प्रदेश सभामा विषयगत समितिको वार्षिक प्रतिवेदन पेस
कर्णाली प्रदेश सभामा रहेका विषयगत समितिले वार्षिक प्रतिवेदन पेस गरेका छन् । सोमबार बसेको प्रदेश सभा बैठकमा सभामा रहेका विषयगत समितिहरूले वार्षिक प्रतिवेदन पेस गरेका हुन् ।
अस्पताल निर्माण अन्योल
दैलेखको आठबिस नगरपालिकाको केन्द्र राकम कर्णालीमा ट्रमा सेन्टरसहितको शिक्षण अस्पताल बनाउने योजना अन्योलमा परेको छ। सङ्घीय सरकारको नीति तथा कार्यक्रममा समेत समेटिएको योजना कार्यान्वयनका लागि बजेट अपुग भएको हो। चालु आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा समेटेको सङ्घीय सरकारले बजेटमा छुटाउँदा कार्यान्वयनमा अलमल देखिएको हो। सरकारले स्पष्ट बजेट नतोकिदिँदा अहिले अस्पताल निर्माणको काम अघि बढेको छैन। चार वर्षअघि नगरपालिका र जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबिच भएको सम्झौता अनुसार एक सय शय्याको ट्रमा सेन्टरसहितको शिक्षण अस्पताल स्थापनाको प्रक्रिया अघि बढाइएको थियो तर बजेट व्यवस्थापनमा चुनौती भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. मङ्गल रावलले बताउनुभयो । उहाँले भन्नुभयो, “सङ्घीय सरकारले बजेट तोकेको छैन। अस्पताल निर्माणका काम अघि बढाउन बजेट व्यवस्थापनमा चुनौती बनेको छ।”
मानसरोवर क्याम्पसमा नौ वर्षपछि पठनपाठन सुरु
जिल्लाकै पहिलो सामुदायिक क्याम्पस मानसरोवर बहुमुखी क्याम्पसमा नौ वर्षपछि पठनपाठन सुरु भएको छ । क्याम्पस व्यवस्थापनले आंशिक प्राध्यापकहरूको व्यवस्था गरेपछि क्याम्पसमा पठनपाठन कार्य सुरु भएको हो ।
भीरबाट खसेको ढुङ्गा लागेर एकको मृत्यु
राजन रावतहुम्ला साउन ७ गते । सिमकोट गाउँपालिका-७ को चौगानफयाबाट च्याछरा पुग्ने सडककाे माथिबाट खसेकाे ढुङ्गा लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चौगानफया गाउँका करिब ३६ वर्षीय बाग्मल शाही रहेकाे प्रहरी नायब उपरिक्षक भीमलाल भट्टराईले जानकारी दिनुभयाे । मृतक शाही आफ्नै दाइ राजेन्द्र शाहीसँग चीनको ताक्लाकोटतर्फ जाने क्रममा ढुङ्गा लागेकाे उहाँले बताउनुभयाे । यस्तै, जिल्लाबाट घटनास्थलतर्फ प्रहरी निरीक्षकको नेतृत्वमा एक प्रहरीको टोली पठाइएको प्रहरीले जनाएको छ । हिल्सा नाका सञ्चालनमा आएसँगै हुम्लावासी कामको लागि दैनिक चीनको ताक्लाकोट जाने गर्छन् ।
दुई सातादेखि मुगुमा विद्युत् सेवा अवरुद्ध
विद्युत् सेवा अवरुद्ध भएपछि जिल्लाको एकमात्र नगरपालिका छायाँनाथ रारा नगरपालिकाको पाँच हजार घरधुरीका २६ हजार परिवार साथै यहाँ रहेका सरकारी तथा गैरसरकारी सङ्घसंस्था प्रभावित भएका हुन् । गत असार २७ गतेदेखि गमगाढ साना जलविद्युत् आयोजनको मुहानमा समस्या आउँदा विद्युत् सेवा ठप्प भएको हो ।
जुम्लामा नुनको अभाव छैन, सत्र सय क्विन्टल नुन मौज्दात छ : साल्ट ट्रेडिङ कर्पोरेशन
जुम्ला सदरमुकामस्थित खलङ्गा बजारमा रहेको साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडमा पर्याप्त मात्रमा नुन रहेको छ । यहाँस्थित डिपोमा अहिले एक हजार सात सय २१ क्विन्टल नुन मौज्दात रहेको कार्यालय प्रमुख खगेन्द्र मल्लले जानकारी दिनुभयो ।
प्रयोगमा छैनन् ग्रामीण सडक
२०७४ यता कालीकोटका स्थानीय सरकारले आफ्नो पहिलो रोजाइमा राखेका सडक अहिले दश प्रतिशत मात्र प्रयोगमा छन् । स्थानीय सरकारले सडक विस्तारको कामलाई विकासको सूचीमा राखेका थिए ।
