विद्यालयमा प्राविधिक र व्यावहारिक सीप सिकाउन आवश्यक : उपराष्ट्रपति यादव
उपराष्ट्रपति रामसहायप्रसाद यादवले सामुदायिक विद्यालयले शैक्षिक ज्ञानका साथमा प्राविधिक र व्यावहारिक सीप सिकाउन आवश्यक भएको बताउनुभएको छ ।
स्वास्थ्य बिमा ऐन संशोधनः अब हरेक तहमा सेवाप्रदायक संस्था रहने
स्वास्थ्य बिमा सेवाका लागि अब हरेक तहमा एउटा सेवाप्रदायक संस्था रहने भएका छन् । स्वास्थ्य बिमा ऐन २०७४ मा भएको संशोधनअनुसार अब स्वास्थ्य बिमा बोर्डले सम्झौता गर्दा हरेक तहमा कम्तीमा एउटा सेवा प्रदायक संस्था रहने गरी सम्झौता गर्नुपर्ने व्यवस्था गरिएको छ ।
नुवाकोटमा गोरु जुधाइ
माघे सङ्क्रान्ति पर्वको अवसरमा मङ्गलबार नुवाकोटको तारेश्वर गाउँपालिका–३ चन्दनीमा आयोजित गोरु जुधाइका दर्शक ।
ढुङ्गेधारामा बाह्रै महिना पानी झार्ने महानगरको योजना
ललितपुरका प्राचीन धरोहर लिच्छवीकालीन ढुङ्गेधारामा बाह्रै महिना पानी झार्ने योजना शीघ्र कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्दै ललितपुर महानगरपालिकाले लगनखेलबाट टीकाभैरवसम्म राजकुलो पुनर्निर्माण सुरु गरेको छ ।
पिएसबी नेपाल समावेशिताको ऐना बन्नुपर्छः सञ्चारमन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सार्वजनिक सेवा प्रसारण पिएसबी समावेशिताको ऐना बन्न सक्नुपर्ने बताउनुभएको छ ।
बजेट अर्धवार्षिक समीक्षाः आम्दानी ३९ र खर्च ३५ प्रतिशत
चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षा अवधिमा सरकारको आम्दानी र खर्च निकै कमजोर देखिएको छ । महालेखा नियन्त्रक कार्यालयकाअनुसार पुस मसान्तसम्ममा सरकारले वार्षिक लक्ष्यको ३९ प्रतिशत आम्दानी र ३५ प्रतिशत खर्च गरेको छ ।
विपिनको रिहाइको पहलका लागि अपिल
हमास समूहको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाइका लागि परराष्ट्र मन्त्रालयले कूटनीतिक पहल जारी राखेको छ ।
मुलुकको समृद्धिका लागि क्रियाशील हुन पर्वले उत्प्रेरित गर्ने उपराष्ट्रपतिको विश्वास
उपराष्ट्रपति रामसहायप्रसाद यादवले माघी पर्वले मुलुकको समृद्धिका लागि क्रियाशील हुन उत्प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
एचपिभी खोपले महिनावारीलाई कुनै असर गर्दैन
पाठेघरको मुखको क्यान्सर गराउने ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) विरुद्धको खोपले महिनावारीलाई कुनै असर नगर्ने बताइएको छ ।
शिक्षा र स्वास्थ्यबिचको तादात्म्यले समृद्ध समाज निर्माण : शिक्षामन्त्री
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षा र स्वास्थ्यबिचको तादात्म्यले मात्रै समृद्ध समाजको निर्माण गर्न सकिने बताउनुभएको छ ।
तातोपानी नाका सञ्चालन गर्न उच्चस्तरबाटै पहल आवश्यक : अध्यक्ष प्रचण्ड
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिन्धुपाल्चोकको तातोपानी नाका पुरानै अवस्थामा सञ्चालन गर्न आफूले निरन्तर पहल गरिरहेको बताउनुभएको छ ।
उपचारात्मक क्षेत्रलाई व्यवस्थित गर्दैछौँः स्वास्थ्यमन्त्री पौडेल
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सरकारले उपचारात्मक क्षेत्रलाई व्यवस्थित गर्ने काम सुरु गरेको बताउनुभएको छ । राष्ट्रिय योग दिवसको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
