पूर्वाधार नबन्दा कर्णालीमा लगानी भित्र्याउन गाह्रो
पूर्वाधार विकास नहुँदा कर्णाली प्रदेशमा लगानी भित्र्याउन कठिन भएको उद्योगी व्यवसायीले बताएका छन् । सुर्खेतमा बिहीबार भएको नेपाल उद्योग वाणिज्य महासङ्घ कर्णाली प्रदेशको छैटौँ सभामा सहभागी उद्योगी व्यवसायीले कर्णालीमा लगानी भित्र्याउन पूर्वाधार विकास गर्नुपर्ने सुझाव दिएका हुन् । कर्णालीमा विशेष गरी पर्यटन, जलविद्युत्, कृषि र जडीबुटीमा लगानी गर्न सकिने उद्यमीको भनाइ छ ।
महिला उद्यमीसँग अस्ट्रेलियन राजदूत
नेपालका लागि अस्ट्रेलियन राजदूत फेलिसिटी भोल्कले जुम्ला जिल्ला पातारासी गाउँपालिकाका महिलाले उत्पादन गरेका उत्पादन अवलोकन गर्नुभएको छ। पातारासीका महिलाले मार्सी चामल, स्याउ, सिमी, ओखर, चिनो कागुनोको उत्पादन र बजारीकरणका क्षेत्रमा काम गरिएका छन्।
फलामे पिङ चुँडिँदा एक जनाको मृत्यु, २ जना घाइते
सुर्खेतको काँक्रेविहार फन पार्क एन्ड रिपोर्ट प्रालिद्वारा सञ्चालित ट्रि हाउस फन पार्कमा फलामे पिङ चुँडिँदा एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा दाङको तुलसीपुर उपमहानगरपालिका–६ की ५० वर्षीया खगीसरा सुनार रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । सुनार केही दिनअघि सुर्खेत आफन्तकहाँ आएको जनाको छ ।
खार्पुनाथ शिवालयको स्वरूप परिवर्तन हुँदै
जिल्लाकै प्रसिद्ध शिव मन्दिरमा पर्ने खार्पुनाथ शिवालयको पहिलेको स्वरूपमा परिवर्तन आएको छ । आकर्षण र व्यवस्थित बनाउन विभिन्न संरचना निर्माण कार्य भएपछि पहिलेको मन्दिरको स्वरूप परिवर्तन भएको हो ।
स्थानीय सरकारद्वारा गहुँबालीमा डोजर
स्थानीय सरकारले स्थानीयको गहुँबालीमा डोजर चलाएको छ । जिल्लाको नरहरीनाथ गाउँपालिका –८ मा असार मसान्तमा बजेट सक्ने लक्ष्यसाथ गहुँवालीमा एक्स्काभेटर लगाएर फिल्ड निर्माण गर्न थालिएको हो ।
विवाह गर्दा अनुमति पत्र अनिवार्य
गुराँस गाउँपालिका–८ ले विवाह गर्दा वडा कार्यालयबाट अनुमति पत्र अनिवार्य लिनु पर्ने नियम लागू गरेको छ । बाल विवाह न्यूनीकरण गर्ने उद्देश्यले वडामा विवाह गर्दा वडा कार्यालयमा पुगेर अनुमति पत्र लिनु पर्ने नियम लागू गरेको हो ।
शैक्षिक सुधार योजना अलपत्र
कर्णाली प्रदेश सरकारले शैक्षिक सुधारका लागि थालेका कार्यक्रम अलपत्र परेका छन्। चालू आर्थिक वर्ष २०७९/८० मा सार्वजनिक शिक्षा सुधारका लागि प्रदेश सरकारले विभिन्न योजना अघि सारेको थियो तर आर्थिक वर्षको आधा अवधि सकिँदासम्म योजना कार्यान्वयनमा भने उल्लेख्य प्रगति हुन सकेको छैन।
बाह्र वर्षपछि पुल निर्माण सुरु
दैलेखको राकम कर्णाली र अछाम जोड्ने पक्की पुल ठेक्का लागेको १२ वर्षपछि निर्माण थालिएको छ। २०६७ मा ठेक्का सम्झौता भएको पुल निर्माण कार्य १२ वर्षपछि मात्र सुरु भएको हो। २०६७ मा ठेक्का भई २०७१ पुस मसान्तसम्म सम्पन्न गर्ने गरी १३ करोड १३ लाखमा पुल निर्माण गर्ने सम्झौता भएको थियो। सम्झौता भएपछि निर्माण कम्पनीले दैलेख क्षेत्रमा पर्ने पिल्लर मात्र उठाएर बेपत्ता भएको थियो।
उद्योग सञ्चालनमा पूर्वाधार अभाव
