कुशे गाउँपालिका-९ मा विवाह गर्न वडाको सिफारिस अनिवार्य
जाजरकोटको कुशे गाउँपालिका–९ ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लागू गरेको छ । बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व वडाको सिफारिस अनिवार्य गरेको हो ।
फोक्सुण्डो तालमा अस्थायी प्रहरी पोष्ट स्थापना
शे-फोक्सुण्डो गाउँपालिका –८ रिग्मो गाउँमा रहेको पर्यटकीय स्थल फोक्सुण्डो तालमा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ ।
पूर्वाधार निर्माणको नगर बनाउने लक्ष्य छ
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका कर्णाली प्रदेशको राजधानी रहेको नगरपालिका हो। अघिल्लो कार्यकालमा उपप्रमुखको जिम्मेवारी सम्हाल्नुभएकी मोहनमाया ढकालको काँधमा अहिले नगर प्रमुखको जिम्मेवारी छ । शुद्ध पिउने पानी उपलब्ध गराउने, करको दायरा बढाउने र सामुदायिक विद्यालयको गुणस्तर वृद्धि गर्ने योजनालाई प्राथमिकतामा राखेर आफू अघि बढेको उहाँ बताउनुहुन्छ। दोस्रो कार्यकालको एकवर्षे सुरुवात निकै सुखद भएको उहाँको दाबी छ तर नगरवासी विगतमा उपप्रमुख भएको कार्यकाल र प्रमुखको एकवर्षे कार्यकालमा केही असन्तुष्टिका आवाज उठाइरहेका छन्। निर्वाचित भएको एकवर्षे कार्यकालमा नेकपा (एमाले) बाट निर्वाचित नगर प्रमुख ढकालले भोग्नुभएको चुनौती र लक्ष्यबारे रजनी योगीले गर्नुभएको कुराकानी–
बैङ्कहरू सहर केन्द्रित हुँदा ग्रामीण अर्थतन्त्रमा चुनौती : मुख्यमन्त्री शर्मा
कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले बैङ्क तथा वित्तीय संस्थाहरू सहर केन्द्रित भएको बताउनुभएको छ ।
सरसफाइको कमीले रोगको सिकार
हुम्लाका अधिकांश ग्रामीण क्षेत्रका महिला सरसफाइको कमीले गर्दा रोगको सिकार भएको पाइएको छ । उहाँहरूले शरीरको सरसफाइ नगर्दा अनेक रोगका सिकार हुनेगरेको अध्ययनले देखाएको छ ।
कुशे गाउँपालिकाका-५ बालमैत्री वडा घोषणा
जाजरकोटको कुशे गाउँपालिकाको वडा नम्बर ५ लाई बालमैत्री वडा घोषणा गरिएको छ । बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिकाले
एक महिलाको हेलिकोप्टरमार्फत उद्धार
हुम्लाको मध्यभेगमा पर्ने सर्केगाड गाउँपालिका–७ रोडीकोटका ३२ वर्षे धनकौरा शाहीको हेलिकोप्टरबाट उद्धार गरिएको छ ।
उच्च पाटन तिर लागे चौँरी गाई
हिमालपारिको गाउँ लिमीबाट चौँरी गाई उच्च पाटनतर्फ लगिएका छन् । पाटनमा जमेको हिउँ पग्लिनु र त्यहाँ घाँस उम्रिन थालेपछि पालनकै लागि चौँरी गाई पाटनमा लगिएका हुन ।
सुनथरालीमा परीक्षण उडानमै अलमल
निर्माण सम्पन्न भएको दुई महिना बितिसक्दा पनि कालीकोटको सुनथराली विमानस्थलमा परीक्षण उडान हुन सकेको छैन। वैशाखमै परीक्षण उडान गर्ने तयारीसाथ विमानस्थलको निर्माण सम्पन्न गरिएको थियो। नरहरिनाथ गाउँपालिकाका अध्यक्ष नगेन्द्रबहादुर विष्टका अनुसार विमानस्थल सञ्चालनका लागि आवश्यक निर्माणका सम्पूर्ण कार्य सकिएको छ। यद्यपि विविध कारण देखाउँदै परीक्षण उडान पर धकेलिएको छ। उहाँका अनुसार नेपाल वायु सेवा निगमले अहिले जहाज नभएको भन्दै परीक्षण उडान
