• १३ साउन २०८१, आइतबार

भूकम्पपीडितलाई माओवादीको ५० लाख सहयोग

blog

काठमाडौँ, कात्तिक २१ गते। नेकपा (माओवादी केन्द्र) ले जाजरकोट भूकम्पपीडितका लागि ५० लाख राहत रकम सहयोग गरेको छ । माओवादी केन्द्रका उपाध्यक्ष पम्फा भुसालले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरी उक्त रकम बराबरको चेक हस्तान्तरण गर्नुभयो । 

सो अवसरमा माओवादी नेताहरूले भूकम्प प्रभावितको उद्धार, राहत तथा पुनः स्थापनामा सरकारले निर्वाह गरेको भूमिकाप्रति धन्यवाद दिँदै राहत र पुनः स्थापनालाई प्रभावकारी बनाउन ध्यानाकर्षण गराउनुभएको थियो । 

यसैबिच, सूर्य नेपाल प्रालिले भूकम्प प्रभावितको राहतका लागि एक करोडको चेक हस्तान्तरण गरेको छ । सूर्य नेपालका उपाध्यक्ष रवि केसी प्रधानमन्त्री दाहाललाई उक्त रकम बराबरको चेक हस्तान्तरण गर्नुभयो । रासस