प्रधानमन्त्रीलाई धन्यवाद दिँदै राज्यव्यवस्था समितिले भन्यो, ‘आवास निर्माणको काम तीव्र पारौं’
जाजरकोट र रूकुम पश्चिममा गएको विनाशकारी भूकम्पपछि सरकारले उद्धार र उपचारमा लिएको अग्रसरताप्रति प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिले प्रधानमन्त्रीलाई धन्यवाद दिएको छ ।
अचेत अवस्थाका युवकको मृत्यु
हेटौँडामा अचेत अवस्थामा फेला परेका एक युवकको मृत्यु भएको छ । हेटौँडा –७, नागस्वती बस्ने २७ बर्षीय भेषबहादुर खड्काको शुक्रवार मृत्यु भएको हो ।
चार ठाउँलाई तोक्यो महानगरले फूल बिक्री केन्द्र
शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै काठमाडौं महानगरपालिकाले नेपालीहरुको महान पर्व तिहारलाई भव्य रुपमा र सुरक्षित रुपमा सम्पन्न गर्न साँझ ८ बजेदेखि राति १ बजेसम्म गस्ती गर्ने भएको हो।
स्वास्थ्यमन्त्री बस्नेतको उपस्थितिमा धन्वन्तरी दिवस मनाइयो
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले आयुर्वेद क्षेत्रको विकासका लागि मन्त्रालयले थप कार्ययोजना बनाइरहेको बताउनुभएको छ ।
‘फास्ट ट्रयाक’को सुरुङ निर्माणमा उत्साहजनक प्रगति
अनेकौँ बाधा अड्चन र चुनौतीबीच राष्ट्रिय गौरवको काठमाडौं–तराई–मधेश सडक आयोजना (फास्ट ट्रयाक) निर्धारित समयभित्रै सम्पन्न गर्ने गरी निर्माणलाई तीव्रता दिइएको छ ।
सरकार समाजवाद उन्मुख दिशामा अघि बढ्यो : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार समाजवाद उन्मुख दिशामा अघि बढिरहेको बताउनुभएको छ ।
सुशासन, सामाजिक न्याय र समृद्धि प्राथमिकतामा : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०८४ को निर्वाचनमा जनताको विश्वास जितेर ०६४ कै सरह सरकारको नेतृत्व गर्ने दाबी गर्नुभएको छ ।
झिनियाँ बेचेर मनग्य आम्दानी
तिहारमा झिनियाँको खपत अत्यधिक हुने गर्दछ । यतिबेला बागलुङका महिला उद्यमी झिनियाँ बनाउन व्यस्त छन् ।
रत्नपार्कमा काग सम्मेलन
काठमाडौँको रत्नपार्कस्थित शान्ति वाटिकामा २० औँ ‘काग सम्मेलन’ गरिएको छ । यमपञ्चकको पहिलो दिन काग तिहारका अवसरमा रत्नपार्कस्थित शान्ति वाटिकामा आज बिहान काग बोलाएर २० औँ काग सम्मेलन गरिएको हो ।
स्थानीय सरकार सङ्घको निकाय होइन
मकवानपुरको कैलाश गाउँपालिका जिल्लाको सबैभन्दा विकट गाउँपालिकामध्येको एक हो । स्थानीय तहको दोस्रो स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्षमा निर्वाचित लोकबहादुर मुक्तान स्थानीय तहको सङ्घ र प्रदेश सरकारले अधिकार कटौती गर्दा सङ्घीयता कमजोर हुने बताउनुहुन्छ । स्थानीय तहको दोस्रो निर्वाचनपछि कैलाश गाउँपालिकाले बनाएका योजना, सुशासन र समस्यालगायतका विषयमा अध्यक्ष मुक्तानसँग गोरखापत्रका राममणि दाहालले गर्नुभएको कुराकानीको सारसङ्क्षेप यहाँ प्रस्तुत गरिएको छ ।
पँधेरो, चौतारोमा सौर्य बत्ती
