बाहिरका पशु लिमी लैजान नपाइने
नाम्खा गाउँपालिका-६ को हिमालपारीको गाउँ लिमीमा बाहिरबाट पशुवस्तु लैजान रोक लगाइएको छ ।
‘लम्पी स्किन’ रोग नियन्त्रण गर्न कठिन
पशुचौपायामा लाग्ने ‘लम्पी स्किन’ रोग कालीकोटका गाउँहरूमा फैलिन सुरु भएको छ । जिल्लाको रास्कोट नगरपालिका, खाँडाचक्र नगरपालिका र सान्नित्रिवेणी गाउँपालिकाका पुशमा लम्पी स्किन रोग फैलिएको छ । हावाको माध्यम र विरामी पुशहरुको लसपसबाट माहामारीका रुपमै फैलिएको यो रोगबाट जिल्लामा छोटो समयमै १० देखि १५ वटा गाई गोरु मरिसकेका छन् ।
प्राकृतिक विपतले लिन्छ धेरैको ज्यान
गत बुधबार दैलेखको आठबिस नगरपालिका–६ स्थित माल्या जङ्गलमा आगलागीमा परी एक जनाको मृत्यु भयो। सोही ठाउँका ५५ वर्षीय भैरव विकको उपचारका व्रmममा बाँकेको नेपालगञ्जमा मृत्यु भएको हो। उक्त आगलागीको घटनामा अन्य १० जना घाइते भए। वैशाख २२ गते मुगुको च्यार्खु लेकमा हिमपहिरोमा परेर एक जनाको मृत्यु भयो भने दुई जना बेपत्ता छन्। बेपत्ता भएकाको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ। बाक्लो हिउँ परेका कारण बेपत्ताको खोजीमा भने कठिनाइ भइरहेको छ।
वीरेन्द्रनगरको नगर बस योजना ओझेलमा
वीरेन्द्रनगर नगरपालिकाभित्र यात्रुलाई सस्तो, सुलभ र भरपर्दो नगर यातायात सेवा दिने गरी मन्त्रालयबाट रकम माग गरेको योजना ओझेलमा परेको छ । नगर बस सञ्चालनका लागि नगरपालिकाले पनि बजेट व्यवस्थापन गर्ने योजनामा थियो ।
कर्णाली कोरिडोर एक हप्तालाई बन्द
कर्णाली कोरिडोरको खुलालु सल्ली सल्ला सडक खण्ड एक हप्ताका लागि बन्द भएको छ । कालिकोट जिल्लाको खुलालु स्थित कर्णाली नदी पारीको पक्की पुलको बायाँ तर्फको सडक सुधारका लागि एक हप्ताका लागि कोरिडोर बन्द गरिएको हो ।
स्वास्थ्यकर्मी छ महिनादेखि तलबविहीन
वीरेन्द्रनगर नगरपालिकाभित्रका स्वास्थ्यकर्मीले छ महिनादेखि तलबभत्ता पाएका छैनन्। समयमै तलब नपाएपछि उनीहरूले गुनासो गर्न थालेका छन्। समयमा रकम निकासा नहुँदा नगरपालिकामा कार्यरत ९० जना स्वास्थ्यकर्मीले ६ महिनादेखि तलब भत्ता पाउन नसकेका हुन्। उनीहरूले गत मङ्सिरदेखि तलब भत्ता नपाएको गुनासो गरेका छन्।
खुलालु र सलीसल्ला सडक एक हप्ता बन्द हुने
कर्णाली करिडोरको खुलालु–सलीसल्ला सडक योजनाअन्तर्गत कर्णाली नदीको खुलालु सडक सात दिनका लागि बन्द हुनेभएको छ । खुलालु पुल नजिकै सडकको स्तरोन्नति कार्य हुने भएकाले सात दिनका लागि सडक बन्द हुने भएको हो ।
बजेट नभएपछि प्रहरी भवन अलपत्र
निर्माणाधीन दुई वटा प्रहरी चौकीका भवन अलपत्र अवस्थामा छन् । कर्णाली प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट भवन निर्माणका लागि थप बजेटको व्यवस्था हुन नसक्दा भवन अधुरै छ ।
मुगु हिमपहिरो अपडेट : घटनास्थलसम्म उद्घार टोली पुग्न सकेन
हिमपहिरामा परी बेपत्ता भएको घटना हप्ता दिन भइसक्दा पनि सुरक्षाकर्मीसहितको टोली घटनास्थलसम्म पुग्न सकिरहेको छैन । हिमाल तथा पाटनमा १० फिटभन्दा बाक्लो हिउँ जमेको र लगातार मौसममा खराबी आइरहेकाले घटनास्थलसम्म पुग्ने बाटो पहिल्याउन कठिनाइ हुँदा उद्घारमा गएको टोली जति प्रयास गरे पनि घटनास्थलसम्म पुग्न नसकेको बताइएको छ ।
आगो निभाउने क्रममा सामुदायिक वनका अध्यक्षको मृत्यु
भेरी नगरपालिका –७ मा आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु भएको छ । बिहीबार बेलुका सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा पातिहाल्न सामुदायिक वनका अध्यक्ष दलजित कार्कीको मृत्यु भएको हो ।
ट्र्याक्टर दुर्घटनामा एक मजदुरको मृत्यु