दुर्गम भेगमा फोन नलाग्दा सञ्चारमा समस्या
कर्णाली प्रदेशका दुर्गम गाउँमा अझ पनि फोन सेवा बिस्तार हुन सकेको छैन । खोला खोल्सामा बसोबास गर्ने नागरिकले आफन्तको खबर बुझ्न अग्ला डाँडा चढ्नुपर्छ । कोहीले घरबाहिर मोबाइल राखेर सन्देशको प्रतीक्षा गर्छन् ।
जुम्लाको गुठीचौरमा अज्ञात समूहद्वारा सात घरमा आगजनी
जुम्लाको गुठीचौर गाउँपालिकामा अज्ञात समूहद्वारा सात घरमा आगजनी गरेका छन् । गुठीचौर–४ स्थित विभिन्न गाउँका सात घरमा आगजनी भएको वडाध्यक्ष टीकादत्त न्यौपानेले जानकारी दिनुभयो ।
चैते धानको परीक्षण सफल
कुमाख गाउँपालिका–२, मर्म खोलामा चैते–५ धानको सफल परीक्षण भएको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ सल्यानका हेमन्त रावतका अनुसार धानका बाला राम्रो लागेकाले यो जातको धानको परीक्षण सफल भएको हो। परीक्षणका लागि तीन रोपनी क्षेत्रफलमा लगाएको धानको उत्पादन बर्खे धानको भन्दा राम्रो उत्पादन भएको छ। कुमाखमा प्रतिहेक्टर पाँच मेट्रिक टन धान उत्पादन भएको छ। यहाँको हावापानी, नदी किनार, पर्याप्त सिँचाइ सुविधा, मौसम अनुकूल हुँदा अपेक्षाभन्दा राम्रो उत्पादन भएको छ।
नाम्खा गाउँपालिकामा पहिलो पटक फोर जी सेवा सञ्चालन
उत्तरी नाम्खा गाउँपालिकामा पहिलो पटक नेपाल टेलिकमको फोर जी सेवा सञ्चालन आएको छ । टेलिकमबाट आएको प्राविधिक टोलीले गाउँपालिका केन्द्र याल्वाङ नजिकको इलिङ लेकमा सेवाका लागि टावरको जडान कार्य पुरा गरेर फोर जी सेवा सुचारु गरेको हो ।
जाजरकोट–जुम्ला सुरुङ मार्ग निर्माणका लागि अध्ययन सुरु
जाजरकोट– जाजरकोटको कुशे गाउँपालिका–८ साङटादेखि जुम्लाको तातोपानी गाउँपालिका–८ इमिल्चाघारी जोड्ने सुरुङ मार्ग निर्माणका लागि अध्ययन सुरु भएको छ । उक्त सुरुङ मार्गको पहिलो चरणको अध्ययनको जिम्मेवारी आइटेको टीएमएस रे जेभीले पाएको लिएको छ ।
जरिबाना असुल्नै सकस
सुर्खेत जिल्ला अदालतबाट फैसला भएका मुद्दाको जरिबानामध्ये पाँच करोड २० लाख ९६ हजार रुपियाँ असुली हुन सकेको छैन। अघिल्ला वर्षबाट जिम्मेवारी सरिआएका जरिबानासहित गरी एक करोड ४४ लाख ३२ हजार ७१६ रुपियाँ मात्र असुल भएको छ। आर्थिक वर्ष २०७९/८० मा लगत भएका गरी छ करोड ६५ लाख २९ हजार ३८८ रुपियाँ जरिबाना असुल हुनुपर्ने थियो।
अस्थायी साधनको बढ्यो प्रयोग
परिवार नियोजनका साधनको नाम उच्चारण गर्न लाज मान्ने कर्णालीका महिलामा यस्ता साधनको प्रयोग बढेको छ। पछिल्ला वर्षमा परिवार नियोजनका साधनको प्रयोग गर्ने महिलाको सङ्ख्या बढेको छ। ताँजाकोट गाउँपालिका स्वास्थ्य शाखा प्रमुख धनराज ढकालका अनुसार गाउँपालिकामा परिवार नियोजनका अस्थायी साधन प्रयोग गर्ने महिलाको सङ्ख्यामा वृद्धि भएको छ। स्वास्थ्य संस्थामा पुगेर परिवार नियोजनका साधन लिने महिलाको सङ्ख्या बढ्दो छ। परिवार नियोजनको अस्थायी साधन डिपो प्रयोग गर्ने महिलाको सङ्ख्या तीन वर्षयता बढेको छ। तीन वर्षअघि ५७ जनाले अस्थायी साधन प्रयोग गरेका थिए। अघिल्लो वर्ष ६६ र बितेको वर्ष ९७ जनाले अस्थायी साधन प्रयोग गरेको तथ्याङ्क छ।
सुरक्षा भत्ता समयमा भुक्तानी गर्न माग
सरकारबाट उपलब्ध गराइने सामाजिक सुरक्षा भत्ता समयमा नपाएको ज्येष्ठ नागरिकले गुनासो गरेका छन् । समयमा भत्ता नपाउँदा योजनाअनुसारको काम गर्न गाह्रो भएको उहाँहरूको भनाइ छ ।
जग्गाको मूल्य ४० प्रतिशतसम्म वृद्धि
