मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते
काभ्रेपलान्चोकको चौरीदेउराली गाउँपालिका ६ स्थित मध्यपहाडी लोकमार्गमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । एक जना गम्भीर घाइते हुनुभएको छ ।
लुटपाट गर्ने दुई जना पक्राउ
सस्तोमा मोटरसाईकल मिलाइदिन्छु भन्दै जङ्गलमा लुटपाट गर्ने व्यक्तिलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ ।
स्कुटी दुर्घटनामा एक किशोरीको मृत्यु
माइतीघर मण्डलबाट सिंहदरबार दक्षिण गेटतर्फ जाँदैगरेको बा ५७ प ७३५९ नम्बरको स्कुटर दक्षिण गेट नजिक अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
विकृति रोक्न नेपालसहित २७ राष्ट्रमा टिकटक बन्द
इन्टरनेटको माध्यमबाट सामाजिक सञ्जालको रुपमा चल्ने टिकटकमा विकृति बढेसँगै विभिन्न देशले यसमा प्रतिबन्ध लगाउँदैआएका छन् । मन्त्रिपरिषद बैठकले आज नेपालमा पनि टिकटक प्रतिबन्ध गर्ने निर्णयसँगै प्रतिबन्ध लगाउने देशको संख्या २७ पुगेको छ ।
रुखबाट लडेर महिलाको मृत्यु
मकवानपुरको मनहरीमा घाँस काट्न गएकी एक महिलाको रुखबाट लडेर मृत्युभएको छ । मनहरी गाउँपालिका –७ रमौलीकी रीता सुनारी मगरको रुखबाट लडेर सोमबार मृत्युभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
एक हप्ते थाहा फिल्म फेस्टिबलको तयारी
मकवानपुरको थाहा नगरमा आगामी मङ्सिरमा हुने थाहा फिल्म फेस्टिवल–२०२३ को तयारी तीव्र बनाइएको छ ।
विभिन्न कसुरमा १२५ जना पक्राउ
चाडपर्व लक्षित सुरक्षा योजना सञ्चालन गरेको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले हालसम्म विभिन्न कसुरमा १२५ जनालाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाएको छ ।
नेपाललाई तेस्रो रजतपदक दिलाउने खेलाडी सम्मानित
चीनको हाङझाउमा भएको १९औँ एशियाली खेलकुद प्रतियोगितामा नेपाललाई रजतपदक दिलाउने कराते खेलाडी एरिका गुरुङ आज सम्मानित हुनुभएको छ ।
संसदीय क्षेत्र पूर्वाधारको आठ अर्ब बजेट पुनर्निर्माणमा खर्च गरिने
सरकारले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमका लागि छुट्याएको आठ अर्ब २५ करोड रुपियाँ भूकम्पपछिको पुनर्स्थापना र पुनर्निर्माणका खर्च गर्ने गरी विपद् व्यवस्थापन कोषमा सार्ने निर्णय गरेको छ ।
छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु
आइतबार राति भएको मोटरसाइकल दुर्घटनामा परी मोटरसाइकल चालक हेटौँडा उपमहानगरपालिका ४ कमलडाँडाका महेन थापा मगरको मृत्यु भएको छ ।
उपत्यकामा रातभर देउसी, भैलो खेल्न पाइने
अघिल्ला वर्षहरुमा रातको समयमा सुरक्षा व्यवस्थाका कारण समय तोक्ने गरिए पनि यसवर्ष भने जुनसुकै बेल पनि देउसी, भैलो खेल्न सकिने भएको हो ।
कोरला नाका सञ्चालनमा आएसँगै मुस्ताङवासीमा उत्साह
चार वर्षदेखि बन्द रहेको मुस्ताङको कोरला नाका आज (सोमबार)देखि नियमित रुपमा सञ्चालनमा आएपछि माथिल्लो मुस्ताङमा उत्साह छाएको छ ।
गाई पूजा गर्नुहुँदै राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले तिहारको तेस्रो दिन आज गाई पूजा गर्नुभएको छ । कार्तिक कृष्ण औँसी अर्थात् गाई तिहारका दिन सोमबार देवी लक्ष्मीको प्रतीक स्वरूप गाईको पूजा गर्ने गरिन्छ ।
