मकवानपुर समाचारदाता
मकवानपुर, जेठ ४ गते । अभिनेता राजेश हमाल अभिनीत चलचित्र ‘नरसिंहा अवतार’ को प्रवर्धन र प्रचारको व्रmममा चलचित्रका कलाकारदेखि निर्मातासम्मको टोली हेटौँडा आइपुगेको छ । जेठ ९ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्रको प्रचारप्रसारको क्रममा देश दौडाहामा रहेको टोलीले शनिबार हेटौँडामा पत्रकार सम्मेलन गरी चलचित्र ‘नरसिंहा अवतार’ विविध आयाम, अन्य चलचित्रभन्दा फरक पक्षलगायतका बारेमा जानकारी गराएको थियो । निर्माता नरेन्द्र महर्जनले महानायक राजेश हमाललाई लामो प्रयासपछि चलचित्रमा अभिनय गराउन सफल भएको बताउनुभयो । कथाको माग अनुसार नै नायक हमाललाई चलचित्रमा भित्राइएको निर्माता महर्जनको भनाइ थियो । देशमा रहेको विकृति, विकृतिलगायतका सवाललाई चलचित्रले उठान गरेको निर्माण पक्षको जिकिर छ । चलचित्रका नायक राज कटुवाल र सनिशा भट्टराईले चलचित्रमा कथा अनुसार आफूहरू भूमिका निर्वाह गरी न्याय गरेको र दर्शकले पनि न्याय गर्ने बताउनुभयो ।