दोलखाको भीमेश्वर नगरपालिका–७ ले २० लाख रुपियाँको लगानीमा उज्यालो वडा कार्यक्रम सञ्चालनमा ल्याएको छ । उज्यालो वडा कार्यक्रम अन्तर्गत यो वर्ष वडाका महत्वपूर्ण र असुरक्षित स्थानमा सोलर बत्ती जडान गरिएको वडाध्यक्ष विनोद तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले मठमन्दिर, चौतारो, घाट, बिसाउनी, घुम्ती, दोबाटो, जनावरको आक्रमण हुने स्थानमा २० वटा पोलमा सौर्य बत्ती जडान गरिएको हो । अति आवश्यक देखिएका वडाको तल्लो भाग काउले, उखुबारी मन्दिर, कुप्रीको शिव मन्दिर, माथिल्लो भागको बुद्धपार्क, ढुङ्गेधारो, चरङ्गे घाटलगायतका स्थानमा यो बत्ती जडान गरिएको छ ।
एमआरआई मेसिन जडान गरिँदै
हेटौँडा अस्पतालमा मङ्सिर पहिलो सातादेखि एमआरआई सेवा दिने गरी तयारी गरिएको छ । बागमती प्रदेश सरकारको १४ करोड रुपियाँ लगानीमा मकवानपुरमै पहिलो पटक एमआरआई सेवा दिने गरी अस्पतालमा उपकरण जडान कार्य भइरहेको छ । हेटौँडा अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका सदस्य हीरालाल तामाङका अनुसार कात्तिकभित्रै उपकरण जडान कार्य पूरा गरी मङ्सिर पहिलो सातादेखि एमआरआई सेवा सुरु गरिने छ । एमआरआई सेवा सञ्चालन गर्न आवश्यक जनशक्तिसमेत व्यवस्था भइसकेको अस्पतालले जनाएको छ । एमआरआई प्रविधिले शक्तिशाली चुम्बकको प्रयोगद्वारा शरीरका अङ्गको सूक्ष्म तथा विस्तृत अध्ययन गरी शरीरका अङ्गको भित्री बनावट, रोग लागेका अङ्ग तथा क्यान्सरलगायतका रोग पत्ता लगाउन सहयोग पुग्ने अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. रामचन्द्र सापकोटाले बताउनुभयो ।
सदन, सरकार र आफ्नै कामबाट पनि सन्तुष्ट छैनः पूर्वमन्त्री आले
सांसद प्रेमबहादुर आलेले आफू संसद्, सरकार र आफ्नै कामबाट समेत सन्तुष्ट नरहेको टिप्पणी गर्नुभएको छ । गत मङ्सिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा डोटी निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित हुनुभएका सांसद आलेले पछिल्लो एक वर्षको समीक्षा गर्दा सन्तोष गर्ने पर्याप्त ठाउँ नरहेको विश्लेषण गर्नुहुन्छ ।
हाइब्रिजका लागि ८२ मिटर अग्ला खम्बा
काठमाडौँ–तराई/मधेश द्रुतमार्गमा ‘हाइब्रिज’ का लागि धरहराभन्दा अग्ला खम्बा निर्माण भइरहेका छन् । आयोजनाका अनुसार धरहराको भुइँ सतहदेखि गजुरसम्म कुल उचाइ ७८ मिटर रहेकोमा दु्रुतमार्गमा निर्माण हुने ‘हाइब्रिज’ मा ८२ मिटरसम्मका खम्बा निर्माण भइरहेका छन् । काठमाडौँ–तराई/मधेश द्रुतमार्ग आयोजना, सडक निर्माण कार्यदल बेसक्याम्प लेनडाँडाका प्राविधिक प्रमुख सेनानी विनोद श्रेष्ठले द्रुतमार्गमा पुलको काम धमाधम भइरहेको बताउनुभयो । उहाँले पुलका लागि ठेक्का व्यवस्थापन भई कार्यान्वयनमा रहेका प्याकेज एकदेखि पाँचसम्म ४५ वटा पुलका लागि कुल एक हजार ७६८ पाइलमध्ये एक हजार १७५ वटा पाइलको काम सम्पन्न भएको बताउनुभयो । आयोजना अन्तर्गत निर्माण गरिने ८९ वटा पुलको कुल लम्बाइ १२.८८५ किलोमिटर हुने छ ।
आज धन्वन्तरी जयन्ती
प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धन्वन्तरी जयन्ती एवम् आरोग्यता दिवस आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ ।