काठमाडौंमा यस्तो देखियो थारू समुदायको माघी (फोटो फिचर)
थारू समुदायले आज माघ १ गतेलाई माघी पर्व एवम् नयाँ वर्षका रूपमा धुमधामका साथ मनाउँदै छन् । आज बिहानै स्नान, दान, खानपिन र रमाइलो गरेर माघी पर्व मनाइरहेका हुन् ।
भक्तपुरमा १७ हजार किशोरीलाई ‘एचपिभी’ खोप लगाइँदै
जिल्लाका १७ हजार छ सय ९१ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप लगाइने भएको छ ।
सुशासन, विकास र शान्ति नेपालीको अभीष्ट होः राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकसामु विद्यमान समस्या समाधान गर्दै सबैलाई एकजुट भएर अघि बढ्न आह्वान गर्नुभएको छ ।
माघे सङ्क्रान्तिमा शीतलनिवासमा नेताहरुको जमघट (फोटो फिचर)
माघे सङ्क्रान्तिको अवसरमा नेताहरु शीतल निवासमा भेला भएका छन् । सो अवसरमा मङ्गलबार बिहान राष्ट्रपति रामचन्द्र पौडेलले माघी पर्वको शुभकामना व्यक्त गर्नुभयो ।
माघी पर्वले भाइचारा अभिवृद्धि गर्नेछ : अध्यक्ष दाहाल
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माघी/माघे सङ्क्रान्ति/मकर सङ्क्रान्ति पर्वले सम्पूर्ण नेपालीमा भाइचारा अभिवृद्धि गर्ने बताउनुभएको छ ।
माघी पर्वले सामाजिक, सांस्कृतिक सद्भाव कायम गर्नमा महत्वपूर्ण भूमिका : उपसभामुख राना
प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले माघे सकराँती/माघी पर्वले सबै जातजाति तथा समुदायका बीचमा सामाजिक, सांस्कृतिक सद्भाव एवं भावनात्मक एकता कायम गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभएको छ ।
पर्वले आपसी मेलमिलापलाई प्रगाढ बनाउँछः सभामुख घिमिरे
प्रतिनिधिसभा अध्यक्ष देवराज घिमिरेले माघे सङ्क्रान्ति माघी पर्वजस्ता परम्परागत चाडपर्वले आपसी मेलमिलापलाई प्रगाढ बनाउने बताउनुभएको छ ।
सडेको अवस्थामा शव फेला
मकवानपुरमा एकजना वृद्धको शव सडेको अवस्थामा फेला परेको छ । मकवानपुरको कैलाश गाउँपालिका –७, भार्ताका ७० वर्षीय टिकाराम प्रजाको भीमफेदी गाउँपालिका –२, रिठेडाँडामा सडेगलेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।
‘जातीय विविधतालाई जोगाउनु हाम्रो कर्तव्य हो ’
राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरेले माघे सङ्क्रान्ति र माघी पर्वका अवसरमा मुलुकका विकासमा एकताबद्ध हुन प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।
योग सिकाउँदै
रामेछाप, माघ १ गते । राष्ट्रिय योग दिवसको अवसरमा रामेछापको मन्थलीमा आयोजित योग समारोहमा योग सम्बन्धी आसन प्रस्तुत गर्दै पतञ्जलि योग समिति रामेछापका निवर्तमान अध्यक्ष रामहरी सुवेदी । तस्बिरः रासस
देवघाटमा मकरस्नान गर्दै भक्तजन
चितवन, माघ १ गते । चितवन, तनहुँ र नवलपरासीमापर्ने कालीगण्डकी नदी र त्रिशुली नदीको सङ्गलमस्थल पवित्र तिर्थस्थल देवघाट वेणीमा मङ्गलबार बिहान मकर [माघेसङ्क्रान्ति] स्नान गर्न आएका भक्तजनको घुइँचो । तस्बिरः रासस
प्रधानमन्त्रीद्वारा मकर सङ्क्रान्तिको शुभकामना
प्रधानमन्त्री केपी शर्मा ओलीले सबैलाई मकर सङ्क्रान्ति र माघीको शुभकामना व्यक्त गर्नुभएको छ ।