संवेदनशील क्षेत्रमा सुरक्षाको जिम्मा सेनालाई
जिल्लाका संवेदनशील क्षेत्रको सुरक्षाको जिम्मा नेपाली सेनाले लिएको छ । सुरक्षाका दृष्टिले संवेदनशील मानिएका क्षेत्रमा कालिबहादुर गणले सुरक्षाको जिम्मा लिएको हो ।
ढुङगा खानी ओझेलमा पर्दा स्थानीय थामी समुदाय चिन्तित
पुर्खौदेखि जीवन जिउन सञ्चालनमा आएको दोलखाको बिगु गाउँपालिका –६ आलम्पुस्थितको ढुङ्गा (स्लेट) खानी राजनीतिक दलले खासै चासो नदिँदा ओझेलमा पर्दै आउन थालेपछि थामी समुदाय चिन्तित बनेका छन् । चुनाबताका घर–घरमा आएर खानीलाई व्यवस्थित गरी रोजगारी दिलाउने आश्वासन बाँड्ने तर जितेपछि वास्ता नगरिदिनाले खानी ओझेलमा पर्न थालेपछि चिन्तित हुनुपरेको थामी समुदायको गुनासो रहेको छ ।
घाँस बिक्रीबाट वार्षिक २५ लाख रुपियाँसम्म आम्दानी
वैदेशिक रोजगारीबाट राम्रो कमाउन आसमा बिदेशिएका युवाहरू अहिले स्वदेश फर्केर कृषि पेसामा रमाउन थालेका छन् । पूर्वी नवलपरासीबाट वैदेशिक रोजगारमा जाने अधिकांश युवाहरू पछिल्लो समय स्वदेशमा विदेशकोजस्तै परिश्रम गर्ने हो भने राम्रो कमाउन सकिन्छ भन्ने जोस र जाँगर बोकेर कृषिमुखी व्यवसायमा रमाउन थालेका छन् ।
भक्तपुरमा राजनीतिक अङ्क गणित : गठबन्धन र एमालेबीच प्रतिस्पर्धा
प्रतिनिधिसभा र प्रदेशसभाका लागि मङ्सिर ४ गते घोषित निर्वाचन नजिकिएसँगै आन्तरिक जोड घटाउको गृहकार्यमा जुटेको नेकपा (एमाले)ले भक्तपुर क्षेत्र नं २ लाई आफूले जित्ने क्षेत्रका रूपमा लिएको छ ।
दोलखाका उम्मेदवार घरदैलो भेटघाटमा
प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव नजिकिएसँगै उम्मेदवार घरदैलो र मतदाता भेटघाटमा केन्द्रित हुनुभइको छ । मतदातालाई आकर्षित गर्न ठूला सभा र कोणसभाभन्दा पनि अनौपचारिक भेटघाट र छलफललाई प्राथमिकता दिन थाल्नुभएको छ ।
प्रसूति सेवा हुनु त यस्तो पो !
आफू अन्यत्र अस्पतालमा कार्यरत रहेका यहाँका चिकित्सकले आफ्नो श्रीमती र आफन्तका लागि प्रसूति सेवाका लिन भरतपुर अस्पताल रोज्ने गर्दछन् । सर्वसाधारणको पहिलो रोजाइ त छँदैछ धनाढ्य पनि यहीको प्रसूति सेवा लिन रुचाउँछन् ।
मैयाँदेवीको त्याग र बलिदानको सबैले सम्मान गर्नुपर्छ : पौडेल
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले समाजसेवी मैयाँदेवी श्रेष्ठबाट त्याग, निष्ठा र बलिदान सबैले अनुकरण गर्नुपर्ने बताउनु भएको छ ।
तीन हजार एक सय कर्मचारी खटिने
आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि जिल्लामा तीन हजार ११२ कर्मचारी खटिने भएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लाको १९० मतदान स्थलमा रहेका छन् । ३८९ मतदान केन्द्रमा ३८९ जना मतदान अधिकृत र ३८९ सहायक मतदान अधिकृत खटाइनेछ ।
उम्मेदवार घरमा, मतदाता खेतमा
आगामी मङ्सिर ४ गतेको निर्वाचन नजिकिँदै गर्दा उम्मेदवारहरू भोट माग्न घरघरमा पुग्न थालेका छन् भने मतदाता खेतीपाती भित्र्याउन थालेका छन् । यो वर्षको दशैँ, तिहार सकिएलगत्तै किसानलाई धानबाली भित्र्याउने चटारो छ । त्यसैले किसान धान काट्न खेतमा व्यस्त छन् । उम्मेदवारहरू भोट माग्न घरदैलो अभियानलाई तीव्र बनाई घरमा पुग्दा धेरैजसो घर रित्तै हुने गरेको छ ।