तेर्मी पर्वमा रमाउँदै मुस्ताङ्गी
मुस्ताङ जिल्लाको एतिहासिक गाउँ मार्फामा फागुन पूर्णिमा (तेर्मी पर्व) मा रमाउँदै स्थानीय महिला ।
"बालबालिकाका क्षेत्रमा स्थानीय सरकार गम्भीर हुन सकेन"
कालीकोट जिल्लाका स्थानीय तहहरुले बालबालिकाको क्षेत्रमा बनाएका नीति, रणनीति, कार्यविधि, संरचना, बजेट तथा क्रियाकलापको वर्तमान अवस्थासँगै दिगोपनाका लागि आगामी योजनाका बारेमा सरोकारवालासँग सिकाई आदाप्रदान गर्न थालेका छन् ।
कर्णालीमा स्ववियु चुनावको चहलपहल
स्ववियु निर्वाचनको मिति नजिकिएसँगै चुनावकेन्द्रित गतिविधिमा विद्यार्थी सङ्गठन जुटेका छन्। उनीहरूले शिक्षा क्षेत्रको सुधार, भौतिक पूर्वाधार विकासजस्ता माग अघि सारेका छन्। विद्यार्थी सङ्गठनले स्ववियु निर्वाचनमा बेरोजगार शिक्षा अन्त्य गरी रोजगारमूलक शिक्षा सुधारलाई आफ्नो मुख्य एजेन्डाका रूपमा अघि सारेका छन्। त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले चैत ५ र मध्यपश्चिम विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन चैत ३ गते गर्ने निर्णय गरेको छ। निर्वाचन मिति नजिकिएसँगै विद्यार्थी सङ्गठनहरू निर्वाचन तयारीमा जुटेका हुन्। विद्यार्थी सङ्गठनका केन्द्रीय समितिदेखि क्याम्पस एकाइ समितिले चुनावकेन्द्रित गतिविधि बढाएका छन्।
विद्युत् लाइन विस्तार धमाधम
कोहलपुर–सुर्खेत १३२ केभीए विद्युत् प्रसारण लाइन विस्तारले तीव्रता लिएको छ। २०७७ असारदेखि सुरु भएको आयोजनाले हालसम्म सुर्खेत क्षेत्रमा ३० र कोहलपुर सबस्टेसनदेखि बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रको चिसापानीसम्म १५ वटा हाइटेन्सन लाइनको टावर निर्माण सम्पन्न गरेको छ। बाँकी क्षेत्रमा टावरका लागि फाउन्डेसन निर्माण र रुख कटानको काम धमाधम भइरहेको आयोजनाले जनाएको छ। यही रफ्तारमा कुनै अवरोधबिना काम अघि बढे आगामी वर्षसम्म आयोजना सम्पन्न हुने आयोजनाका प्रमुख रविकुमार चौधरीले बताउनुभयो। प्रसारण लाइन विस्तारका लागि कोहलपुरदेखि सुर्खेतसम्म १६२ वटा टावर निर्माण गर्नुपर्छ। यसका लागि बाँके र बर्दिया राष्ट्रिय निकुञ्जमा मात्रै ७४ वटा टावरका लागि करिब ४३ हेक्टर जमिन आवश्यक पर्छ। प्राधिकरणका अनुसार प्रसारण लाइन विस्तार गर्दा १३ हजार ५४ वटा रुख कटान हुनेछन्।
मुहानमा पानी सुकेपछि खानेपानीको हाहाकार
सदरमुकाम सिमकोट बजारका लागि पानीको आपुर्ती हुँदै आएको हुमाने खोलाको मुहानमा पानी सुकेपछि उपभोक्ताहरूलाई पानीको हाहाकार भएको छ । हिउँदमा हिमपात राम्रो नहुँदा सुख्खा लागेसँगै मुहानको पानी सुक्दा पानीको समस्या भएको हो ।
परम्परागत पहिरनप्रति महिलाको आकर्षण
विशेषगरी क्षत्री समुदायका महिलाले प्रयोग गर्ने परम्परागत पोसाक गाउनप्रति महिलाको आकर्षण बढ्दै गएको छ । परम्परादेखि लगाउँदै आएको पोसाक गाउन बीचको केही समय लोप हुने अवस्थामा पुगेको भए पनि पछिल्लो समय महिलामा सो पोसाकमा चासो बढ्दै गएको हो ।
हिरासतभित्रै आत्महत्या प्रयास
जिल्ला प्रहरी कार्यालय सल्यानको हिरासतभित्र एक व्यक्तिले आत्महत्याको प्रयास गरेका छन् । हाडनाता जबरजस्ती करणीमा पक्राउ परेका बनगाड कुपिण्डे नगरपालिकाका ३४ वर्षीय थुनुवाले हिरासतभित्रै ब्लेडले घाँटी काटेर आत्महत्याको प्रयास गरेका हुन् ।
