रैथाने बालीको बिउ बैङ्क स्थापना
गाउँपालिका र सहकारी संस्थाको समन्वयमा रैथाने बालीको बिउ बैङ्क स्थापना गरिएको छ । रैथाने बालीको संरक्षण तथा विविधीकरण गर्नका लागि बैङ्क स्थापना गरिएको हो । सर्केगार्ड गाउँपालिका–७ का स्थानीय कृष्णप्रसाद जैसीले बुधबारबाट रैथाने बालीको बिउ बैङ्क स्थापना गरिएको बताउनुभयो ।
बाह्र बिरामीबाट औलो रोगको नमुना सङ्कलन
जिल्लाको दुर्गम बस्ती ताजाकोट गाउँपालिका –३ को मासपुुर गाउँका लक्षणदेखि बाह्र जना बिरामीको औलो रोगको नमुना सङ्कलन गरिएको छ ।
हावाहुरीका कारण सुर्खेतमा ठुलो क्षति
हावाहुरीका कारण सुर्खेतको पश्चिम क्षेत्रमा ठुलो क्षति भएको छ । सोमबार रातिको भीषण हावाहुरीका कारण सयौँ व्यक्तिको घरमा क्षति पुगेको छ । यस्तै विभिन्न कार्यालयका भौतिक संरचनामा समेत क्षति पुगेको छ ।
आगलागीबाट वर्सेनी वन जंगल नष्ट हुँदै
वर्सेनी आगलागीबाट हजारौ हेक्टरमा वनजंगल मासिदैगएको छ । कर्णाली प्रदेशका विभिन्न जिल्लामा आगलागीबाट वर्सेनी हजारौ हेक्टर वन जंगलमा क्षति हुँदैआएको हो । वनजंगल डढेलोबाट नराम्ररी प्रभावित हुनेगरेको छ ।
गाउँ गाउँमा पुगेर उपचार गर्दै विदेशी चिकित्सक मार्ता
सिमकोट र खार्पुनाथ गाउँपालिकाका तीन वटा वडाका बस्तीमा पुगेर स्पेनिस चिकित्सक मार्ताले बिरामीको निःशुल्क उपचार गर्नुभएको छ ।
बेपत्ता व्यक्ति २४ वर्षपछि सम्पर्कमा
जाजरकोटको भेरी नगरपालिका–२ तिमीलेका बेपत्ता भनिएका एक व्यक्ति २४ वर्षपछि सम्पर्कमा आएका छन् । वि.सं. २०५६ देखि हालसम्म बेपत्ता हुनुभएका टिकाराम पुन २४ वर्षपछि सम्पर्कमा आउनु भएको हो ।
कर्णाली प्रदेश सभाको दोस्रो अधिवेशन आजदेखि
कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको दोस्रो अधिवेशन आजदेखि सुरु हुने भएको छ । पहिलो अधिवेशन गत वैशाख १७ गते अन्त्य भएको थियो ।
सामुदायिक विद्यालयमा विद्यार्थी चाप
सामुदायिक विद्यालयको शिक्षामा सुधार आएसँगै विद्यार्थी सङ्ख्या बढ्न थालेको छ। सामुदायिक विद्यालयमा समेत अङ्ग्रेजी माध्यममा अध्यापन गरिन थालेपछि विद्यार्थी चाप बढ्न थालेको बताइन्छ। वीरेन्द्रनगर नगरपालिका–१२ स्थित अमरज्योति नमुना माध्यमिक विद्यालयमा यस शैक्षिक सत्रमा २२५ विद्यार्थी थपिए।
ढुङ्गामाथि मन्दिर निर्माण
सिमकोटमा रहेको ठुलो चट्टानी ढुङ्गामाथि देवताको मन्दिर (माडु) निर्माण गरिएको छ । ढुङ्गाको सदुपयोग हुने र कलात्मक पनि देखिने भएपछि स्थानीयले मन्दिर निर्माण गरेका हुन् । सिमकोट गाउँपालिका–१ का वडाध्यक्ष गोर्खबहादुर लामाले ढुङ्गामाथि ल्वाखुट देवताको मन्दिर निर्माण गरिएको बताउनुभयो । यसअघि उक्त देवताको मन्दिर अन्यत्र रहेको थियो ।
विद्यार्थी बेहोस भएपछि विद्यालय बन्द
