गठबन्धनका बागी उम्मेदवार कायमै
सत्ता गठबन्धन दलका प्रतिनिधि सभा सदस्य उम्मेदवार बिरुद्ध सिन्धुपाल्चोकको दुबै प्रतिनिधि सभामा बागी उम्मेदवार कायम रहेका छन् । गठबन्धन उम्मेदवारबिरुद्ध उम्मेदवारी दिएका उम्मेदवारले उम्मेदवारी फिर्ता लिनु भएन ।
अर्को हप्तासम्म मौसमी वर्षात् कायमै रहने
जल तथा मौसम विज्ञान विभागले आगामी (अर्को) हप्तासम्म मौसमी वर्षात् रहिरहने पूर्वानूमान गरेको छ । विभागका वरिष्ठ मौसमविद् सुमनकुमार रेग्मीले सो जानकारी गराउनु भएको हो ।
अभिनेता शाहको सुनुवाइ पुनः स्थगित
अभिनेता पल शाहको मुद्दाको सुनुवाइ फेरि स्थगित भएको छ।
तरकारी बोकेको मिनी ट्रक दुर्घटना हुँदा दुई जना घाइते
पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ मौवाखोला नजिक तरकारी बोकेको मिनी ट्रक अनियन्त्रित भएर त्रिशूलीमा खसेको छ ।
त्रिशूलीमा खस्यो ट्रक
गए मध्यरातमा मालवहाक ट्रक त्रिशूलीमा खसेको छ । चितवन इच्छाकामना गाउँपालिका वडा नम्वर ३ स्थित मौवाखोला नजिक पृथ्वि राजमार्गवाट ट्रक त्रिशुलीमखसेको हो ।
प्रत्यक्षमा महिला उम्मेदवार न्यून
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा सिन्धुली जिल्लामा ५० जना उम्मेदवारमध्ये महिला तीन जना मात्र छन्। जिल्लामा दुई प्रतिनिधि सभा सदस्यका लागि २४ जनाको उम्मेदवारी दर्ता हुँदा दुई जना महिलाको मात्रै उम्मेदवारी परेको छ। त्यस्तै चार प्रदेश सभा सदस्यका लागि २६ जनाको उम्मेदवारी दर्ता हुँदा एक जना महिलाको मात्रै उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
दसैँ बिदामा सात सयको आकस्मिक उपचार
दसैँ पर्वको बिदा समयमा त्रिशूली अस्पताल नुवाकोटबाट करिब सात सय बिरामीले आकस्मिक स्वास्थ्योपचार सेवा लिएका छन् । अघिल्ला समयको चाडपर्वको भन्दा यस वर्षको दसैँ बिदामा दोब्बर बढी बिरामीले आकस्मिक उपचार सेवा लिएका छन् । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट
भरतपुर अस्पतालमा नयाँ आकस्मिक कक्ष
भरतपुर अस्पतालमा नयाँ इमर्जेन्सी (आकस्मिक) कक्ष सञ्चालन गरिएको छ। काम चलाउका रूपमा सञ्चालन हुँदै आएको आकस्मिक कक्षले बिरामीको चापलाई धान्न नसकेपछि दुई वर्ष अगाडिदेखि नयाँ इमर्जेन्सी भवन निर्माण सुरु गरिएको थियो। छ करोड ५० लाख रुपियाँको निर्माण लागत रहेको भवनमा पहिलो चरणमा पहिलो तला मात्र निर्माण गरिएको छ। अस्पतालका इन्जिनियर विपिन
नागरिकता विवादमा जनप्रतिनिधि
काभ्रेपलाञ्चोक जिल्लाका स्थानीय तहका जनप्रतिनिधिहरू नक्कली नागरिकताको सिफारिस, नक्कली नाता प्रमाणितमा संलग्न रहेको पाइएको छ। जिल्लामा नक्कली तथा दोहोरो नागरिकताका विषयमा भएका अनुसन्धानबाट वडाध्यक्षलगायतका जनप्रतिनिधि र वडा सचिवको संलग्नता रहेको पाइएको हो।