हत्या अभियोगमा ७ जना पक्राउ
रुकुम पश्चिमको मुसिकोट नगरपालिका ८ घोरखानी बस्ने ७४ वर्षीय जितबहादुर बुढाको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ६ जनालाई प्रहरीले शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २० वर्षीय अनिल पुन, २ जना १७ वर्षीय किशोर, २ जना १६ वर्षीय किशोर र १४ वर्षीय किशोर रहेको प्रहरीले जनाएको छ ।
जुम्लामा श्रीमानकाे कुटाइबाट श्रीमतीको मृत्यु
जुम्लाको तिला गाउँपालिका नुवाकोट गाउँमा श्रीमानकाे कुटाइबाट श्रीमतीको मृत्यु भएको छ । तिला–४ नुवाकोटका ४७ वर्षीय आइते सार्कीले आफ्नै पत्नी २३ वर्षीया ममता नेपालीलाई कुटपिट गरेर मृत्यु भएको प्रहरीले बताएको छ ।
एउटै योजनाका लागि दुई वटा उपभोक्ता समितिसँग सम्झौता
सिमकोट गाउँपालिकाको योजना शाखाले एउटा योजनाका लागि एउटै समुदायका लागि दुई वटा उपभोक्ता समितिसँग सम्झौता गरेको पाइएको छ । गाउँपालिकाले दुई महिनाको अन्तरमा घेरवारको योजनाका लागि दुई वटा उपभोक्ता समितिसँग सम्झौता गरेको हो ।
निःशुल्क स्वास्थ्य बीमा
वीरेन्द्रनगर नगरपालिकाले पालिकाभित्रका अति विपन्न नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्न थालेको छ। शुक्रबार औपचारिक रूपमा नगरभित्रका अति विपन्न नगरवासीको निःशुल्क स्वास्थ्य बीमा थालिएको हो। वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकाल, उपप्रमुख नीलकण्ठ खनाल, प्रदेश स्वास्थ्य बीमा बोर्डका संयोजक सिर्जना पौडेलले निःशुल्क स्वास्थ्य बीमाको सम्झौता गर्दै चार जना अति विपन्नलाई बीमा कार्डसमेत उपलब्ध गराउनुभएको छ।
शैक्षिक पूर्वाधारले पायो निरन्तरता
कर्णाली प्रदेश सरकारको विद्यालय शैक्षिक पूर्वाधार कार्यक्रमले यो वर्ष पनि निरन्तरता पाएको छ। प्रदेशका ७९ वटा पालिकामा शैक्षिक पूर्वाधार कार्यक्रम सुरु भएको हो। हरेक स्थानीय तहका एक सामुदायिक विद्यालय छनोट गरी त्यहाँको भौतिक पूर्वाधार विकास गर्ने उद्देश्यले प्रदेश सरकारले आर्थिक वर्ष २०७६/७७ देखि यो कार्यक्रम सुरु गरेको थियो।
गोदाममै कुहियो खाद्यको अट्ठाइस क्विन्टल चामल
हुम्लामा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको चामल कुहिएको छ । खाद्य कम्पनीको अदानचुली गाउँपालिकाको केन्द्र श्रीनगर डिपोको गोदाममा मौज्दात गरी राखिएको चामल कुहिएपछि गाडिएको छ । सो कार्यालय नासु नवीन आचार्यले डेढ वर्षअघिदेखि डिपोको गोदाममा मौज्दात रहेको खाद्यान्न कुहिएपछि गाउँपालिका, प्रहरी चौकी र स्थानीयवासीको रोहबरमा गाडिएको जानकारी दिनुभयो ।
मानसरोवर क्याम्पसको स्ववियु निर्वाचनमा एकल उम्मेदवारी दर्ता
हिमाली जिल्ला हुम्लाको मानसरोवर बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि एकल उम्मेदवारी दर्ता भएको छ ।
प्रहरीद्वारा अवैध काठ बरामद
जिल्ला प्रहरी कार्यालय डोल्पाले अवैध काठ बरामद गरेको छ ।
कालीकोटमा २१ परीक्षा केन्द्र निर्धारण
कालीकोट जिल्लामा यस पालिकाको एसइई परीक्षाका लागि २१ केन्द्र निर्धारण गरिएको छ । एउटा मात्र परीक्षा केन्द्र रहेको शुभकालीका गाउँपालिकामा यसपालि एक परीक्षा केन्द्र थपेर २१ केन्द्र बनाइएको हो ।
