नेपालका बारे धेरै कुरा लेख्नेछु : बलिउड गीतकार समीर अञ्जान
बलिउडका गीतकार समीर अञ्जानलाई काठमाडौंमा अभिनन्दन गरिएको छ । काठमाडौंको लुनकरणदास गंगादेवी चौधरी साहित्यकला मन्दिर र गीतकार संघ नेपालले उहाँलाई एक कार्यक्रमको आयोजना गरी अभिनन्दन गरेको हो ।
सदनको बहस दलभन्दा माथि उठन सकेन : सांसद अर्याल
पहिलो पटक संसदीय प्रणालीमा अभ्यास गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) एक वर्ष पुग्दै गर्दा घरदैलो अभियानमा केन्द्रित भएको छ । राजनीतिमार्फत नयाँ ढङ्गले मुलुकका लागि केही गर्ने विश्वासका साथ पार्टी गठन गरी निर्वाचन होमिएको रास्वपाले अपेक्षाभन्दा बढी प्राप्त गरेको मतले पार्टीको भविष्य उज्जवल हुने आधार खडा गरेको छ । यसै मेसोमा पार्टीले ‘मिसन ८४’लाई केन्द्रित गरी पार्टी अभियानलाई थप सङ्गठित र बलियो बनाउँदै अघि बढेको छ ।
सात वर्षदेखि पुल अलपत्र
दोलखाको भीमेश्वर नगरपालिका र वैतेश्वर गाउँपालिकाको सिमानामा रहेको तामाकोशी नदीमा पक्की पुल बनाउने काम अलपत्र परेको छ । २०७३ सालमा आठ करोड ४५ लाख १० हजार रुपियाँमा ठेक्का सम्झौता भएको यो पुल यस क्षेत्रको मुख्य राजमार्ग लामोसाँघु–जिरी सडकखण्ड अन्तर्गत पर्छ । फुटपाथसमेत ११ मिटर चौडाइ र ७५ मिटर लम्बाइको यो पुल पिल्लर उठाएर छोडिएको छ ।
ठेकेदार सम्पर्कविहीन
रामेछापको खाँडादेवी गाउँपालिकामा १५ शय्याको अस्पताल बनाउन सुरु गरेको साढे तीन वर्षभन्दा बढी समय भइसक्यो तर लामो समयदेखि काम रोकिँदा अहिले उक्त अस्पताल भवन निर्माण सम्पन्न भएको छैन । गुणस्तरीय सेवा दिनका लागि गाउँपालिकाले आफ्नै लगानीमा अस्पताल निर्माणको काम सुरु गरेको थियो । खाँडादेवी गाउँपालिका–५, पकरबासस्थित सुलिथम्का सामुदायिक वनमा आत्रिया शिवको बस्नेत जेभीले तीन करोड ७२ लाख रुपियाँमा साढे तीन वर्षअघि नै खाँडादेवी अस्पतालको भवन निर्माण सुरु गरेको थियो । तोकिएको समयमा अस्पताल भवन नबन्दा यहाँका नागरिकले स्तरीय स्वास्थ्य सेवा लिन पाएका छैनन् जसले गर्दा उपचारका लागि जिल्ला सदरमुकाम मन्थली र राजधानी काठमाडौँलगायतका अस्पतालमा जान बाध्य छन् ।
चाड–पर्व सामाजिक सम्बन्ध र सांस्कृतिक सौहाद्र्रताका धरोहरः सभापति देउवा
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सबै चाड–पर्वहरु हाम्रो सामाजिक सम्बन्ध र सांस्कृतिक सौहाद्र्रताका धरोहर भएको बताउनुभएको छ । छठ पर्वका अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले चाड–पर्वले सामूहिक भावनालाई अझ विकसित गर्दै, सबैमा एकता र मेलमिलापको आधार खडा गर्न सहयोग पु¥याएको उल्लेख गर्नुभयो ।
थाहा फिल्म फेस्टिभलको तयारी तीव्र
मकवानपुरको थाहा नगरमा आगामी ९ गतेदेखि १५ गतेसम्म हुने थाहा फिल्म फेस्टिभल–२०२३ को तयारी तीव्र बनाइएको छ । ‘पर्यटनका लागि फिल्म फेस्टिभल’ भन्ने नाराका थाहा कला केन्द्रको आयोजनामा हुने एक हप्ते फेस्टिभलको प्रचारप्रसारलगायत व्यवस्थापनको तयारी तीव्र पारिएको हो ।
विमान चार्टर गरी पोखरा आउँदै चिनियाँ धावकहरू