कालीकोट जिल्लाको महाबै गाउँपालिका वडा नं. ४ पादमघाटस्थित तिला माविका ३० जना विद्यार्थी बेहोस भएका छन् । विद्यार्थी बेहोस भएपछि चार दिनका लागि विद्यालय बन्द गरिएको छ ।
दुर्घटना रोक्न पुल छेउमा 'पिसिसि'
जिल्लाको खुलालु पुल नजिकै रहेको डर लाग्दो खाल्डो दुर्घटना हुन नदिन अल्पकालीन पिसिसि गरी सडक निर्माण गरिएको छ । कर्णाली कोरिडोरको खुलालु पुलको बायाँ पट्टीको जोखिम सडकलाई पिसिसि गरेर जोखिम न्यूनीकरण गरिएको हो ।
राष्ट्रिय प्रसारणमा जोडिँदै ५३ किलोवाट विद्युत
त्रिपन्न किलोवाट क्षमताको खमारी खोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत्लाई राष्ट्रिय प्रसारण लाइनमा जोड्न प्रक्रिया अघि बढाइएको छ ।
पानी अभाव झेल्दै मान्मवासी
कालीकोट जिल्ला सरदमुकाम मान्मवासीले लामो समयदेखि पिउने पानीको समस्या झेल्दै आए पनि त्यसको दिगो समाधानतर्फ ध्यान जान सकेको छैन। सदरमुकाममा बढ्दो जनसङ्ख्या, पानीको स्थायी स्रोतको अभाव, अव्यवस्थित बसोबासले पानीको समस्यालाई अझ चर्काएको छ। २०६७ सालयता सदरमुकामवासीले पानी अभाव झेल्दै आएको बताइन्छ।
सात वर्षपछि धारामा पानी
एकीकृत नमुना बस्ती विकास गरी स्थापित गरिएको बादी टोलका धारामा सात वर्षपछि खानेपानी सुविधा पु-याइएको छ। २०७३ सालमा सरकारले बादी समुदायका लागि एकीकृत नमुना बस्ती निर्माण गरेको थियो। सरकारले त्यो बेला १५ परिवारका लागि बासस्थान, शौचालय र गाउँको बिचमा धारासमेत निर्माण गरेको थियो। उक्त धारामा सात वर्षपछि पानी आएको छ।
किशोरीलाई आइरन चक्की
हुम्लाका किशोरीलाई आइरन चक्की र फोलिक एसिड खुवाउन थालिएको छ। विद्यालयमा अध्ययनरत १० वर्षदेखि १९ वर्ष उमेर समूहका किशोरीलाई सो चक्की खुवाउन थालिएको हो। भविष्यमा आउन सक्ने गर्भसम्बन्धी समस्या नियन्त्रणका लागि सो उमेर समूहका किशोरीलाई आइरन र फोलिक एसिड चक्की खुवाइएको जनाइएको छ।
सरकार भन्छ निःशुल्क विद्यालय लिन्छ शुल्क
भेरी नगरपालिका–३, थाप्लेस्थित त्रिभुवन माध्यमिक विद्यालयले अभिभावक सहयोग भन्दै विद्यार्थीबाट शुल्क लिँदै आएको छ। नमुना विद्यालयका रूपमा छनोट भएको त्रिभुवन माध्यमिक विद्यालयमा ६ देखि १२ कक्षासम्म पठनपाठन हुने गरेको छ।
वर्षाले बाली भित्र्याउन कठिन
बेलुकाको ३ बजेपछि सधैँजसो हुने छिटफुट वर्षाले किसानलाई निकै समस्यामा पारेको छ । गहुँ बाली पाकेर पहेँलै भएका बेला साझँपख सधैँजसो पर्ने पानीले किसानलाई समस्यामा पारेको हो । हिउँदभरि पानी नपरेर गहुँ बाली उत्पादनमा कमी आएको नै छ । त्यसैमा केही भएका दानालाई भित्र्याउन नदिएर थप दुःख दिन थालेपछि किसान चिन्तित भएका छन् ।
चीनको ताक्लाकोट जान पास लिने बढे
