अपाङ्गता भएका बालबालिकाको अधिकार सुनिश्चित गर्नुपर्छ : उपसभामुख राना
उपसभामुख इन्दिरा राना मगरले अपाङ्गता भएका बालबालिकाको अधिकार सुनिश्चित गर्नुपर्ने बताउनुभएको छ ।
जनसङ्ख्या नीतिले देश निर्माणको आधार निर्माण गर्छ : मन्त्री पौडेल
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सबै कुरा समेटिएको जनसङ्ख्या नीति आवश्यक रहेको बताउनुभएको छ ।
श्रीलङ्काका लागि प्रस्तावित राजदूत नेपालीको संसदीय सुनुवाइ सुरु
श्रीलङ्काका लागि प्रस्तावित नेपाली राजदूत पूर्णबहादुर नेपालीको संसदीय सुनुवाइ सुरु भएको छ ।
वैदेशिक रोजगारमा विदेश पठाइदिने भन्दै ठगी गर्ने पक्राउ
वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिने भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
धरानमा यःमरी महोत्सव र धिमे नृत्य हुने
नेवार समुदायमा प्रचलित यःमरी पर्वको जर्गेना गर्ने उद्देश्यले धरानमा घरघरमा यःमरी भन्ने उद्देश्यसहित धिमे नृत्य हुने भएको छ ।
रक्तसञ्चार सेवा नवनिर्मित भवन प्रदर्शनीमार्गबाट
प्रदर्शनीमार्गमा बनेको नवनिर्मित भवनबाट नेपाल रेडक्रस सोसाइटीको रक्तसञ्चार सेवा सुरु भएको छ । २०७२ सालमा गएको महाभूकम्पले रक्त सञ्चार भवनमा क्षति पुगेपछि सोल्टीमोडमा अस्थायी संरचना बनाई सेवा दिँदै आएको नेपाल रेडक्रसले अब नयाँ भवन सेवा प्रदान गर्न सुरु गरेको हो ।
त्रिपुरासुन्दरीको आठ वर्षपछि प्रशासकीय भवन
त्रिपुरासुन्दरी गाउँपालिकाको आठ वर्षपछि प्रशासकीय भवन निर्माण सम्पन्न भएको छ । उक्त भवनको पूर्वमन्त्री मोहनबहादुर बस्नेतले उद्घाटन गर्नुभएको छ ।
प्रतितोला दुई हजारले बढ्यो सुनको मूल्य
नेपाली बजारमा बुधबार सुनको मूल्यमा वृद्धि भएको छ । आज छापावाल सुनको मूल्य प्रतितोला दुई हजारले बढेर एक लाख ५४ हजार दुई सय रुपियाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
काठमाडौंका विभिन्न स्थानमा पुस ५ सम्म दैनिक चार घण्टा विद्युत अवरुद्ध हुने
नेपाल विद्युत प्राधिकरणले काठमाडौंका विभिन्न स्थानमा बुधबारदेखि आगामी पुस ५ गतेसम्म दैनिक चार घण्टा विद्युत अवरुद्ध हुने जनाएको छ । प्राधिकरणले कुलेश्वर, बानेश्वर र कीर्तिपुर क्षेत्रमा विद्युती तार भूमिगत गर्ने कार्यका लागि फिडर सटडाउनमा गर्न लागिएको जनाएको छ ।
प्रधानमन्त्री ओलीसमक्ष प्रमुख सूचना आयुक्त र आयुक्तद्वारा सपथ
प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त डा. सुरेशप्रसाद आचार्यले बुधबार पद तथा गोपनीयताको सपथ लिनुभएको छ ।
नेकपा एसको स्थायी कमिटी बैठक बस्दै
नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक बुधबार बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्नेछ ।
तीन वटा संसदीय समितिको बैठक बस्दै
आज एकैपटक तीन वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत बुधबार बिहान ११ बजे अर्थ समितिको बैठक बस्दैछ ।