पाँच महिनापछि फेरि चिनियाँ खेलाडीहरू विमान चार्टर गरी पोखरा आउँदै छन् । यही मङ्सिर ९ गते हुने पोखरा अन्तर्राष्ट्रिय माउन्टेन क्रस कन्ट्री प्रतियोगितामा नेपाल र चीनका धावक एकसाथ दौडिन लागेका हुन् ।
वार्षिक बाह्र अर्बको हस्तकलाका सामान निर्यात
मुलुकबाट वार्षिक १२ अर्ब रुपियाँ बराबरको हस्तकलाका सामानको निर्यात हुने गरेको छ । स्थानीय सिप र कलाको प्रयोग गरी विभिन्न डिजाइनमा बनाइएका हस्तकलाका सामान अन्तर्राष्ट्रिय बजारमा निर्यात हुने गरेको हो । नेपाल हस्तकला महासङ्घका अनुसार हस्तकलाका सामान विश्वका ६० भन्दा बढी देशमा निर्यात हुन्छ । १२ अर्ब रुपियाँ बराबरको सामान भने आन्तरिक बजारमा खपत हुने गरेको महासङ्घको तथ्याङ्क छ ।
कोप–२८ का लागि नेपालको तयारी, सहयोग होइन अधिकार खोजिने
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिका पक्ष राष्ट्रहरूको २८ औँ सम्मेलन (कोप–२८) मा जलवायु परिवर्तनबाट नेपालमा परेको असरबारे स्पष्टसँग कुरा राख्ने बताउनुभएको छ । नेपाल पर्वतारोहण सङ्घले शनिबार सोलुखुम्बुको सगरमाथा आधार शिविर, कालापत्थरमा आयोजना गरेको शान्तिदीप हस्तान्तरण तथा झन्डोत्तोलन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “कोप–२८ मा नेपालले सहयोगको याचना मात्रै गर्ने होइन, हाम्रो अधिकार चाहियो भन्ने हो ।”
पिजी प्रवेश परीक्षा माघ २० देखि
चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह (पिजी) को एकीकृत प्रवेश परीक्षा आगामी माघ २० देखि सुरु गर्ने भएको छ । आयोगका कार्यकारी उपाध्यक्ष प्राडा अञ्जनीकुमार झाले स्नातकोत्तर तहको प्रवेश परीक्षा माघ २० देखि २२ गतेसम्म सञ्चालन हुने जानकारी दिनुभयो । उहाँका अनुसार एमडी, एमएस र एमएसी नर्सिङ, एमएसी मिडवाइफ्री नर्सिङ र एमडी आयुर्वेदाको परीक्षा माघ २० गते सम्पन्न हुने छ । यसै गरी जनस्वास्थ्य स्नातकोत्तर तह र एमफिल एन्ड क्लिनिकल फिजियोलोजीको प्रवेश परीक्षा माघ २१ गते सम्पन्न हुने छ भने स्नातकोत्तर डेन्टल सर्जरी तह, स्नातकोत्तर फार्मेसी, एमएसी बायोकेमेस्ट्री र स्नातकोत्तर फिजियोथेरापी तहको परीक्षा मङ्सिर २२ गते हुने भएको छ । डा. झाले आयोगले लिने प्रवेश परीक्षाका लागि मङ्सिर ६ देखि पुस ६ गतेसम्म अनलाइन आवेदन दिनुपर्ने बताउनुभयो ।
भिपिएन र डिएनएस प्रयोग बढ्दो, ‘विकल्प रोजौँ अवैध नचलाऔँ’
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जालका अनेक विकल्प रहेकाले अवैध रूपमा एप र गेटवे प्रयोग गरेर टिकटक नचलाउन आग्रह गर्नुभएको छ । भर्चुअल प्राइभेट नेटवर्क र डोमेन नेम सिस्टम (डिएनएस) प्रयोग गरी टिकटकको प्रयोग गर्नु गैरकानुनी हुने बताउँदै उहाँले साइबर सुरक्षाको जोखिमलाई दृष्टिगत गरी वैकल्पिक सामाजिक सञ्जाल प्रयोग गर्न सुझाव दिनुभयो ।
प्रमुख प्रशासक एक वर्ष पालिका बस्नुपर्ने
सरकारले स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत एक वर्ष पालिकामा बस्नुपर्ने मापदण्ड निर्माण गर्ने भएको छ । सरकारले स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत खटाउने कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउन खटाएको कार्यालयमा एक वर्षसम्म बस्नुपर्ने गरी नयाँ मापदण्ड निर्माण गर्न लागेको हो ।
