• ७ जेठ २०८१, सोमबार

पर्यटन मन्त्रालय अन्तर्गत भूकम्प पीडितलाई चार करोड बढी सहयोग

blog

काठमाडौँ, कात्तिक २२ गते । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय जाजरकोट भूकम्पपीडितलाई सहयोग जुटाएको छ । मन्त्रालयले प्रधानमन्त्री राहत कोषमा चार करोड १३ लाख ९८ हजार ९ सय ८८ रुपैयाँ जम्मा गरेको हो । 

मन्त्रालय अन्तर्गतका विभिन्न निकायबाट जम्मा भएको रकम आज (बुधवार) मन्त्री किराँतीले प्रधानमन्त्री प्रचण्डलाई बालुवाटार निवासमा हस्तान्तरण गरेका हुन् । मन्त्रालय अन्तर्गत रकम जम्मा गर्नेहरूमा नागरिक उड्डयन प्राधिकरण एक करोड, नेपाल वायुसेवा निगम २५ लाख, पर्यटन बोर्ड ५० लाख, पशुपति क्षेत्र विकास कोष २१ लाख २१ हजार दुई सय ११ नेपाल पर्वतारोहण सङ्घ ३१ लाख ११ हजार एक सय ११, एयर डाइनेष्टिी हेलिकप्टर ११ लाख ११ हजार एक सय ११,कैलाश हेलिकप्टर १० लाख, त्यस्तै क्यासिनो मोजाङ पाँच लाख, क्यासिनो मोजाङ नेपालगन्ज पाँच लाख, डेल्टिन क्यासिनो काठमाडौँ ५ लाख, क्यासिनो बेलिज काठमाडौँ ५ लाख, क्यासिनो प्राइड काठमाडौँ ५ लाख, क्यासिनो प्यालेस काठमाडौँ ५ लाख,क्यासिनो प्यालेस झापाले ५ लाख पर्यटन मन्त्रालयमा जम्मा गरेका थिए ।