• २८ पुस २०८१, आइतबार

सुशासन, सामाजिक न्याय र समृद्धि प्राथमिकतामा : प्रधानमन्त्री

blog

नेवा लुवाः, मानवअधिकारवादी, साहित्यकार पद्मरत्न तुलाधर पाँचौं स्मृति दिवसको कार्यक्रमलाई कार्यकरमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ । तस्बिर : प्रदीपराज वन्त

काठमाडौं, कात्तिक २५ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०८४ को निर्वाचनमा जनताको विश्वास जितेर ०६४ कै सरह सरकारको नेतृत्व गर्ने दाबी गर्नुभएको छ । शनिबार काठमाडौँमा पद्मरत्न तुलाधर राष्ट्रिय स्मृति प्रतिष्ठान र पद्मरत्न लुमन्ति गुथिद्वारा आयोजित नेवा लुवाः, मानवअधिकारवादी, साहित्यकार पद्मरत्न तुलाधर पाँचौँ स्मृति दिवसको कार्यक्रमलाई कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।


उहाँले २०६४ कै स्थितिमा फर्किन नसकेपनि सो सरह जनताको मन जितेर सरकारको नेतृत्व गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले सरकारबाट पनि नयाँ आन्दोलनको सुरुवात गरेको र अझै नयाँ आन्दोलनको सुरुवात गर्ने उल्लेख गर्नुभयो । उहाँले प्रधानमन्त्री कहिलेसम्म रहने भन्नेकुरा मुख्य कुरा नभएको तर जनताको पक्षमा सुशासन, सामाजिक न्याय र समृद्धिको कुरा आफ्ना लागि मुख्य कुरा रहेको बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले पछिल्लो समय अर्थतन्त्रमा केही सुधार हुँदै गएको बताउनुभयो । उहाँले राजश्व वृद्धि, पर्यटकमा वृद्धि र रेमिट्यान्स उत्साहजनक हुनुले अर्थतन्त्र सुधार भइरहेको जानकारी दिनुभयो । उहाँले विदेशी मुद्राको सञ्चितिको स्थिति उत्साहजनक रहेको पनि बताउनुभयो ।


‘‘२०६४ एउटा स्थिति थियो, हामी २०६४ मै त फर्किन सक्दैनौँ । अब आउने भनेको ६४ होइन, २०८४ हो । २०८४ मा हामी ०६४ जस्तै जनताको पक्षमा, जनताको विश्वास लिनसक्छौँ की सक्दैनौँ । हामीले सरकारबाट पनि नयाँ आन्दोलनको सुरुवात गरेका छौँ । अझै गर्छौँ । कति दिन सरकार रहन्छ, प्रधानमन्त्री रहन्छु, मुख्यमन्त्री हुन्छु, त्यो मुख्य कुरा होइन । मुख्यकुरा जनताको पक्षमा सुशासन, सामाजिक न्याय र समृद्धिको हो ।,’’ प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘‘हामीले कति राम्रो कुरा सुरु गर्छौँ त्यो मुख्य कुरा हो । अर्थतन्त्रमा केही सुधार भएको छ । राजश्व पनि वृद्धि हुन थालेको छ । पर्यटक त इतिहासमै सबैभन्दा बढी भित्रिएका छन् । रेमिट्यान्स धेरै नै बढेको छ । विदेशी मुद्राको सञ्चितिको स्थिति उल्लेख्य र उत्साहजनक छ । अर्थतन्त्रको समस्या समाधानका लागि तिहारपछि नै भेला गर्दैछु ।’’

प्रधानमन्त्री प्रचण्डले देशमा अब केही हुन्छ की भन्ने आशाको रक्तसञ्चार सुरु भएको बताउनुभयो । उहाँले सरकारलाई ढाल्न विभिन्न प्रतिक्रियावादीहरू सक्रिय भएको जानकारी दिनुभयो

 ।