उद्योग वाणिज्य महासङ्घमा अध्यक्ष अब निर्वाचनबाटै
नेपाल उद्योग वाणिज्य महासङ्घ पुनः प्रत्यक्ष निर्वाचित अध्यक्ष प्रणालीमा फर्किएको छ ।
नेपालीलाई मलेसिया घुम्न आग्रह
नेपालका लागि मलेसियाका कार्यवाहक राजदूत मोहम्मद फिरदस आजमानले नेपालीलाई मलेसिया घुम्न जान आग्रह गर्नुभएको छ ।
प्रसारण लाइन निर्माणमा तीव्रता
मर्स्याङ्दी कोरिडोर २२० केभी प्रसारण लाइन आयोजना अन्तर्गत लमजुङको उदिपुर सबस्टेसनबाट तनहुँको आँबुखैरनीस्थित
आन्तरिक रोजगारी प्रवर्धन गर्नुपर्ने
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले आन्तरिक रोजगारीलाई प्रवर्धन गर्नुपर्ने बताउनुभएको छ
लैङ्गिक हिंसा अन्त्य हुनुपर्नेमा जोड
राष्ट्रिय सभाका उपाध्यक्ष बिमला घिमिरेले लैङ्गिक हिंसाको न्यूनीकरण होइन, अन्त्य हुनुपर्नेमा जोड दिनुभएको छ ।
जनसङ्ख्या नीति संशोधन गरिने
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले राष्ट्रिय जनसङ्ख्या नीति–२०७१ लाई संशोधन गरेर नयाँ नीति ल्याउन प्रक्रिया अघि बढाइएको बताउनुभएको छ ।
‘शिक्षकलाई राजनीतिबाट टाढा राखौँ’
सामुदायिक विद्यालयका शिक्षकलाई दलगत राजनीतिक गतिविधिबाट टाढा राख्न शिक्षाविद् तथा यस क्षेत्रका जानकारहरूले सुझाव दिनुभएको छ ।
सेवा प्रवाहमा स्थानीय सरकार सफल
पाँच वर्षका लागि निर्वाचित भएका स्थानीय तहका जनप्रतिनिधिको आधा कार्यकाल पूरा हुँदा सेवा प्रवाह र विकास निर्माणका क्षेत्रमा अपेक्षाकृत परिणाम हासिल भएका छन् ।
उपसचिवको आन्तरिक प्रतिस्पर्धा आफ्नै समूहबाट
लोक सेवा आयोगले राजपत्राङ्कित द्वितीय श्रेणी (उपसचिव) सम्मको आन्तरिक प्रतिस्पर्धाबाट हुने बढुवामा सम्बन्धित सेवा र समूहमा मात्र सीमित गर्नुपर्ने सुझाव दिएको छ ।
थानसिङमा बकुल्ला चरा
नुवाकोटको लिखु गाउँपालिका थानसिङमा बुधबार रुखमा बसिरहेका बकुल्ला चरा । अहाराका खोजीमा आउने पकुल्ला चरा यहाँ बास बस्ने गरेका छन् ।
प्रधानसेनापति सिग्देलद्वारा भारतीय समकक्षीसँग भेटवार्ता
मित्रराष्ट्र भारतको औपचारिक भ्रमणमा रहनुभएका प्रधानसेनापति महारथी अशोकराज सिग्देलले आज भारतीयस्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीसँग भेटवार्ता गर्नुभएको छ ।
उपराष्ट्रपति यादव कतारको राष्ट्रिय दिवसमा सरिक
उपराष्ट्रपति रामसहायप्रसाद यादव मित्रराष्ट्र कतारको राष्ट्रिय दिवसको अवसरमा बुधबार काठमाडौँमा आयोजित विशेष कार्यक्रम (रिसेप्सन) मा सरिक हुनुभएको छ ।
टिप्परको ठक्करबाट एक पैदलयात्रीको मृत्यु
यहाँको किस्पाङ गाउँपालिका –१ स्थित भाल्चेबेँसीमा आज टिपरले ठक्कर दिँदा एक पैदलयात्रीको निधन भएको छ ।
पत्रकार महासंघ रेडियो नेपालमा निर्विरोध नयाँ नेतृत्व
