• १५ असार २०८१, शनिबार

मकवानपुरमा महालक्ष्मी डीना र कमल थापाद्वारा उम्मेदवारी दर्ता

blog

पाली कांग्रेसकी महालक्ष्मी उपाध्याय (डीना)-राप्रपा नेपालका अध्यक्ष कमल थापा । फाइल तस्बिर

मकवानपुर, असोज २३ गते । मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि मकवानपुरबाट विभिन्न राजनीतिक दलले आआफ्नो उम्मेदवारको मनोनयन दर्ता गराएका छन् ।

आइतबार दिउँसो १ः३० बजेसम्म सत्तारुढ गठबन्धनको तर्फबाट निर्वाचन क्षेत्र नं १ बाट नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय (डीना), नेकपा (एमाले) काे समर्थनमा राप्रपा नेपालका तर्फबाट कमल थापा, राप्रपाका केन्द्रीय कार्यसम्पादन समिति सदस्य दीपकबहादुर सिंह र हाम्रो नेपाली पार्टीका दिपेन्द्र चन्द ठकुरीले उम्मेदवारी दर्ता गराउनुभएको मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले जानकारी दिनुभयो ।

प्रतिनिधिसभा क्षेत्र नं २ मा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का रन्तप्रसाद प्रजापतिले उम्मेदवारी मनोनयन गराउनुभएको छ ।

उम्मेदवारले साँझ ५ बजेभित्रै हेटौँडा उपमहानगरपालिका–२ स्थित निर्वाचन कार्यालय परिसरमा आई मापदण्डअनुसार उम्मेदवारी दर्ता गराउनसक्ने व्यवस्था मिलाइएको मुख्य निर्वाचन अधिकृत निरौलाले बताउनुभयो । मकवानपुरमा तीन लाख सात सय ३३ मतदाता छन् भने तीन सय ६४ मतदान केन्द्र तोकिएको छ ।