• १९ असार २०८१, बुधबार

शाेकमग्न गुरुङलाई भेटेर प्रम देउवाद्वारा समवेदना व्यक्त

blog

पत्नी शोकमा रहनुभएका कांग्रेसका केन्द्रीय सदस्य टेकप्रसाद गुरुङलाई समवेदना दिनेक्रममा । तस्बिर – वसन्त पराजुली

वसन्त पराजुली 

भरतपुर, कात्तिक २६ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसका केन्द्रीय सदस्य टेकप्रसाद गुरुङलाई भेटेर समवेदना प्रकट गर्नुभएको छ । श्रीमती शिरमाया गुरुङको शोकमा रहनुभएका गुरुङलाई प्रधानमन्त्री देउवाले चितवनस्थित घरमा पुगेर समवेदना प्रकट गर्नुभएको हो । 

विमानस्थलबाट चितवन झरे लगत्तै उहाँ गुरुङ निवास पुग्नुभएको थियो । त्यहाँ रहेको शोक पुस्तिकामा पनि उहाँले हस्ताक्षर गर्नुभयो । गुरुङ परिवारलाई समवेदना दिन प्रधानमन्त्रीसँगै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि त्यहाँ पुग्नुभएको थियो । 

यता, आजै प्रधानमन्त्री देउवा, माओवादी अध्यक्ष प्रचण्ड, नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईलगायतले चितवनमा चुनावी सभालाई सम्बोधन गर्दै हुनुहुन्छ । केही बेरमै उहाँहरूले चुनावी सभा सम्बोधन गर्नुहुने तयारी भइरहेको छ ।