प्रधानमन्त्रीद्वारा मकर सङ्क्रान्तिको शुभकामना
प्रधानमन्त्री केपी शर्मा ओलीले सबैलाई मकर सङ्क्रान्ति र माघीको शुभकामना व्यक्त गर्नुभएको छ ।
योग साधनाको सुरुवाती भूमि नेपाल हो : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले दशौँ राष्ट्रिय योग दिवसका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । मानिसको सबैभन्दा महत्त्वपूर्ण कुरा नै स्वास्थ्य रहनु भएको भन्दै उहाँले स्वास्थ्यका लागि योगको महत्त्व अझ बढी प्रखर रूपमा प्रकट भएको बताउनुभएको छ ।
दुई वर्षमा तेत्तिस प्रतिशत मात्र काम
अरनिको राजमार्गको सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुरु भएको दुई वर्ष पूरा हुँदा करिब ३३ प्रतिशत मात्रै काम हुन सकेको छ ।
देवघाटमा माघेसङ्क्रान्ति मेला
देवघाटधाममा माघेसङ्क्रान्ति मेला सोमबारदेखि सुरुभएको छ ।
सभापति देउवाद्वारा सुख, शान्ति र समृद्धिको शुभकामना
नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले ‘मकर सङ्क्रान्ति अर्थात माघे संक्रान्ति’ को अवसरमा दिनु भएको शुभकामना सन्देशमा यस पर्वले राष्ट्रिय भावनाको जगेर्ना गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको छ ।
आगन्तुक चराको सङ्ख्या घट्दो
साइबेरिया क्षेत्रबाट आउने आगन्तुक चराको सङ्ख्या चितवनमा यो वर्ष ज्यादै न्यून पाइएको छ । जलमा आधारित चरा (जलपन्छी) को हालै सम्पन्न गणनामा आगन्तुक चराको सङ्ख्या न्यून भेटिएको गणकले जनाएका छन् ।
भरतपुरको नगर सभा सम्पन्न
भरतपुर महानगरपालिकाको १६ औँ नगर सभा सम्पन्न भएको छ ।
यस्तो छ तरकारी र फलफूलको आजको थोक मूल्य
कालिमाटी फलफूल तरकारी विकास समितिले मङ्गलबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।
‘बेलायतसँग भएको सन्धीले नेपाललाई सार्वभौम राष्ट्रका रूपमा चिनायो’
नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सन् १९२३ मा नेपाल र संयुक्त अधिराज्य बेलायतबीच भएको शान्ति तथा मैत्री सन्धीले नेपाललाई एउटा स्वतन्त्र र सार्वभौम राष्ट्रका रूपमा विश्वसामु चिनाएको उल्लेख गर्नुभएको छ ।
‘चाडपर्व हाम्रा खुसी जीवनका आधार हुन्’
मनहरी (मकवानपुर), माघ १ गते । बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नेपालीहरूले आफ्ना विशिष्ट पहिचानहरूलाई संरक्षण र प्रवर्द्धन गर्नुपर्नेमा जोड दिनुभएको छ । माघे सङ्क्रान्ति एवं माघी पर्वको शुभकामना सन्देश जारी गर्नुहुँदै उहाँले हाम्रा विशिष्ट र मौलिक पहिचान बोकेका चाडपर्व हाम्रा खुसी जीवनका आधार हुन् भन्नुभयो । चाडपर्वले सामाजिक र राष्ट्रिय एकता, मेलमिलाप, सद्भाव र सहिष्णुता कायम गर्न महत्त्वपूर्ण योगदान दिने जनाउँदै उहाँले आफ्नो मौलिकपनलाई आत्मसात् गरी समृद्धि मार्गमा अघि बढ्न प्रदेशवासी सबैमा माघी पर्वले प्रेरणा प्रदान गर्ने शुभकामना व्यक्त गर्नुभएको छ ।प्रदेश प्रमुख देवकोटाले शुभकामना सन्देशमा माघे सङ्क्रान्ति र माघी पर्वलाई खासगरी थारू र मगर समुदायले मनाए पनि यो पर्व सम्पूर्ण नेपालीले हासीखुसी तथा धुमधामका साथ आआफ्नै तरिकाले मनाउने प्रचलन रहेको उल्लेख गर्नुभएको छ ।थारू समुदायले माघीपर्वलाई अति उल्लासका साथ नयाँ वर्षका रूपमा नाचगान, आफन्त भेटघाट तथा खानपिन गरेर मनाउने गर्छन् । यो पर्वमा पवित्र नदी तथा त्रिवेणीमा गएर स्नान गरी घ्यू, चाकु, तीलको लड्डु, तरुल र अन्य परिकार खाएर रमाइलो गरिन्छ । देवघाट, बराहक्षेत्र, त्रिवेणीधाम, रिडीलगायत पवित्र तीर्थस्थलमा मेला लाग्ने गर्दछ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले माघे सङ्क्रान्तिलाई मकर सङ्क्रान्ति पनि भनिन्छ । आजदेखि उत्तरायण आरम्भ हुने गर्दछ ।
