• १० पुस २०८१, बुधबार

लैङ्गिक हिंसाविरुद्धको अभियान सम्पन्न

blog

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान कार्यक्रमका सहभागी । तस्बिर : बाबुराम शर्मा

दोलखा समाचारदाता

दोलखा, मङ्सिर २६ गते । दोलखाको भीमेश्वर नगरपालिकाले विविध कार्यक्रम गरी लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सम्पन्न गरेको छ । ‘हामी सबैको प्रतिबद्धता, लैङ्गिक हिंसा अन्त्यको प्रतिबद्धता’ मूल नाराका साथ मङ्सिर १० देखि मङ्सिर २५ गतेसम्म हिंसाविरुद्धका सचेतनामूलक कार्यक्र गरी सम्पन्न भएको नगरपालिकाले जनाएको छ । 

नगरभित्र रहेका सरकारी एवं गैरसरकारी कार्यालयसमेतमा सेतो रिबन वितरण,  राष्ट्रिय अपाङ्ग दिवस, स्वास्थ्य स्वयंसेविका दिवस मनाएर हिंसाबारे जानकारी गराइएको नगर उपप्रमुख कमला बस्नेतले जानकारी दिनुभयो । त्यसै गरी गौरीशङ्कर बहुमुखी क्याम्पसका ७८ जना किशोरीलाई मर्यादित महिनावारीबारे जानकारी दिइएको छ । ओसिएमसी, नेपाल आवाज, जिल्ला प्रहरी कार्यालयलगायत अन्य निकायबाट हिंसापीडित महिलालाई हिंसासम्बन्धी समस्या, गुनासो, अन्तव्रिर्mया सञ्चालन गरिएको थियो । 

जिल्लाका न्यायिक निकाय अदालत, सरकारी वकिल कार्यालय, प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी कार्यालयको उपस्थितिमा भएको कार्यक्रममा हिंसा न्यूनीकरणसम्बन्धी धारणा राखिएको थियो । हिंसा सहेर नबस्न र हिंसा भएको जानकारी सम्बन्धित निकायमा दिनसमेत आग्रह गरिएको छ ।