कर्णाली प्रदेशमा ठूला उद्योग स्थापना र सञ्चालन हुन सकेका छैनन्। प्रदेशमा काम गर्ने वातावरण र आवश्यक लगानी गर्न नसक्दा उद्योग अलपत्र पर्ने गरेका हुन्। ठूला लगानी भएका उद्योग सञ्चालन गर्न प्रदेशले पनि खासै चासो दिन सकेको छैन। ठूला लगानीका आयोजना सञ्चालनका गर्नका लागि प्रदेशले ठोस योजना बनाउन नसक्दा योजना अलपत्र पर्ने गरेका छन्। निजी लगानीकर्ताले समेत कर्णालीमा काम गर्ने वातावरण नहुँदा चासो देखाएका छैनन्। भौगोलिक विकटता र पूर्वाधारको अभाव हुँदा समस्या हुने गरेको उनीहरूले बताउने गरेका छन्।
अनेमसङ्घको हुम्ला अध्यक्षमा रावल
नेकपा (एमाले) निकट अखिल नेपाल महिला सङ्घ (अनेमसङ्घ) को जिल्ला कार्य कमिटी निर्बिरोध निर्वाचित भएको छ । तेस्रो जिल्ला अधिबेशनबाट अनेम संघको जिल्ला कार्य समितिलाई नै निर्विरोध चयन गरेको हो ।
हेलिकोप्टरबाट नुन ढुवानी गरिँदै
साल्ट टेडिङ कर्पोरेशनद्वारा जिल्लाका लागि ढुवानी अनुदानमा व्यवस्था गरिएको आयोडिनयुक्त नुन हेलिकोप्टरबाट ढुवानी भएको छ ।
कालीकोटमा प्रहरीमाथि आक्रमण
कालीकोटको सदरमुकाम मान्ममा सोमबार साँझ डिउटीमा रहेको ट्राफिक प्रहरीमाथि आक्रमण भएको छ । होली मनाइरहेका युवाहरुले जिल्ला ट्राफिक कार्यालयको डिउटीमा रहेको प्रहरीमाथि आक्रमण गरेका हुन् ।
स्ववियु निर्वाचन : सभापति पदका लागि नौ जनाको प्रतिस्पर्धा
आगामी चैत ३ गते हुने स्वतन्त्र विद्यार्थी युनियन मध्यपश्चिम विश्वविद्यालय (स्ववियु निर्वाचन)का लागि निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ ।
स्थानीयको स्वास्थ्य प्राथमिकता
सल्यानको दार्मा गाउँपालिकाले स्वास्थ्य संस्थाको पहुँचभन्दा टाढा रहेका नागरिकलाई घरमै पुगेर स्वास्थ्य सेवा दिन सुरु गरेको छ। ज्येष्ठ नागरिक, गर्भवती तथा सुत्केरी महिलालाई घरमै पुगेर सेवा दिन थालिएको हो। घरदैलोमा स्वास्थ्य शिक्षा कार्यक्रमअन्तर्गत ‘नागरिकसँग स्वास्थ्यकर्मी’ भेटघाट गर्ने गरिएको हो।
दुई दिन हिँडेर पाँच किलो नुन
माथिल्लो मुगुको मुगमकार्मारोङ गाउँपालिकाका स्थानीय बासिन्दा अनुदानको पाँच केजी नुन लिन दुई दिन पैदल हिँडेर जिल्ला सदरमुकाम गमगढी आइपुगेका छन्। तिब्बतसँग सिमाना जोडिएको कार्मारोङका बासिन्दा साल्ट ट्रेडिङ कर्पोरेसनले दिने पाँच केजी नुन लिन जिल्लाको डिपोसम्म आएका हुन्। डिपोले एक पटकमा प्रतिव्यक्ति पाँच केजी नुन उपलब्ध गराउने गरेको छ। मुगमकार्मारोङ गाउँपालिकामा साल्ट ट्रेडिङको डिपो नहुँदा नुनको खोजीमा गमगढीसम्म आउनुपर्ने बाध्यता छ। स्थानीय टुन्डुल लामाले कोरोना महामारीअघि चीनको नाका खुला हुँदा चीनबाट नुन ल्याएर प्रयोग गर्दै आएको बताउनुभयो। उहाँले भन्नुभयो, “अहिले नाका बन्द हुँदा दुई दिन हिँडेर गमगढी आउने बाध्यता रहेको छ।”
सौर्य ऊर्जाबाट झिलिमिली
तिला गाउँपालिकाको दुर्गम गाउँ पोखरीमा सौर्य ऊर्जा जडानपछि झिलिमिली भएको छ। सो गाउँमा ५० किलोवाटको सोलार प्लान्ट राखिएपछि गाउँ झिलिमिली भएको हो। तिला गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाका अनुसार गाउँपालिकाको ३० लाख र वैकल्पिक ऊर्जाको सहयोगसहित तीन करोड एक लाख ८८ हजार लागतमा सो सौर्य ऊर्जा कार्यक्रम सुरु भएको हो। तिला गाउँपालिकाबाट हिँडेर चार घण्टा लाग्ने सो गाउँमा सौर्य ऊर्जाको उद्घाटन कर्णाली प्रदेश सरकारका पूर्वमन्त्री नरेश भण्डारीले गर्नुभएको छ। उहाँले पोखरीलाई उज्यालो दिने राज्यको काम अत्यन्तै न्यायपूर्ण भएको बताउनुभयो।
