मन्त्री भुसालद्वारा अधिकांश मतदातासँग प्रत्यक्ष साक्षात्कार
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले माओवादी जनयुद्धको बलमा गठन भएको संविधानसभाद्वारा अधिकारसम्पन्न स्थानीय सरकार गठन गरिएको बताउनुभएको छ ।
सुकुम्बासी समस्या समाधान गर्छु: नेता सिंह
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौं क्षेत्र नं. १ का सुकुम्बासी समस्या समाधानका लागि पहल गर्ने बताउनुभएकाे छ । समस्या समाधानका लागि भूमि आयोग बनेको भन्दै त्यसले दिने प्रतिवेदनलाई आधार मानेर समस्याको समाधान निकाल्ने उहाँले बताउनुभयाे।
सङ्घीयताको अनुभूति नै गर्न पाएनौँ: दोलखाबासी
मुलुकमा सङ्घीयता लागू भएको पाँच वर्ष बितिसक्दा पनि सङ्घीयताको अनुभूति नै गर्न नपाएको दोलखालीको गुनासो रहेको छ ।
वन्यजन्तु नियन्त्रण गर्न स्थानीयवासीको माग
प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यका उम्मेदवारलाई पश्चिम चितवनवासी मतदाताले वन्यजन्तुको आक्रमण रोक्ने स्थायी योजना ल्याउन माग गरेका छन् । घरदैलोका क्रममा घरघर पुगेका उम्मेदवारलाई चितवन राष्ट्रिय निकुञ्ज आसपासका स्थानीयवासीले वन्यजन्तुको त्रासले जीवन गुजार्नु परेको भन्दै आउँदा दिनमा जनताको जिउधनको सुरक्षाका लागि गम्भीर हुन आग्रह गरेका हुन् ।
शान्ति र समृद्धिका लागि गठबन्धन जित्नुपर्छ : प्रधानमन्त्री देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले शान्ति संवृद्धि र एकताबद्ध नेपालका लागि गठबन्धनको बहुमत सरकार जरुरी रहेको बताउनुभएको छ । नेपाली कांग्रेस चितवनको आयोजनामा भरतपुरमा शनिबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सो कुरा बताउनुभयो । गठबन्धनले जितेमा दुई–तीन कार्यकालसम्म दलहरुबीच सहकार्य हुने उहाँले बताउनुभयो ।
प्रधानमन्त्री देउवाद्वारा सापकोटाको निधनमा दुःख प्रकट
प्रधानमन्त्री शेरबहादुर देउवाले गैँडाकोटका सामाजिक तथा राजनीतिक व्यक्तित्व स्व. तिलकप्रसाद सापकोटाको निधनमा शोक व्यक्त गर्नुभएको छ ।
दिवंगत सत्यमाेहन जाेशीलाई दान्यहिरा सिरपाःद्वारा पुरस्कृत
नेपालभाषा एकाडेमीले १८ औं दान्यहिरा सिरपाः शुक्रबार पाटनढोकामा तीनवटा विधामा वितरण गरेको छ ।
शाेकमग्न गुरुङलाई भेटेर प्रम देउवाद्वारा समवेदना व्यक्त
प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसका केन्द्रीय सदस्य टेकप्रसाद गुरुङलाई भेटेर समवेदना प्रकट गर्नुभएको छ । श्रीमती शिरमाया गुरुङको शोकमा रहनुभएका गुरुङलाई प्रधानमन्त्री देउवाले चितवनस्थित घरमा पुगेर समवेदना प्रकट गर्नुभएको हो ।
काभ्रे २ मा हुमागाईँ र बाँस्कोटाबीच रोचक प्रतिस्पर्धा
प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन आउन आठ दिन बाँकी छ । चुनाव नजिकिँदै गर्दा काभ्रेपलाञ्चोक प्रतिनिधिसभा क्षेत्र नं २ मा चुनावी प्रचार–प्रसार बढ्दै गएको छ ।