क्यानभासमा संरक्षित लोकबाजा
त्रिपुरेश्वरस्थित लोकबाजा सङ्ग्रहालयमा संरक्षण गरेर राखिएका बाजा क्यानभासमा उतारिएका छन् । लोकबाजा सङ्ग्रहालय र योङ पिकासोद्वारा शुक्रबार सङ्ग्रहालय परिसरमा आयोजित लोकबाजा कला कार्यशालामा सहभागी कलाकारले नेपाली लोकबाजाका चित्रहरू बनाउनुभएको हो । लोकबाजा सङ्ग्रहालयका संस्थापक रामप्रसाद कँडेलले विसं २०५२ देखि नेपालका सबै भूभाग र जातजाति, समुदायमा पुगेर सङ्कलन गर्नुभएको ६५५ वटा लोकबाजा संरक्षण गरेर राख्नुभएको छ ।
१९ जिल्लालाई नमूना जिल्ला बनाउने टेलिकमको घोषणा
नेपाल टेलिकमले भूकम्प प्रभावित जाजरकोट र रुकुमपश्चिमसहित १९ जिल्लालाई नमूना दूरसञ्चारयुक्त जिल्ला कायम गर्ने घोषणा गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको निर्देशनमा नेपाल टेलिकमले चालु आर्थिक वर्षको कार्यक्रममा नमूना जिल्ला कार्यक्रम तय गरेको थियो ।
विद्यालय तहमा साइबर शिक्षा अनिवार्य गरिनुपर्छ : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विद्यालय तहमा साइबर शिक्षा अनिवार्य गर्नुपर्ने बताउनुभएको छ ।
न्याम्स र सशस्त्र प्रहरी अस्पतालबिच शैक्षिक कार्यक्रम सञ्चालन गर्ने समझदारी
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतको उपस्थितिमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पताल र नेपाल सशस्त्र प्रहरी अस्पतालबिच भविष्यमा शैक्षिक कार्यक्रम सञ्चालन गर्ने समझदारी भएको छ ।
न्यायाधीश नियुक्ति प्रक्रिया छिट्टै सुरु हुन्छ : प्रधानन्यायाधीश
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायाधीश नियुक्ति प्रक्रिया छिट्टै टुङ्ग्याउने बताउनुभएको छ । आज सर्वोच्च अदालत बार एसोसिएसनको भवन निर्माणका लागि जग्गा भोगाधिकरणको पत्र हस्तान्तरण कार्यक्रममा प्रधानन्यायाधीश श्रेष्ठले सर्वोच्च अदालत, उच्च अदालत र जिल्ला अदालतमा बाँकी न्यायाधीश नियुक्ति प्रक्रियालाई छिट्टै टुङ्ग्याउने बताउनुभयो ।
तीन महिनामा विदेश जाने विद्यार्थीसँगै बाहिरियो ३३ अर्ब
चालू आर्थिक वर्षको सुरुको तीन महिनामा विदेश पढ्न जाने विद्यार्थीले ३३ अर्ब लिएर गएका छन् ।
अख्तियारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सात दिनको तलब दिने
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आयोगका पदाधिकारीहरुको सात दिन बराबरको तलब सहयोग उपलब्ध गराउने भएको छ ।
उद्धार र राहतसम्बन्धी मापदण्ड संशोधन
सरकारले विपद् पीडित उद्धार र राहतसम्बन्धी मापदण्ड संशोधन गर्ने भएको छ । बिहीबार बसेको मन्त्रीपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै शुक्रबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले यस्तो बताउनुभएको हो ।
तिहार तथा छठ बिदामा आयोग खुला रहने
राष्ट्रिय मानव अधिकार आयोगको केन्द्रीय, प्रदेश तथा प्रदेश शाखा कार्यालय तिहार तथा छठको बिदामा पनि खुलने भएका छन् ।