व्यापार व्यवसाय र रोजगारीका लागि दुई देशको सिमाना हिल्सा हुँदै चीनको पुराङ काउन्टीको ताक्लाकोट जान सीमा पास लिनेको सङ्ख्या ह्वात्तै बढेको छ । गत वैशाख १८ गतेबाट बन्द भएको हिल्सा नाका चीनले दुईतर्फी रूपमा खुला गरेपछि त्यहाँ जानका लागि सीमा पास लिने हुम्लावासीको सङ्ख्या बढेको हो ।
भेरी नदीमा डुबेर बालकको मृत्यु
जाजरकोटको भेरी नगरपालिका १ काले गाउँ स्थित भेरी नदिका डुबेर एक बालकको मृत्यु भएको छ । नलगाड नगरपालिका -८ का वर्ष १५ का विवेक वि.क. को नदिका पौडी खेल्ने क्रममा मृत्यु भएको हो ।
सदरमुकाममा पानीको समस्या
जिल्ला सदरमुकाम मुसीकोट खलङ्गा बजारसहित रुकुम कारागारमा एक सातायता खानेपानी समस्या भए पनि समाधानको प्रयास हुन सकेको छैन । निमित्त प्रमुख जिल्ला अधिकारी प्रवेश बडुवालका अनुसार खानेपानीको अभाव भएपछि कैदीबन्दीलाई थप समस्या भएको छ । पिउने पानी, शौचालयको प्रयोग र सरसफाइका लागि पानीको अभाव हुँदा छिमेकबाट मागेर काम चलाउँदै आएको छ । कारागारमा पानीको समस्या नहोस् भनेर पानीको मुहानबाट सिधा लाइन जोडिए पनि गर्मी बढेसँगै पानीका मुहान सुक्न थालेपछि पानीको समस्या भएको हो ।
लेक चढ्न थाले भेडीगोठ
मध्यपहाडी लोकमार्ग हुँदै पूर्वी रुकुम जाने बाटोमा थुप्रै भेडाबाख्राको ठुलो बथान भेटिन्छन् । अघि–अघि भेडाबाख्रा पछिपछि गोठाला हिँडिरहेका देखिन्छन् । गत मङ्सिरमा जाडो र हिमपात छल्न औल झरेका भेडीगोठ यही जेठ पहिलो सातदेखिनै लेकतिर उक्लिन थालेका छन् ।
प्रअ नदिएको रिसमा पठनपाठन बन्द
आफूलाई प्रधानाध्यापक नबनाएको भन्दै विद्यालयका शिक्षकहरूले पठनपाठन बन्द गरेका छन् । यहाँको महाबु गाउँपालिका–३, बासीमा रहेको मालिका माध्यमिक विद्यालयका शिक्षक हरिप्रसाद शर्मालगायतका आठ जना शिक्षकले गत वैशाख ३१ गतेदेखि विद्यालयको पठनपाठन बन्द गरेका छन् ।
सदरमुकाममा खानेपानीको हाहाकार
सदरमुकाम सिमकोटमा खानेपानीको हाहाकार बढ्दै गएको छ । मुहानमा पानीको स्रोत सुक्दै गएपछि घर घरमा जडान गरिएका धारामा पानी आउन छाडेको छ । सिमकोट बजारका आङ्टेन्डी शेर्पा धारामा पानी आउन छोडेपछि खानेपानीको समस्या दैनिक रूपमा बढ्दै गएको बताउनुहुन्छ । उपाभोक्ताहरू जुन धारामा पानी आउने गर्छ त्यस धारामा लाइनमा बसेर पानी भर्न बाध्य छन् ।
छाना उडाएपछि विद्यालय बन्द
आइतबार साँझ आएको हावाहुरीले कालीकोट जिल्लाका धेरै विद्यालयमा क्षति पु¥याएको छ । हावाहुरीले विद्यालयका छाना उडाएपछि पठनपाठन प्रभावित भएको छ । जिल्लाको सान्नीत्रिवेणी गाउँपालिका–१, लुसाको अम्बिका आधारभूत विद्यालयको छाना उडाएपछि विद्यालय बन्द छ । चौरमा राखेर पठनपाठन सुचारु गर्न पनि कठिन भएकाले विद्यालय बन्द गर्नु परेको बताइन्छ ।