भारतीय गीतकार समिरलाई काठमाडौँमा अभिनन्दन
प्रसिद्ध भारतीय गीतकार समिर अञ्जानलाई काठमाडौँमा अभिनन्दन गरिएको छ ।
सरकारको कार्यशैली सच्चिनुपर्छ : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जनता र देशको पक्षमा काम नगरेको भन्दै सच्चिन आग्रह गर्नुभएको छ ।
कला र संस्कृतिको संरक्षणका लागि भित्तेचित्र (फोटो फिचर)
कला, संस्कृतिको संरक्षण तथा पर्यटन प्रवर्द्धनको उद्देश्य लिएर ललितपुरको सिन्चाहिटी टोलमा भित्तेचित्रे गरिएको छ।
छठका लागि सिङ्गारियो गौरीघाट
छठ पर्वका लागि काठमाडौंस्थित गौरीघाट परिसर सिङ्गारिएको छ । छठ पर्व सुरु भएसँगै झिलिमिली बत्तीले गौरीघाट परिसरलाई सिङ्गारिएको हो ।
हेटौँडा–ढल्केबर–इनरुवा प्रसारण लाइन शीघ्र निर्माण सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
मुलुकभित्रको विद्युत् प्रसारण प्रणाली सुदृढीकरण र नेपाल–भारतबिचको विद्युत् व्यापारका लागि निर्माणाधीन हेटौँडा–ढल्केबर–इनरुवा चार सय केभी डबल सर्किट प्रसारण लाइन आयोजना निर्माणमा अवरोधै अवरोध कायम रहेको छ ।
अस्थिरता ल्याउने शक्तिविरुद्ध प्रतिवाद गर्न तयार हुनुपर्छ : अध्यक्ष नेपाल
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले देशमा अस्थिरता पैदा गर्ने शक्ति सक्रिय भएकाले त्यसको प्रतिवाद गर्न परिवर्तनकारी शक्ति तयार हुनुपर्ने बताउनुभएको छ ।
स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु
धरान चतरा सडकखण्ड अन्तर्गत हेटौँडा –१७, बाबुचोकमा शुक्रबार साँझ स्कुटरले ठक्कर दिँदा एकजना पैदलयात्री महिलाको मृत्यु भएको छ ।
रोगबाट बच्न बेलैमा स्वास्थ्य परीक्षण गरौँ : उपप्रमुख डंगोल
काठमाडौँ महानगपालिका र नेपाल मधुमेही समाजको संयुक्त आयोजनामा एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ । शनिबार पण्डित निष्ठानन्दको सालिक परिसर नःबहिल, ओमबहालमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको हो ।
यात्रुसँग बढी भाडा लिने ५८ सवारीद्वारा रकम फिर्ता
यात्रुसँग तोकिएको भन्दा बढी भाडा लिने ५८ सवारी साधनले रकम फिर्ता गरेका छन् ।
डिएसपी माथि आक्रमण, चार जना पक्राउ
सशस्त्र प्रहरीका डिएसपी देवराज राईमाथि शंखरापुर नगरपालिका–३ लप्सी फेदीका स्थानीयहरूले आक्रमण गरेका छन् । सरकारले काठमाडौँको शंखरापुर नगरपालिका–३ लप्सी फेदी सुरक्षाका लागि प्रहरी पोस्ट राख्ने निर्णय गरेसँगै पोस्ट स्थापनाका लागि पुगेका प्रहरी टोली माथि आक्रमण गरेको हो ।
गैँडा मारेको घटना छानबिन गर्न माग
नेपाली कांग्रेस चितवनले हालै चितवन राष्ट्रिय निकुञ्जमा तस्करले दुर्लभ एकसिङे गैँडा मारेको घटनाको छानविन गर्न माग गरेको छ । दुई पोथी गैँडा मारिएको घटनाले पार्टीलाई गम्भीर बनाएको कांग्रेस चितवनले जनाएको छ ।
पर्यटक आउने सिजनमै गाउँ अँध्यारो
दोलखाको गौरीशङ्कर गाउँपालिका–९ को उत्तरी विकट गाउँ बेदिङवासीले यो वर्षको तिहार अँध्यारोमा मनाएका छन् । बेदिङमा तिहारअघिदेखि नै विद्युत् लाइनमा आएको समस्या समाधान नभएपछि अँध्यारोमा तिहार मनाउन बाध्य भएको स्थानीय मिङ्मा शेर्पाले दुःखेसो पोख्नुभयो । गाउँ नजिकै ४५६ मेगावाटको माथि