२५ एसपी एसएसपीमा बढुवा सिफारिस
नेपाल प्रहरीका २५ जना एसपी एसएसपीमा बढुवा सिफारिस भएका छन् । प्रहरी प्रधान कार्यालयले सोमबार प्रकाशन गरेको विज्ञप्ति अनुसार बढुवा सिफारिस हुनेहरूमा रमेश थापा, अजय केसी, अनुपम शम्शेर जबरा, बीरबहादुर बुढामगर, नवराज अधिकारी, कृष्णप्रसाद कोइराला, होबिन्द्र बोगटी, कृष्णप्रसाद पंगेनी, गोबिन्द अधिकारी, विनोद सिलवाल र श्याम कुमार महतो एसएसपीमा बढुवा सिफारिस हुनु भएको छ ।
विशेषको फैसलाविरुद्ध आयोग सर्वोच्चमा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतवादी श्यामकिशोर रायसमेत रहेको भ्रष्टचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर चित्त नबुझेको भन्दै सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।
स्वस्थानी व्रतकथा सुरु
स्वस्थानी व्रतकथा सोमबारदेखि सुरु भएको छ ।
बाटोको दुर्दशाले घटे पर्यटक
सडक निर्माणमा भइरहेको ढिलासुस्तीले सौराहाको पर्यटन व्यवसायमा प्रभाव पारेको छ ।
विषादी प्रयोगमा कमी
काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक जिल्लामा पछिल्लो समय विषादीको खपत तथा प्रयोगमा कमी आएको छ ।
नागरिक लगानी कोषले तेह्र प्रतिशत लाभांश दिने
नागरिक लगानी कोषले आफ्ना सेयरधनीलाई १३ प्रतिशत लाभांश दिने भएको छ ।
हिउँदे बालीलाई अभाव नहुने
यस वर्ष हिउँदे बालीका लागि रासायनिक मलको अभाव नहुने दाबी सरकारले गरेको छ ।
सहकारीमा दस लाखभन्दा बढी बचत गर्दा स्रोत खुलाउनुपर्ने प्रस्ताव
अब बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाका सदस्यले १० लाख रुपियाँभन्दा बढी बचत रकम जम्मा गर्दा अनिवार्य रूपमा स्रोत खुलाउनुपर्ने भएको छ ।
जापानका राजदूतको आगमन
नेपालका लागि जापानका तर्फबाट राजदूत नियुक्त हुनुभएका मायडा तोरू पदभार समाल्न नेपाल आइपुग्नुभएको छ ।
नेपाल–भारत वाणिज्य सचिवस्तरीय बैठक : हट्यो भारवहन सीमा
काँकडभिट्टा–फूलबारी–बङ्गलाबन्ध हुँदै आवतजावत गर्ने नेपाली मालवाहक सवारीसाधनमा लगाइएको भारवहन सीमा हटाइएको छ ।
‘अध्यादेश देश र जनताको हितमा’
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले जारी गरेका अध्यादेश देश र जनताको हितमा रहेको बताउनुभएको छ ।
चिकित्सकको तलब बढाउन सिफारिस
चिकित्सकको तलब न्यूनतम एक लाख २५ हजार रुपियाँ पुर्याउन सिफारिस गरिएको छ ।
उद्यमसँगै ब्युँझिँदै मूर्च्छित सपना
आलु भण्टा स्कुल गए झोला बोकेर टमाटरले स्वागत गर्यो घण्टी ठोकेर । क ख ग घ पढ भन्दा फर्सी आइछिन् खोर्सानीले प्रश्न सोध्दा पिरो परेछ ।।
फागुन ६ देखि बृहत दोलखा महोत्सव हुने
दोलखामा आगामी फागुन ६ गतेदेखि १८ गतेसम्म तेस्रो बृहत दोलखा महोत्सव २०८१ हुने भएको छ । दोलखा उद्योग वाणिज्य संघको आयोजनामा १२ दिने बृहत दोलखा महोत्सव हुने भएको हो ।