पेसाबाट विमुख बन्दै बादी समुदाय
मादल बनाउने, माछा मार्ने र सुल्पा बनाउने परम्परागत पेसाबाट बादी समुदाय विमुख बन्दै गएका छन्। बजार अभावका कारण पेसा छाड्न परेको रुकुमपश्चिमका वादी समुदायको भनाइ छ। चौरजहारी नगरपालिका–१ का ७९ वर्षीय केशरे बादीले माछा मारेर, मादल बनाएर, सुल्पा बेचेरै आठ सन्तानलाई हुर्काए। दिनभर खोलामा जाल खेलेर माछा मार्ने र अन्नसँग साटेर दैनिकी गुजार्दै आए तथापि अब समय बदलियो। न मादल बिक्री हुन्छ न माछा। उहाँले भन्नुभयो, “मादल र सुल्पा बिक्री हुनै छाड्यो। माछाको पनि खासै बजार छैन। अब त छोरानातिले पनि यो व्यवसाय गर्न मन पराउँदैनन्।”
कृषि र पशु विकासमा निजी क्षेत्रको लगानी आवश्यक
कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री भीमप्रकाश शर्माले कर्णाली कृषि र पशु विकासमा निजी क्षेत्रको लगानी आवश्यक रहेको बताउनुभएको छ ।
खार्पुमा पक्की पुल निर्माण कार्य सुरु
कर्णाली कोरिडोर अन्तर्गत खार्पुनाथ गाउँपालिकाको खार्पुस्थित दोजाम कर्णाली नदी किनारमा पक्की पुल निर्माण गर्ने क्रममा निस्केको तातोपानीको व्यवस्था गरी पुल निर्माण कार्य सुरु भएको छ ।
एकीकृत स्वास्थ्य शिविरमा दुई हजार बढी बिरामीको उपचार
जिल्लामा आयोजना गरिएको बृहत् एकीकृत स्वास्थ्य शिविरमा दुई हजारभन्दा बढी बिरामीको उपचार भएको छ । जिल्ला अस्पतालमा सञ्चालन भएको विशेषज्ञ सेवासहितको शिविर सञ्चालन भएको हुँदा एक दिन पैदल हिँडेर बिरामीहरू उपचारका लागि आएका हुन् ।
बोलेरो दुर्घटनामा चालकसहित तीनको मृत्यु
जिल्लाको शुभकालीका गाउँपालिका–६ मा आइतबार राति सवार बोलेरो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
डेस्क–बेन्चको अभावमा विद्यार्थी धुलोमा बस्न बाध्य
दक्षिणी क्षेत्रको एक विद्यालयमा विद्यार्थी कक्षा कोठाको धुलाम्मे भुईँमा बसेर अध्ययन गर्न बाध्य भएका छन् । विद्यालयले कक्षा कोठामा डेक्स–बेन्चको व्यवस्था गर्न नसकेपछि विद्यार्थीलाई भुईँमा बसेर अध्ययन गर्नुपरेको हो ।
माछा मार्नेक्रममा करेन्ट लागेर एकको मृत्यु
खोलामा माछा मार्नेक्रममा पानीमा करेन्ट छाड्दा युवकलाई नै करेन्ट लागेर मृत्यु भएको छ । मुगुको छायाँनाथ रारा नगरपालिका वडा १ र ४ मा पर्ने भट्टेचौर खोलामा माछा मार्नलाई प्रयोग गरिएको करेन्ट लगाउने क्रममा करेन्ट लागेर उहाँको मृत्यु भएको हो ।
हिल्साबाट मानसरोवर कैलाशको दर्शन सुरु
कोरोनापछि हिल्सा नाकाबाट मानसरोवर कैलाशको धार्मिक पर्यटकद्वारा दर्शन सुरु भएको छ । कोरोना महामारी भएपछि हिल्सा नाका दुईतर्फी रूपमा सञ्चालनमा आएसँगै मानसरोवर कैलाशको दर्शन गर्ने धार्मिक पर्यटकहरू नेपालजञ्ग हुँदै सिमकोट आउन सुरु भएको हो ।
बालगृहमा बालबालिका छाड्दै अभिभावक