उडान सेडुअल थप्न हुम्लावासीको माग
हाल हप्ताको दुई वटा मात्र सेडुअल उडान भर्दै आएका निजी एयरलाइन्सलाई हप्तामा चार वटा उडान भर्न हुम्लावासीहरूले माग गरेका छन् ।
कोहलपुर-सुर्खेत विद्युत प्रसारण लाइन विस्तार
कोहलपुर-सुर्खेत १३२ केभीए विद्युत प्रसारण लाइन विस्तारले तीव्रता लिएको छ । आर्थिक वर्ष २०७७ असारदेखि सुरु भएको आयोजनाले हालसम्म सुर्खेत क्षेत्रमा ३० र कोहलपुर सब-स्टेशनदेखि बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रको चिसापानीसम्म १५ वटा हाइटेन्सन लाइनको टावर निर्माण सम्पन्न गरेको छ ।
रैथाने बाली खरिद सुरु
हुम्लामा उत्पादन हुने स्थानीय रैथाने बाली सिमकोट गाउँपालिकाले खाद्य व्यवस्था तथा व्यापार कम्पनीको शाखा कार्यालयलाई बिक्री सुरु गरेको छ । गाउँपालिकाले किसानसँग खरिद गरेका रैथाने बाली शुक्रबारदेखि औपचारिक रूपमा बिक्री सुरु गरेको हो । गाउँपालिका अध्यक्ष विजय भण्डारीले एक महिनायता किसानसँग खरिद गरेका रैथाने बालीको उत्पादन खाद्य कम्पनीलाई बिक्री सुरु गरेको बताउनुभयो । गाउँपालिकाले शाखाको गोदाममा लगेर हस्तान्तरण गरेको हो । रैथाने बालीमा चिनो र कागुनोको चामल, सिमी र फापरको दाना बिक्री गरेको हो ।
डोल्पाबाटै विद्युतीय राहदानी वितरण सुरु
हिमाली जिल्ला डोल्पाबाटै पहिलो पटक ई–पासपोर्ट पाउन सुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालयले पहिलो पटक जिल्लामै नागरिकलाई विद्युतीय राहदानी दिन थालेपछि खुशियाली छाएको छ ।
उच्च रक्तस्राव भएकी सुत्केरीको हेलिकोप्टरबाट उद्धार
गर्भ तुहिएर उच्च र रक्तस्राव हुँदै आएकी सुत्केरी महिलाको नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ ।
कानुनमा समानता व्यवहारमा विभेद
महिला सहभागिताको मुद्दालाई कानुनी रूपमा सम्बोधन गरिए पनि व्यवहारमा भने विभेद कायमै छ। राज्यका सबै निकायमा अर्थपूर्ण महिला सहभागिता हुनुपर्ने कानुन निर्माण गरिएको छ। तर त्यसको व्यावहारिक कार्यान्वयनमा भने अझै पनि हेलचेक्र्याइँ हुने गरेको अधिकारकर्मी बताउँछन्।
कर्णाली कोरिडोरमा ‘रुट परमिट’
कर्णाली कोरिडोरको हुम्ला खण्डअन्तर्गत मैला कवाडीदेखि सलीसल्लासम्मको सडकमा यातायात सञ्चालनका लागि अनुमति दिइएको छ। जिल्ला ट्राफिक कार्यालय प्रहरी नायब निरीक्षक कलकबहादुर शाहीका अनुसार ताँजाकोट गाउँपालिकाको कवाडीदेखि सर्केगार्ड गाउँपालिकाको सलीसल्लासम्मको सडकमा यातायात सञ्चालनका लागि ‘रुट परमिट’ दिइएको छ।
प्रदेश सभा बैठक अनिश्चित
लामो समयदेखि बैठक सञ्चालन हुन नसक्दा कर्णाली प्रदेशसभा बिजनेसविहीन बनेको छ । माघ ६ गते मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत लिएपछि स्थगित भएको बैठक त्यसयता बस्न सकेको छैन । राजनीतिक अन्योलका कारण प्रदेशसभा आफ्नै तरिकाले अघि बढ्न सकेको छैन । प्रदेशसभाले सभामुख र उपसभामुख चयनबाहेक अन्य काम गर्न नसकेको पनि तीन महिना बिताएको सकेको छ । प्रदेशसभामा सांसदहरू आएको तीन महिना र सभामुख निर्वाचित भएको दुई महिना बितिसक्यो । तर, विषयगत समिति बन्ने निश्चित छैन ।