• १३ साउन २०८१, आइतबार

शीर्ष नेताबिच छलफल : लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्धता

blog

शान्ति सम्झौता गर्ने प्रमुख दलका शीर्ष नेताहरूबिच भएको छलफल । तस्बिर : प्रदीपराज वन्त

काठमाडौं, कात्तिक २१ गते । शान्ति सम्झौता गर्ने प्रमुख दलका शीर्ष नेताहरूबिच छलफल सकिएको छ । सिंहदरबारमा मङ्गलबार अपराह्न भएको छलफलमा शान्ति सम्झौता गर्ने प्रमुख दलका शीर्ष नेताहरूले सङ्घीय लोकतान्त्रिक गणतन्त्रप्रति बलियो प्रतिबद्धता व्यक्त गर्नुभएको हो । 

छलफलमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री  पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई लगायतका नेताहरूको उपस्थिति रहेको छ । 

प्रधानमन्त्री प्रचण्डका सचिवालय अनुसार उहाँहरूले प्राप्त उपलब्धिलाई थप सबल बनाउन आफ्नो–आफ्नो तहबाट भूमिका खेल्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।