• १ माघ २०८१, मङ्गलबार

माघी पर्वले सामाजिक, सांस्कृतिक सद्भाव कायम गर्नमा महत्वपूर्ण भूमिका : उपसभामुख राना

blog

काठमाडौँ,  माघ १ गते । प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले माघे सकराँती/माघी पर्वले सबै जातजाति तथा समुदायका बीचमा सामाजिक, सांस्कृतिक सद्भाव एवं भावनात्मक एकता कायम गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभएको छ ।

उपाध्यक्ष रानाले आज शुभकामना सन्देश जारी गर्दै थारू समुदायको महान् चाड माघी पर्व तथा मगर समुदायलगायत अन्य समुदायले मनाउने चाड माघे सङ्क्रान्ति (मकर सङ्क्रान्ति) का अवसरमा सबैमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको हो ।

“हाम्रा विविध सांस्कृतिक चाडपर्व, संस्कार एवं परम्पराले आ–आफ्नो समुदायको विशिष्ट पहिचान दिलाएका छन्”, शुभकामना सन्देशमा उहाँले भन्नुभएको छ, “मगर, थारूलगायत समुदायले मनाउने यस पर्वले सांस्कृतिक, धार्मिक र ऐतिहासिक पक्षको संरक्षण मात्रै गरेको छैन, विविध जातजाति र समुदायका बीचमा सद्भाव कायम गर्न विशिष्ट भूमिका निर्वाह गरेको छ ।” रासस