पशुपतिमा दुई हजार ४०० सुरक्षाकर्मी परिचालित
पशुपति मन्दिर परिसरमा भएकाे तीज कार्यक्रमकाे लागि दुई हजार ४०० प्रहरी परिचालन गरिएको छ । प्रहरी परिसर टेकुका प्रवक्ता दिनेशराज मैनालीका अनुसार मंगलबार विहानैदेखि पशुपतिनाथ क्षेत्रमा एक हजार २०० पहिलो सिफ्टका प्रहरी कर्मचारी तैनाथ छन् ।
तीन हजार बढी सवारी चालक कारबाहीमा
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक नियमको उल्लङ्घन गर्ने तीन हजार एक सय १६ जनालाई कारबाही गरेको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँको विभिन्न स्थानमा सोमबार गरेको जाँचका क्रममा ती सवारी चालक कारबाहीमा परेका हुन् ।
वन्यजन्तु उद्धार केन्द्र निर्माण हुँदै
चितवन राष्ट्रिय निकुञ्जले पश्चिम चितवनको देवनगरमा वन्यजन्तु उद्धार केन्द्र निर्माण सुरु गरेको छ। विभिन्न कारणले बिरामी भएका तथा नियन्त्रणमा लिएर केही समय निगरानीमा राख्नुपर्र्ने जनावरलाई राख्न वन्यजन्तु उद्धार केन्द्र निर्माण कार्य अगाडि बढाएको हो। पछिल्ला केही महिनायता मानिसलाई आक्रमण गर्ने बाघको सङ्ख्या वृद्धि भएपछि त्यसलाई नियन्त्रण गरेर राख्ने स्थानको अभाव भएको थियो। त्यस्तै बिरामी जनावरलाई राखेर उपचार गर्ने र राखिएका जनावर हेर्न पर्यटक आउने वातावरणसमेत सिर्जना गर्ने उद्देश्यले उद्धार केन्द्र निर्माण भइरहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले जानकारी दिनुभयो।
हेलम्बु र मेलम्चीमा बाढीले क्षति
शुक्रबार र शनिबार परेको अविरल वर्षासँगै आएको बाढीले मेलम्ची र हेलम्बु क्षेत्रमा क्षति पुगेको छ। मेलम्ची र हेलम्बुका नदी तटीय क्षेत्रका स्थानीय बाढीका कारण अहिले घर छोडेर सुरक्षित स्थानमा गएका छन्। गत वर्ष असार १ गतेको मेलम्ची बाढीले विस्थापित भएका मेलम्ची र हेलम्बुवासी गएको हिउँदमा बाढीले पुरेको घर सफा गरेर बसेका थिए। शनिबार र आइतबार वर्षासँगै आएको बाढीका कारण पुनः घर छोडेर हिँड्नुपरेको मेलम्चीका बालचन्द्र सापकोटाले दुखेसो गर्नुभयो। हेलम्बु र मेलम्ची क्षेत्रका खोलामा आएको बाढीले ग्रामीण सडक र धानबालीमा क्षति पुगेको सापकोटाले बताउनुभयो।
एमाले आफ्नै नीतिको आधारमा चुनाव लड्छ : महासचिव पोखरेल
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले आफ्नै नीतिको आधारमा चुनाव लड्ने तयारी गरिरहेको जनाएको छ । एमाले प्रचार तथा प्रकाशन विभागद्वारा सोमबार काठमाडौंमा आयोजित पत्रकारसँग अन्तरसंवाद कार्यक्रममा महासचिव शंकर पोखरेलले एमाले कुनै प्रकारको गठबन्धनको पक्षमा नरहेको धारणा राख्नुभयो ।
आकर्षणको केन्द्र छ्योत छ्योत झरना (फोटो फिचर)
प्राकृतिक सौन्दर्यतासँगै अग्ला पहाडबाट झरेको आकर्षक झरना, वरिपरि हरियाली वनजङ्गल, चराचुरुङ्गीको चिरबि र चिरबिर र छ्योत छ्योत झरनाको छमछम आवाजमा मोहित बन्न पुग्छन् सबै पर्यटकहरु ।
चिर्पटले हिर्काएर ससूराको हत्या
चिर्पटले हिर्काएर बुहारीले ससूराको हत्या गरेकी छन् । हेलम्बु गाउँपालिका–१ गोवागाङकी ८० वर्षीया ससूरा कामीढिण्डु लामालाई बुहारी रीता तामाङले चिर्पटले हिकाएर हत्या गरेकी हुन् ।
राजमार्गका ११ होटल कारबाहीमा
धादिङको पृथ्वी राजमार्गमा सञ्चालित होटल तथा खाजा घरहरूको जिल्ला अनुगमन टोलीले अनुगमन गरेको छ । जिल्ला अनुगमन टोलीले शुक्रबार र शनिबार दुई दिनको अवधीमा १८ वटा होटल तथा खाजा घरहरूको अनुगमन गर्दा उपभोक्ता हित विपरित काम गर्ने ११ होटललाई कारबाही गरिएको घरेलु कार्यालय धादिङले जनाएको छ ।
सम्पदामैत्री आवासका लागि प्रोत्साहन
काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिकाले सम्पदामैत्री निजी आवास निर्माण गर्ने नागरिकलाई प्रोत्साहन रकम उपलब्ध गराएको छ। नगरपालिकाले विश्व सम्पदा सूचीमा सूचीकृत हुने प्रक्रियालाई सहज बनाउन सम्पदामैत्री निजी आवास निर्माण गर्ने नागरिकलाई गत आर्थिक वर्षदेखि प्रोत्साहन रकम उपलब्ध गराउन सुरु गरेको हो। नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारीले पनौती संरक्षित स्मारक क्षेत्रमा रहेका पुराना शैलीका निजी भवनको संरक्षण तथा बाहिरी आवरण सम्पदामैत्री बनाउनेसम्बन्धी प्रोत्साहन मापदण्ड २०७७ जारी गरी मापदण्ड पूरा गर्ने नागरिकलाई प्रोत्साहन रकम उपलब्ध गराएको जानकारी दिनुभयो।