‘दसैँ लक्ष्मी पूजामा मात्र सकिन्छ’ डा. जोशी
संस्कृतिविद् एवम् सह–प्राध्यापक डा. राजनलाल जोशीले तिहारमा पाँच दिन गरिने पूजा विधि तथा यसको धार्मिक एवम् सांस्कृतिक महत्वको विषयमा धारणा राख्नुभएको छ ।
ध्रुवेलाई नियन्त्रणमा लिन टोली परिचालन
धेरै मानिसको ज्यान लिएको जङ्गली ध्रुवे हात्ती चितवन राष्ट्रिय निकुञ्जबाट मानव बस्तीतिर पस्न थालेपछि स्थानीय त्रसित भएका छन् । विगत १५ दिनदेखि ध्रुवे माडी क्षेत्र र भरतपुर महानगरपालिकाको वडा नम्बर २३ र २४ मा देखिन थालेको छ ।
जुवातासको खालबाट १६ जना पक्राउ
ललितपुर महानगरपालिका–१४ नक्खिपोटस्थित युनसान रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा सात महिला र तीन पुरुषलाई पक्राउ गरिएको छ ।
दरबन्दी बढाउने प्रक्रिया अघि बढेको छ : स्वास्थ्यमन्त्री बस्नेत
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले सरकारले स्वास्थ्य क्षेत्रमा दरबन्दी बढाउने प्रक्रिया सुरु गरेको बताउनुभएको छ । मण्डनदेउपुर नगरपालिका –७ मा १५ शैय्या अस्पतालको सिलान्यास गर्नुहुँदै मन्त्री बस्नेतले आज सो कुरा बताउनुभएको हो ।
आज मौसम सफा
पश्चिमी वायुको आंशिक प्रभावले देशका पहाडी भूभागमा आंशिक बदली रही र बाँकी भूभागको मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
गोरखापत्र संस्थानमा लक्ष्मीको पूजा आराधना
लक्ष्मीपूजाको अवसरमा आज गोरखापत्र संस्थानमा धनकी देवी लक्ष्मीको पूजा गरिएको छ ।
विधेयक पारित गर्नमा मन्त्रीहरुको गम्भीरता देखिएन : अध्यक्ष तिमिल्सिना
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विधेयक पारित गर्नमा मन्त्रीहरुको गम्भीरता नदेखिएको बताउनुभएको छ । आज एक कार्यक्रममा बोल्दै अध्यक्ष तिमिल्सिनाले विधेयक पारित गर्नका लागि सम्बन्धित मन्त्रालयका मन्त्रीहरुले गम्भीरता नदेखाएका बताउनुभएको हो ।
फूलखेतीबाट लाखौँको आम्दानी
दोलखाको शैलुङ गाउँपालिका–७ का युवाले गरेको व्यवसायिक फूलखेतीबाट लाखौँ आम्दानी भएको छ । स्थानीय युवाहरुले करिब ६६ रोपनी जग्गामा गरेको फूल खेतीबाट दसैंमा मात्र आठ लाख रुपियाँ आम्दानी भएको व्यवसायी सकुन बुढाथोकीले जानकारी दिनु भयो ।
प्रहरीको कुकुर पूजा (फोटो फिचर)
तिहार अर्थात् यमपञ्चकको दोस्रो दिन आज आइतबार इमानदारीपूर्वक घरको सुरक्षामा खटिने कुकुरको पूजा गरी मीठो खानेकुरा खान दिएर मनाइएको छ ।
नेपाल मौलिक संस्कृतिले भरिपूर्ण मुलुक हो : राष्ट्रपति पौडेल
आइतबार नेपालीहरुको दोस्रो ठूलो चाड तिहारको शुभकामना दिनुहुँदै राष्ट्रपति पौडेलले नेपालमा मनाइने जात्रा पर्वले विविधतालाई एकतामा बाँध्ने काम गर्दै आएको बताउनुभएको हो ।
‘जाजरकोट भूकम्प’ प्रतिकार्यका लागि आइएफआरसीद्वारा आपत्कालीन अपिल
रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी)ले ‘जाजरकोट भूकम्प’ पीडितका लागि राहत तथा प्रतिकार्यका प्रयासलाई अभिवृद्धि गर्न आपत्कालीन अपिल जारी गरेको छ ।