वैकल्पिक स्याहारको अन्तिम विकल्पका रूपमा बालगृहलाई लिने गरिन्छ। तर, राम्रो शिक्षा पाउने आसमा अभिभावक भएका बालबालिकासमेत बालगृहमा जाने क्रम कर्णालीमा बढ्दो देखिन्छ। सुर्खेतको वीरेन्द्रनगरमा आयोजित छलफलमा सहभागी सरोकारवालाले बालबालिकालाई बालगृह जानबाट रोक्नुपर्नेमा जोड दिएका छन्। स्थानीय सरकारले नै अभिभावक भएका बालबालिकालाई सिफारिस गर्ने, सम्बन्धित संस्थासँग समन्वय गरेर बालगृहमा पठाउने गरेको उनीहरूको भनाइ छ।
पौडी खेल्ने क्रममा पोखरीमा डुबेर दुई बालकको निधन
जाजरकोट जिल्लाको भेरी नगरपालिका वडा नं. १३ बस्ने दुई बालकको खानेपानी तथा सिँचाइका लागि बनाइएको पोखरीमा पौडी खेल्ने क्रममा शुक्रबार डुबेर निधन भएको छ ।
अकुपन्चर विधिको उपचारप्रति बिरामीको आकर्षण बढ्दो
हाडजोर्नी दुख्ने हड्डी सम्बन्धी बिरामीका लागि पहिलो पटक सञ्चालन भएको अकुपन्चर विधिबाट उपचार गराउन बिरामीको आकर्षण बढेको छ । बिहीबारबाट सुरु भएको एकीकृत स्वास्थ्य शिविरमा बिरामीको अकुपन्चर सेवा सुरु भएको हो ।
कर्णाली प्रदेशलाई सुरक्षित नमुना प्रदेश बनाइने
नेपाल प्रहरीका कर्णाली प्रदेश प्रमुख प्रहरी नायव महानिरीक्षक भीमप्रसाद ढकालले अन्य प्रदेशको तुलनामा कर्णाली प्रदेशलाई नमुना सुरक्षित प्रदेश बनाउने उद्देश्यले सुरक्षित कर्णाली विशेष अभियानलाई अगाडी बढाइएको बताउनुभएको छ ।
नागरिकलाई कर्तव्य सिकाउँदै प्रशासन
जिल्ला प्रशासन कार्यालय रुकुमपश्चिमले नागरिकताको महत्व, नागरिकको कर्तव्य र दायित्वबारे नागरिकलाई सुसूचित गराउन थालेको छ। प्रशासन कार्यालयले ‘नागरिक सचेतना अभियान’ सञ्चालन गरेर नयाँ नागरिकता र प्रतिलिपि प्राप्त गर्ने सेवाग्राहीलाई उक्त जानकारी दिन थालेको हो। प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले सचेत नागरिक बन्न प्रेरित गर्नका लागि नागरिकता वितरणसँगै नागरिकताको महत्व, सचेत नागरिकको कर्तव्य र दायित्वबारे जानकारी दिन थालिएको बताउनुभयो। नागरिकता बनाउन आएका सेवाग्राहीलाई लक्ष्य गरी यस्तो कार्यक्रम सञ्चालन गरिएको हो।
सबैको रोजाइमा रारा ताल
नेपालको सबैभन्दा ठूलो रारा ताल घुम्न देशभरका विद्यार्थी आउने क्रम बढ्दै गएको छ। रारा तालसम्म सडक जोडिएसँगै विभिन्न विद्यालयबाट शैक्षिक भ्रमणमा आउने विद्यार्थीको सङ्ख्या बढ्दै गएको हो। सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्ला र मुगुको खत्याड गाउँपालिका सडक सञ्जालमा जोडिएसँगै सुदूरपश्चिमका जिल्लाबाट घुम्न आउनेको सङ्ख्या पनि बढिरहेको छ। बाजुराको ज्ञानोदय माध्यमिक विद्यालयबाट शैक्षिक भ्रमणमा आएका शिक्षक मदन पौडेलले खत्याड गाउँपालिकाको मसानेसम्म सडक सञ्जाल जोडिएपछि एकै दिनमा रारा आउन सफल भएको बताउनुभयो।
कर्णाली प्रदेशको नीति तथा कार्यक्रम पारित
कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रम प्रदेश सभाबाट बहुमतले पारित भएको छ ।