एमाले नेता महेश बस्नेतद्वारा भक्तपुर २ मा उम्मेद्वारी दर्ता
नेकपा एमालेका नेता महेश बस्नेतले प्रतिनिधिसभाको निर्वाचनमा मनोनयन दर्ता गराउनुभएको छ । भक्तपुरको प्रतिनिधिसभा २ नम्बरबाट प्रतिनिधिसभामा मनोनयन दर्ता गराउनुभएको हो ।
मकवानपुरमा महालक्ष्मी डीना र कमल थापाद्वारा उम्मेदवारी दर्ता
मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि मकवानपुरबाट विभिन्न राजनीतिक दलले आआफ्नो उम्मेदवारको मनोनयन दर्ता गराएका छन् ।
चितवन निर्वाचन क्षेत्र २ मा पोखरेलको उम्मेदवारी दर्ता
चितवनको निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा (एमाले) का कृष्णभक्त पोखरेलले प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दर्ता गर्नुभएको छ ।
दोलखामा कार्की र शिवाकोटीबीच प्रतिस्पर्धा हुने
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका लागि दोलखामा सत्ता गठबन्धनका गंगा कार्की र नेकपा (एमाले) को तर्फबाट बालकृष्ण सिवाकोटीबीच प्रतिस्पर्धा हुने भएको छ ।
पम्फा भुसालद्वारा ललितपुर ३ मा मनाेनयन दर्ता
नेकपा (माओवादी केन्द्र)का उपमहासचिव तथा ऊर्जामन्त्री पम्फा भुसालले ललितपुर क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभातर्फ उम्मेदवारी मनाेनयन दर्ता गराउनुभएकाे छ ।
रामेछापमा बस दुर्घटना, १३ यात्रु घाइते
रामेछापको खाँडादेवी गाउँपालिका–३ सित्खा बजार नजिकैको चहरी खोलामा आज बस दुर्घटना भएको छ । दुर्घटनामा १३ यात्रु घाइते भएका छन् ।
विगतमा प्रचण्डले जितेकाे निर्वाचन क्षेत्रबाट डा. अधिकारीको उम्मेद्वारी
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निर्वाचन क्षेत्र मानिएको चितवनको निर्वाचन क्षेत्र नम्बर ३ बाट नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)सहितको गठबन्धनको तर्फबाट डा. भोजराज अधिकारीले उम्मेद्वारी दिने हुनुभएको छ ।
छ वर्ष बित्दा पनि चार किमी सडक निर्माण अलपत्र
झन्डै छ वर्ष हुँदा पनि भरतपुरको ४।४ किलोमिटर लामो बाइपास सडक निर्माण सम्पन्न हुन सकेको छैन । सरकारी निकाय र ठेकेदारको लापरबाहीका कारण भरतपुर महानगरपालिकाको मुख्य क्षेत्र पर्ने केन्द्रीय बसपार्कदेखि आँपटारीसम्मको सडक निर्माणको काम सुस्त भएको हो । सडक, विद्युत् र खानेपानीबीच समन्वय नहुँदा सडक विस्तारको काममा झन् ढिलासुस्ती भएको छ ।
दलहरू उम्मेदवार टुङ्गो लगाउँदैै
आगामी मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका उम्मेदवारहरू तय गर्न राजनीतिक दलहरू अन्तिम चरणमा पुगेका छन् ।