आमाछोरीको हत्या अभियोगमा एकजना पक्राउ
नुवाकोटको दुप्चेश्वर गाउँपालिका–५ बालकुमारीको भङ्गेरीमा आमाछोरीको हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले आज बिहान एक जनालाई पक्राउ गरेको छ ।
देश विकासका लागि स्थिर सरकार आवश्यक : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देश विकासका लागि स्थिर सरकार आवश्यक भएको बताउनुभएको छ । चुनावी सभालाई सोमबार चितवनको भरतपुरमा सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
चुनाव नजिकिँदै गर्दा घरदैलोमा दलहरुको तीव्रता
मतदान गर्ने दिन नजिकिएसँगै भक्तपुर निर्वाचन क्षेत्र नं १ का उम्मेदवारहरुले आफ्नो प्रचारप्रसारलाई तीव्रता दिएका छन् ।
हाइटेन्सन लाइन अवरोध गर्ने हाँगा हटाइयो
विद्युत प्राधिकरणबाट सभागृह हुँदै पद्मोदय मोडसम्म हाइटेन्सन लाइन (उच्च भोल्टेज ट्रान्समिसन लाइन) मा अवरोध गर्ने रुखका हाँगा हटाउन थालिएको छ । विद्युत प्राधिकरणको अनुरोधपछि प्राधिकरणसँगै सहकार्य गरेर महानगरको जुद्ध बारुण यन्त्र कार्यालयले हाँगा हटाउन जनशक्ति र उपकरण परिचालन गरेको छ ।
किसान मल माग्छन् उम्मेदवार दिन्छु भन्छन्
आगामी मङ्सिर ४ गते सिङ्गो देश र प्रदेशको नीति, कार्यक्रम, कानुन बनाउने विधायिकी नेतृत्वका लागि हुने आमनिर्वाचनमा मत माग्न घरदैलो पुगेका उम्मेदवारसँग मतदाताले माग्छन्– रासायनिक मल, बीउ, पानी। रामेछाप समाचारदाता नवराज श्रेष्ठका अनुसार रामेछापको मन्थली नगरपालिका–६, भलुवाजोरस्थित डाँडाखर्क गाउँमा ५८ घर दलित समुदायको बसोबास छ। यहाँको दलित समुदायलाई अहिले सबैभन्दा ठूलो समस्या खानेपानीको छ। २०५९ सालमा एक गैरसरकारी संस्थाले निर्माण गरिदिएको खानेपानी आयोजना २०७२ सालको भूकम्प र बाढीपहिरोले क्षति भएपछि मर्मत हुन सकेको छैन।
नेता र कार्यकर्ताबीच तीव्र प्रतिस्पर्धा
आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा मकवानपुर क्षेत्र नं. २ मा विगतमा एउटै पार्टीमा रहेर सहकार्य गरेका सहकर्मीबीच तीव्र प्रतिस्पर्धा हुने देखिएको छ। प्रतिनिधि सभा सदस्यका लागि एक जना स्वतन्त्र र नौ जना दलका गरी १० जना उम्मेदवार रहेको सो क्षेत्रमा विगतमा नेकपा (एमाले)का नेता रहेका विरोध खतिवडालाई उतिखेर आफ्नै कार्यकर्ता रहेर सहयोग गरेका महेशकुमार बर्तौलाले कडा चुनौती दिनुहुँदै छ।
उपत्यकाको चासो भक्तपुरमा
आगामी मङसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि भक्तपुर निर्वाचन क्षेत्र नं. १ मा गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनलाई आधार मान्दा नेमकिपासँग अन्य दलको प्रतिस्पर्धा कमजोर हुने देखिएको छ। प्रतिस्पर्धी सबै दलले पाएको मत एकै ठाउँमा हाल्दा पनि नेमकिपाको मत धेरै हुने देखिन्छ। भक्तपुर निर्वाचन क्षेत्र नं. १ को भूगोल भक्तपुर नगरपालिका र चाँगुनारायण नगपालिकाको सबै भूभाग पर्छ।
पाँचतले मन्दिर अवलोकन गर्दै पर्यटक
भक्तपुर नगरपालिका–५ स्थित तमारीको पाँचतले मन्दिर अवलोकन गर्दै विदेशी पर्यटक ।
संविधानको रक्षा र मुलुकको विकासका लागि गठबन्धन : मुख्यमन्त्री पाण्डे
बागमती प्रदेशका मुख्यमन्त्री तथा नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले संविधानको रक्षा र मुलुकको विकासका लागि गठबन्धनका उम्मेदवारलाई जिताउनु पर्ने धारणा राख्नु भएको छ।