• ६ जेठ २०८१, आइतबार

पाकिस्तानका प्रधानमन्त्रीद्वारा शोक व्यक्त

blog

पाकिस्तानका प्रधानमन्त्री अन्वर उल हक ककर ।

काठमाडौं, कात्तिक १९  गते । पाकिस्तानका प्रधानमन्त्री अम्बर उल हक ककरले जाजरकोट भूकम्पमा ज्यान गुमाएका नेपालीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै भूकम्पपीडितप्रति ऐक्यबद्धता जाहेर गर्नुभएको छ ।

“यो कठिन घडीमा पाकिस्तान नेपालको साथमा छ, नेपाललाई आवश्यक पर्ने जस्तोसुकै सहयोग गर्न पाकिस्तान तयार छ,” प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई उल्लेख गरेर पाकिस्तानी प्रधानमन्त्रीले सामाजिक सञ्जाल एक्समा लेख्नुभएको छ ।

यसैगरी, सिनेटका अध्यक्ष मोहम्मद सिद्धत सञ्जरानीले भूकम्पबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै शोकाकुल परिवारप्रति हार्दिक समवेदना व्यक्त गनुभएको छ । उहाँले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ । रासस