• ७ जेठ २०८१, सोमबार

भूकम्पका घाइतेसँग स्वास्थ्य मन्त्री बस्नेतको भेट

blog

काठमाडौँ, कात्तिक २३ गते । जाजरकोट र पश्चिम रुकुममा कात्तिक १७ गते आएको विनाशकारी भूकम्पमा परेर गम्भीर घाइते भएपछि थप उपचारका लागि काठमाडौँको त्रिवि शिक्षण अस्पताल (टिचिङ) ल्याइएका उपचाररत घाइतेलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहन बहादुर बस्नेतले भेट्नु भएको छ । 

उहाँले घाइतेको हेर चाहामा कुनै पनि कन्जुस्याइँ नगर्न चिकित्सकहरूलाई निर्देशन दिनुभयो । सरकारले भूकम्पमा परेर घाइते भएकाहरूको सबै अस्पतालमा उपचार निःशुल्क गर्ने निर्णय गरिसकेकाले सबैको  निःशुल्क उपचार भइरहेको मन्त्री बस्नेतले बताउनुभयो । भूकम्पमा परेर गम्भीर घाइतेहरू मध्ये त्रिवि शिक्षण अस्पतालमा १० जनाको उपचार भइरहेको निर्देशक डा. काफ्लेले जानकारी दिनुभयो । 

उपचाररत घाइतेमध्ये एक जनाको शल्यक्रिया भइसकेको, एक जनालाई आइसियुमा राखेर उपचार भइरहेको र बाकी आठ जनाको पनि उपचार भइरहेको डा. काफ्लेले बताउनुभयो । मन्त्री बस्नेतले आइसियुमा उपचाररत घाइते र उहाँका आफन्तसँग पनि भेटेर उपचार अवस्थाबारे जानकारी लिनुभएको थियो ।