• ११ पुस २०८१, बिहिबार

पानी अभाव झेल्दै मान्मवासी

blog

पिउने पानीको अभाव झेलिरहेको कालीकोट सदरमुकाम मान्मबजार । तस्बिर : प्रेमराज सिम्खडा

कालीकोट समाचारदाता

कालीकोट, जेठ ९ गते । कालीकोट जिल्ला सरदमुकाम मान्मवासीले लामो समयदेखि पिउने पानीको समस्या झेल्दै आए पनि त्यसको दिगो समाधानतर्फ ध्यान जान सकेको छैन। सदरमुकाममा बढ्दो जनसङ्ख्या, पानीको स्थायी स्रोतको अभाव, अव्यवस्थित बसोबासले पानीको समस्यालाई अझ चर्काएको छ। २०६७ सालयता सदरमुकामवासीले पानी अभाव झेल्दै आएको बताइन्छ। 

प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीका अनुसार हप्ताको तीन दिन धारामा आउने पानीले सदरमुकावासीलाई अपुग हुने गरेको छ। गाडीबाट पानी ओसारेर सदरमुकावासीलाई पानी आपूर्ति गर्दै आएको बताइन्छ। उहाँका अनुसार कार्यालयमा दैनिक आउने सेवाग्राहीका लागि शौचालयमा प्रयोग गर्नसमेत पानी छैन। गाडीमार्फत खोलाबाट पानी ल्याएर शौचालयमा राखिएको छ।

खाँडाचक्र  नगरपालिका–१, मान्मबजारका नरेन्द्र न्यौपानेले नियमित मर्मत नहुँदा सधैँ समस्या भइरहेको बताउनुभयो। खानेपानीको समस्या नयाँ नभए पनि समाधानका लागि नगरपालिका एवं अन्य निकायबाट खासै पहल नभएको गुनासो उहाँको छ।