लैङ्गिक हिंसाविरुद्धको अभियान सम्पन्न
दोलखाको भीमेश्वर नगरपालिकाले विविध कार्यक्रम गरी लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सम्पन्न गरेको छ । ‘हामी सबैको प्रतिबद्धता, लैङ्गिक हिंसा अन्त्यको प्रतिबद्धता’ मूल नाराका साथ मङ्सिर १० देखि मङ्सिर २५ गतेसम्म हिंसाविरुद्धका सचेतनामूलक कार्यव्रmम गरी सम्पन्न भएको नगरपालिकाले जनाएको छ ।
त्रिशूली अस्पतालमा नाक, कान र घाँटीको विशेषज्ञ सेवा उपलब्ध
त्रिशूली अस्पताल नुवाकोटले नाक, कान र घाँटीको विशेषज्ञ सेवा सञ्चालनमा ल्याएको छ । उक्त सेवा निःशुल्क गरिएको छ ।
उत्तर विधायिकी परीक्षण : विषयगत प्रश्नोत्तर
१. अनुगमन तथा मूल्याङ्कनबिच रहेका भिन्नता उल्लेख गर्नुहोस् । अनुगमन तथा मूल्याङ्कन ऐनले स्थानीय तहबाट हुने अनुगमन तथा मूल्याङ्कन कार्यलाई कसरी निर्देशित गरेको छ ? उल्लेख गर्नुहोस् ।
प्रकाश र परीक्षाको नयाँ चलचित्र ‘सोल्टिनी’
अर्जुन सुवेदीले नयाँ चलचित्र ‘सोल्टिनी’ बनाउने घोषणा गर्नुभएको छ ।
एनपिएलः रोहित पौडेलको सानदार प्रदर्शन
पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा मङ्गलबारसम्म १७ वटा खेल भए । अहिलेसम्मका १७ खेलमा टोली जनकपुर बोल्ट्स सबैभन्दा बलियो देखिँदा लुम्बिनी लायन्सले अपेक्षाकृत नतिजा निकाल्न सकेको छैन । यद्यपि यसका कप्तान रोहित पौडेलले भने निकै राम्रो प्रदर्शन गरिरहनुभएको छ ।
काठमाडौं उपत्यकाको तापक्रम ४ डिग्रीमा झर्यो
काठमाडौं उपत्यकामा निरन्तर चिसो बढिरहेको छ । यो क्रम जारी रहने मौसमविद्हरूले बताएका छन् । यद्यपि यहाँको मौसम भने सफा रहने छ ।
अवैध आयातले चिनी उद्योग समस्यामा
चिनी उद्यमीले नेपालमा अवैध चिनी आयातका कारण आफूहरू सङ्कटमा पर्दै गएको बताएका छन् ।
आर्थिक सम्बन्ध विस्तारलाई उच्च प्राथमिकतामा राख्न आग्रह
नेपाल उद्योग परिसङ्घले प्रस्तावित राजदूतहरूसँग आर्थिक सम्बन्ध विस्तारलाई उच्च प्राथमिकतामा राख्न आग्रह गरेको छ ।
रोजगारीले बढायो आत्मविश्वास
बेनी नगरपालिका–८ की ममता पौडेलले कोर स्माइल डेन्टल क्लिनिकमा काम गर्न थालेपछि आफूमा आत्मविश्वास बढेको महसुस गर्नुभएको छ । उहाँ बौद्धिक अपाङ्गता भएकी व्यक्ति हुनुहुन्छ ।
बैङ्कहरूको नाफा ७.५६ प्रतिशतले वृद्धि
सञ्चालनमा रहेका वाणिज्य बैङ्कले चालु आर्थिक वर्ष २०८१/८२ को कात्तिक मसान्तसम्ममा २२ अर्ब २९ करोड ८६ लाख रुपियाँभन्दा बढी खुद मुनाफा आर्जन गरेका छन् ।
बाह्र वर्षमा आठ अर्ब नगद अनुदान
सरकारले १२ वर्षको अवधिमा निर्यात अनुदानबापत झन्डै आठ अर्ब रुपियाँ वितरण गरेको छ ।
विद्युतीय भुक्तानीको भ्याट यथावत् रहने
सर्वोच्च अदालतले विद्युतीय भुक्तानी (डिजिटल पेमेन्ट एन्ड क्लियरिङ) मा सरकारले लगाएको मूल्य अभिवृद्धि कर (भ्याट) को व्यवस्था हटाउन माग गर्दै दायर रिट खारेज गरेको छ ।