्षेत्रमा प्रभावकारी खोज, उद्धार, स्वास्थ्योपचार तथा राहतको काममा जुट्न सरकारलगायत सम्बन्धित पक्षलाई आग्रह गर्नुभएको छ ।
भूकम्पपीडितका लागि तरुण दलले रक्तदान गर्ने
जाजरकोट भूकम्पबाट भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै बढ्दो रगतको अभाव परिपूर्ति गर्ने उद्देश्यले नेपाल तरुण दलले भोलि कात्तिक २० गते सोमबार भृकुटीमण्डप प्राङ्गणमा वृहत् खुल्ला रक्तदान कार्यक्रम गर्ने भएको छ ।
भूकम्प प्रभावितलाई ५० लाख दिने निर्णय अनुमोदन
नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिले जाजरकोट र रुकुमपश्चिम लगायतका विभिन्न जिल्लामा रहेको भूकम्प प्रभावितलाई तत्काल उद्धार, राहत र पुनर्स्थापनाका लागि सरकार समक्ष गम्भीर ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।
गुल्शन झाले बनाए अर्धशतक
आइसिसी टी-२० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत आज भएको ओमानबिरुद्धको फाइनलमा नेपालका गुल्शन झाले अर्धशतक प्रहार गरेका छन् ।
भूकम्प प्रभावित क्षेत्रमा सशस्त्रका तीन डिजास्टर रेस्पोन्स सिस्टम कन्टेनर
भूकम्पपीडितहरुका लागि सशस्त्र प्रहरी बल नेपालको तीन वटा डिजास्टर रेस्पोन्स सिस्टम कन्टेनर टेन्ट लिएर त्यसतर्फ पठाइएको छ ।
सरकारले भूकम्पमा मृत्यु भएकालाई दुई लाख राहत दिने
नेपाल सरकारले जाजरकोट भूकम्पमा परी मृत्यु भएका परिवारलाई प्रतिमृतक रु. दुई लाखका दरले राहत दिने निर्णय गरेको छ ।
राज्यको शक्ति राहत र पुनर्निर्माणमा केन्द्रित गरौं : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भूकम्पले ठूलो धनजनको क्षति गरेकोमा गहिरो दुःख व्यक्त गर्दै विपत्तिलाई पुनर्निर्माणको महत्त्वपूर्ण अवसरका रुपमा सदुपयोग गर्नुपर्ने बताउनुभएको छ ।
नेपालले टस जित्यो, पहिले ब्याटिङ गर्ने
आइसिसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनलमा नेपालले टस जितेको छ । र्कीतिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने नेपाल र ओमानबीचको खेलमा कप्तान रोहित पौडेलले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।
घाइतेको निःशुल्क उपचार गर्ने मन्त्रिपरिषद्को निर्णय
काठमाडौँ, कात्तिक १९ गते । मन्त्रिपरिषद्को आज बसेको आकस्मिक बैठकले जाजरकोट केन्द्रबिन्दु भई शुक्रबार राति गएको भूकम्पबाट घाइते भएकाहरूको सबै अस्पतालमा निःशुल्क उपचार गराउने निर्णय गरेको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको बैठकले तत्काल उद्धार गर्नुपर्ने व्यक्तिहरू लगभग सबैको उद्धार गरिएको र उपचारका लागि काठमाडौँलगायतका सबै स्थानका अस्पताललाई तयारी अवस्थामा राखिएको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले पत्रकारलाई जानकारी दिनुभयो ।उहाँले गोरखा भूकम्पपछि गरिएको राहत र पुनःस्थापनाका कामको सिकाइ र कमजोरीलाई ग्रहण गरी प्रभावकारी रूपमा राहत र पुनःस्थापनाका काम सञ्चालन गर्न तथा छिमेकी एवं मित्रराष्ट्रबाट प्राप्त हुने सहयोग कुन कुन क्षेत्रमा कसरी लिने भन्नेबारेमा थप छलफल गरी निर्णय गरिने जानकारी दिनुभयो । रासस
नेपाल अर्थोपेडिक अस्पतालको रजत महोत्सव
गैरनाफामूलक च्यारिटीका रूपमा स्थापना भई नेपालमा हाडजोर्नीका बिरामीको सेवा गर्दै आएको जोरपाटीस्थित नेपाल अर्थोपेडिक अस्पतालले शनिबार आफ्नो स्थापनाको रजत जयन्ती महोत्सव आयोजना गरेको छ ।
नयाँबसपार्कबाट निःशुल्क बससेवा
पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिम क्षेत्रका जनताका लागि निःशुल्क बससेवा सञ्चालन गरेको छ ।