• १३ पुस २०८१, शनिबार

पम्फा भुसालद्वारा ललितपुर ३ मा मनाेनयन दर्ता

blog

पम्फा भुसालद्वारा ललितपुर ३ मा मनाेनयन दर्ता । तस्बिर –कविता थापा

गाेरखापत्र अनलाइन

ललितपुर, असाेज २३ गते । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव तथा ऊर्जामन्त्री पम्फा भुसालले ललितपुर क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभातर्फ उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको छ ।

आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उहाँले उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको हो ।

सोही निर्वाचन क्षेत्रबाट भुसाल यसअघि २०६४ मा भएको संविधानसभाको निर्वाचन र २०७४ को प्रतिनिधिसभा निर्वाचनमा विजयी हुनुभएको हो ।