बिक्री भएन स्याउ
चिस्यान केन्द्रको अभाव र बजार नपाउँदा जाजरकोटको नलगाडमा उत्पादन भएको स्याउ बिक्री हुन सकेको छैन । स्थानीय सरकारले चिस्यान केन्द्र र सडक निर्माणमा ढिलासुस्ती गरेका कारण लाखौँ रुपियाँको स्याउ कुहिएर नष्ट हुने गरेको किसानले गुनासो गरेका छन् ।
कर्णाली राजमार्गको स्तरवृद्धिको पहल गर्छु : सांसद लामा
मुगाल समुदायबाट समानुपातिक सांसद रहेका जुम्लाका सांसद छिरिङ ल्हामु लामाले कर्णाली राजमार्गको स्तरवृद्धिका लागि सक्ने पहल गर्ने प्रतिबद्धता जनाउनुभएको हो । गृह जिल्लामा गरिएको स्वागत कार्यक्रममा उहाँले सो प्रतिबद्धता जनाउनुभएको हो ।
तीन महिनादेखि बेपत्ता शाही मृत भेटिए
तीन महिनादेखि बेपत्ता भएका एक जना पुरुष मृत भेटिएका छन् । प्रहरी र आफन्तले लगातार खोजी गर्ने क्रममा सर्केगार्ड गाउँपालिका –२ को उनापानीस्थित कर्णाली नदीको किनारमा उहाँको शव फेला पारेको हो ।
सवारी जाँचमा कडाइ
हिमाली जिल्ला डोल्पामा सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक कार्यालयले सवारी जाँचमा कडाइ गरेको छ। सवारी जाँचमा कडाइ गरिएपछि राजस्वमा पनि वृद्धि भएको छ।
स्वास्थ्य सेवा ऐनमा नागरिकको सुझाव
पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकाले तयार गरेको स्वास्थ्य सेवा ऐन २०७७ माथि सरोकारवालाले विभिन्न सुझाव दिएका छन्। इन्सेक कर्णाली प्रदेशद्वारा पञ्चपुरीको बाबियाचौरमा आयोजित समीक्षामा ऐनमा सुर्ती, चुरोट र मदिरा सेवन तथा ओसारपसार कार्यलाई कडाइ गर्ने प्रावधान ल्याउन सुझाव दिएका छन्। ऐनमा रहेको प्रावधानको कार्यान्वयन प्रभावकारी गर्न नसक्दा समाजमा बेथिति बढेको सहभागीको भनाइ छ। उनीहरूले नगरका साना तथा ठूला बजारमा सुर्ती, चुरोट र मदिरा खुलेआम बिक्री भएको, निजी मेडिकलले पनि प्रतिबन्धित औषधि बिक्रीवितरण गरेकाले उनीहरूमाथि अनुगमन गर्ने प्रावधान पनि ऐनमा समावेश गर्न आग्रह गरेका छन्।
साबुन उद्योग सञ्चालन
यहाँको महावु गाउँपालिका–१, खरीगैरामा स्थापना भएको साबुन उद्योगले शुक्रबारदेखि उत्पादन बजारमा ल्याएको छ । लामो समय रोजगारीका लागि भारतको अहमदाबाद बसेर फर्केका राजेन्द्रबहादुर खत्रीले ८० लाख रुपियाँको लगानीमा गाउँमै साबुन उद्योग सञ्चालनमा ल्याउनुभएको हो । भारतमा रहेका साबुन उद्योगको अध्ययन गरेपश्चात् आफ्नै देशमा रोजगारी गर्ने र अरूलाई समेत रोजगारी दिने उद्देश्यले उद्योग स्थापना गरेको उहाँले बताउनुभयो । दैनिक पाँच सय साबुन उत्पादन गर्ने सञ्चालक खत्रीले बताउनुभयो ।
महासङ्घ कर्णाली प्रदेश कार्यसमितिको साधारण सभा कालिकोटमा
नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेश कार्य समितिको साधारण सभा पहिलोपटक कालिकोटमा आयोजना हुने भएको छ।
समयमै उपचार पाउँदा भेडापालक किसान खुसी
नियमित र समयमै भेडाबाख्राको उपचार गर्न पाएसँगै किसान खुसी भएका छन् । भेडाब्राखाले राम्रो चरनको व्यवस्थापन नहुनु, सुख्खा र चिसो मौसमले बिरामी भएका भेडाबाख्राको समयमै उपचार भएपछि यहाँका भेडापालक किसान खुसी भएका हुन् ।