नेपाल पत्रकार महासंघ रेडियो नेपाल शाखा प्रतिष्ठानमा भुषण पोखरेल निर्विरोध अध्यक्ष बन्नुभएको छ। प्रतिष्ठानको मनोनयनमा एकल उम्मेदवारी परेपछि पोखरेलसहितको कार्यसमिति निर्विरोध निर्वाचित भएको हो।
चर्चा कमाउनका लागि मात्रै निर्णय नगरौँ : अध्यक्ष ढकाल
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले चर्चा कमाउनका लागि निर्णय नगर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
अपाङ्गता भएका बालबालिकाको अधिकार सुनिश्चित गर्नुपर्छ : उपसभामुख राना
उपसभामुख इन्दिरा राना मगरले अपाङ्गता भएका बालबालिकाको अधिकार सुनिश्चित गर्नुपर्ने बताउनुभएको छ ।
जनसङ्ख्या नीतिले देश निर्माणको आधार निर्माण गर्छ : मन्त्री पौडेल
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सबै कुरा समेटिएको जनसङ्ख्या नीति आवश्यक रहेको बताउनुभएको छ ।
श्रीलङ्काका लागि प्रस्तावित राजदूत नेपालीको संसदीय सुनुवाइ सुरु
श्रीलङ्काका लागि प्रस्तावित नेपाली राजदूत पूर्णबहादुर नेपालीको संसदीय सुनुवाइ सुरु भएको छ ।
वैदेशिक रोजगारमा विदेश पठाइदिने भन्दै ठगी गर्ने पक्राउ
वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिने भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
धरानमा यःमरी महोत्सव र धिमे नृत्य हुने
नेवार समुदायमा प्रचलित यःमरी पर्वको जर्गेना गर्ने उद्देश्यले धरानमा घरघरमा यःमरी भन्ने उद्देश्यसहित धिमे नृत्य हुने भएको छ ।
रक्तसञ्चार सेवा नवनिर्मित भवन प्रदर्शनीमार्गबाट
प्रदर्शनीमार्गमा बनेको नवनिर्मित भवनबाट नेपाल रेडक्रस सोसाइटीको रक्तसञ्चार सेवा सुरु भएको छ । २०७२ सालमा गएको महाभूकम्पले रक्त सञ्चार भवनमा क्षति पुगेपछि सोल्टीमोडमा अस्थायी संरचना बनाई सेवा दिँदै आएको नेपाल रेडक्रसले अब नयाँ भवन सेवा प्रदान गर्न सुरु गरेको हो ।
त्रिपुरासुन्दरीको आठ वर्षपछि प्रशासकीय भवन
त्रिपुरासुन्दरी गाउँपालिकाको आठ वर्षपछि प्रशासकीय भवन निर्माण सम्पन्न भएको छ । उक्त भवनको पूर्वमन्त्री मोहनबहादुर बस्नेतले उद्घाटन गर्नुभएको छ ।
प्रतितोला दुई हजारले बढ्यो सुनको मूल्य
नेपाली बजारमा बुधबार सुनको मूल्यमा वृद्धि भएको छ । आज छापावाल सुनको मूल्य प्रतितोला दुई हजारले बढेर एक लाख ५४ हजार दुई सय रुपियाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
काठमाडौंका विभिन्न स्थानमा पुस ५ सम्म दैनिक चार घण्टा विद्युत अवरुद्ध हुने
नेपाल विद्युत प्राधिकरणले काठमाडौंका विभिन्न स्थानमा बुधबारदेखि आगामी पुस ५ गतेसम्म दैनिक चार घण्टा विद्युत अवरुद्ध हुने जनाएको छ । प्राधिकरणले कुलेश्वर, बानेश्वर र कीर्तिपुर क्षेत्रमा विद्युती तार भूमिगत गर्ने कार्यका लागि फिडर सटडाउनमा गर्न लागिएको जनाएको छ ।