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्याम सारुमगरका अनुसार रा१त ३८८१ नम्बरको ट्र्याक्टर गए राति लुङ्ग्री गाउँपालिकाको मछेटीमा दुर्घटना भएको हो । दुर्घटनामा अन्य सात जना घाइते भएका छन् ।
घर–जग्गासमेत जफत गर्न माग
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मध्यपश्चिम क्षेत्रीय वन निर्देशनालय सुर्खेतका सहायक जिल्ला वन अधिकृत विष्णुकान्त मिश्रले पदमा बहाल रहँदा गैरकानुनी रूपबाट सम्पत्ति आर्जन गरेको अभियोगमा आरोपपत्र दायर गरेको छ ।
आगलागीका घाइतेमध्ये एकको ज्यान गयो, सातको उपचार हुँदै
दैलेखको आठबिस नगरपालिका –६ माल्याको सामुदायिक वनमा लागेको आगलागीमा परेर घाइतेमध्ये एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा सो नगरपालिकाका ३८ वर्षीय भैरे विक रहनुभएको भेरी अस्पताल नेपालगञ्जले जानकारी दिएको छ ।
सार्वजनिक जग्गाका टहरा हटाइँदै
रुकुमपश्चिमको बाँफीकोट गाउँपालिका–२ ले सार्वजनिक स्थानमा राखिएका व्यावसायिक संरचना हटाउने भएको छ । सार्वजनिक जग्गामा व्यवसाय गरी सडक साँघुरो बनाएपछि ती संरचना हटाउन लागिएको हो ।
गुनासो पेटिकामा माकुरी जालो
सरकारी कार्यालयमा गुनासो पेटिका राखिए पनि प्रयोग हुने गरेका छैनन् । बढ्दो सूचना र प्रविधिको प्रयोगले ती गुनासो पेटिका प्रयोगमा नआएका हुन् ।
आगलागीमा परेका पाँच जनाको अवस्था गम्भीर
दैलेखको सामुदायिक वनमा आगलागी हुँदा घाइते भएकाहरुको उद्धार गरिएको छ । आठविस नगरपालिका –६ मा रहेको सल्लेरी सामुदायिक वनअन्तर्गत माल्यामा भएको आगलागीमा परी दश जना घाइते हुनुभएको थियो ।
लम्पी स्किन रोगका कारण २२७ चौपाया मरे
खेतीपाती गर्ने बेला लम्पी स्किन रोगको प्रकोप फैलिएपछि यहाँका किसानहरू चिन्तित हुन थालेका छन् ।
मुगु हिमपहिरो अपडेट : १० फिट हिउँ जमेकाले बेपत्ता खोज्न समस्या
अत्यधिक हिमपातका कारण मुगुम कार्मारोङ गाउँपालिका–१ र २ मा पर्ने च्याँखुलेकमा हिमपहिरोमा परी बेपत्ता भएका तीन जनाको खोजी गर्न समस्या भएको छ । सो क्षेत्रमा १० फिटभन्दा बढी हिउँ जमेकाले उनीहरूको खोजी हुन सकेको छैन ।
रारा पर्यटन पदमार्ग अलपत्र
कर्णाली प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य रारा तालमा निर्माणाधीन रारा पर्यटन पदमार्गको निर्माण अलपत्र परेको छ ।
बग्न थाल्यो मध्यपहाडीको अलकत्रा
मध्यपहाडी राजमार्ग अन्तर्गत रुकुमपश्चिमको मुसीकोट खण्डमा कालोपत्रे सडकमा अलकत्रा बग्न थालेको छ । गर्मी बढेसँगै मुसीकोट नगरपालिका–३, खरखरे क्षेत्रको सडकमा अलकत्रा बग्न थालेपछि दुर्घटनाको जोखिम बढेको छ ।
बाजुरामा आँखा शिविर : ज्येष्ठ नागरिक खुसी
बाजुरामा सञ्चालन गरिएको आँखा शिविरले ज्येष्ठ नागरिकमा खुसी ल्याएको छ। दुर्गम गाउँ बस्तीमा रहेका विपन्न परिवारलाई लक्षित गरेर स्थानीय तह र एकएक पाइला अभियानको सहयोगमा बुढीगङ्गाको टाँटे स्वास्थ्य र बुढीनन्दाको कोल्टी स्वास्थ्य केन्द्रमा पाँच दिने आँखा शिविर सञ्चालन गरिएको हो।
मेहनती नगरप्रमुख कुमारभाम
छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुख विष्णु कुमारभाम सामुदायिक वनबाट दाउरा संकलन गरेर ल्याउनुहुँदै ।
धान र मकैको बिउ वितरण
भेरी नगरपालिकाले धान र मकैको बिउ वितरण गरेको छ । कृषि पेसाबाट आत्मनिर्भर किसानलाई अनुदानमा धान र मकैको बिउ वितरण गर्न थालेको हो ।
गुच्ची च्याउ सङ्कलनको चटारो
मुगु जिल्लामा गुच्ची च्याउ सङ्कलनको मौसम सुरु भएको छ । यो मौसममा जङ्गलमा गई गुच्ची च्याउ सङ्कलन गर्न स्थानीयलाई चटारो हुन्छ ।