हिमाली जिल्ला हुम्लामा जग्गाको मूल्य प्रतिवर्गमिटर दशदेखि ४० प्रतिशतसम्म वृद्धि भएको छ । स्थानीय र जग्गाधनीबाट जग्गाको मुल्यबृद्धि माग र जग्गा बेचबिखनका लागि चलनचल्तीको दर फरक परेपछि जिल्ला दररेट समितिले जग्गाको मुल्य बृद्धि गरेर साउन १ गतेबाट कार्यान्वयनमा ल्याएको हो ।
आयोडिन नुन सदरमुकाममा छ, गउँमा छैन
कर्णालीमा अनुदानको आयोडिनयुक्त नुन ढुवानी गर्दै आएको साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड प्रदेश कार्यालय नेपालगञ्जले नयाँ ठेक्कामार्फत पहल थालेको छ । अहिले सदरमुकामस्थित डिपोमा मात्र आयोडिन नुन रहेको अवस्था छ ।
हुम्लाको बजेट ८८ प्रतिशत खर्च
हुम्ला आएको आर्थिक वर्ष ०७९÷०८० मा ८० प्रतिशत बजेट खर्च भएको छ । जिल्लाका सात वटै गाउँपालिकाले असार मसान्तसम्म गरेको खर्चको विवरण सो प्रतिशत हो ।
पशुसेवा कार्यालय डोल्पा द्वारा कृषकलाई भैँसी वितरण
पछिल्लो समय सदरमुकाम दुनैमा दुधको अभाव हुन थालेपछि पशुसेवा कार्यालय डोल्पाले व्यावसायिक कृषकलाई समूहमार्फत् लाहुरे (ब्याएको)भैँसी खरिद गरेर वितरण गरेको छ ।
विद्यालय पुग्न विद्यार्थीलाई साँघु तर्नुपर्ने बाध्यता
भेरी नगरपालिका –२ तिमिलेमा पुल नहुँदा बालबालिकालाई विद्यालय जान साँघु तर्नुपर्ने बाध्यताले कठिन भइरहेको छ ।
जुम्लामा कर शिक्षा दिन सुरु
आन्तरिक राजस्व कार्यालय जुम्ला र उद्योग उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाले संयुक्त रुपमा स्थानीय तहका बजारमा अनुगमनसँगै कर शिक्षा दिन सुरु गरेको हो ।
नेपालगञ्जबाट जुम्लामा ३२० क्विन्टल नुन ढुवानी
साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड प्रदेश कार्यालय नेपालगञ्जमा गत आर्थिक वर्षको ०७९/८० असार मसान्तसम्म दुई हजार सात सय ८६ क्विन्टल नुन मौज्दात रहेको छ ।
नेपाली भूमि लाप्चाबाट मानसरोवर कैलाशको दर्शन सुरु
नेपाली भूमि लाप्चाबाट मानसरोवर कैलाशको दूरदर्शन गर्ने कार्य सुरु भएको छ । न्यालु लेकको सडकमा जमेको हिउँ र पहिरो मेसिनबाट पन्छाउने कार्य पूरा भएपछि लाप्चाबाट दर्शन कार्य सुरु भएको हो ।
अझै गठन भएन मानव अधिकार समिति
मानव अधिकारसम्बन्धी पाँचौँ राष्ट्रिय कार्ययोजना कार्यान्वयनका लागि स्थानीय तहमा गठन हुनुपर्ने मानव अधिकार समन्वय समिति गठनमा लापरबाही भएको छ। सुर्खेतका नौ वटा स्थानीय तहमध्ये केहीमा गठन भएको छ। केहीमा अझै गठन हुन सकेको छैन। मानव अधिकार जिल्ला समन्वय समितिको बैठकमा स्थानीय तहमा गठन हुनुपर्ने मानव अधिकार समिति गठनमा लापरबाही भएको विषयमा छलफल भएको थियो। स्थानीय तहमा पालिका प्रमुख वा अध्यक्षको संयोजकत्वमा समिति गठन हुनुपर्ने प्रावधान छ। वीरेन्द्रनगर नगरपालिका, पञ्चपुरी नगरपालिका, सिम्ता गाउँपालिकालगायतमा समिति गठन भएको छ। चिङ्गाड गाउँपालिकामा गठन भएको छैन। समिति गठन गरी वर्षमा दुई पटक बैठक बसेर पालिकाको मानव अधिकारको अवस्था बुझी तथ्याङ्क राखेर प्रदेश तथा जिल्ला समितिलाई प्रतिवेदन पठाउनुपर्ने प्रावधान छ तर सुर्खेतमा गठन भएका पालिकाबाट प्रतिवेदनसमेत आउन नसकेको बताइएको छ। जिल्लास्तरीय मानव अधिकार समन्वय समितिका सदस्यसचिव एवं जिल्ला समन्वय अधिकारी मेघनाथ सापकोटाका अनुसार माघ महिनामा सबै पालिकामा स्थानीय मानव अधिकार समवन्य समिति गठन गरी बैठक बसेर प्रतिवेदन पठाउन निर्देशन गरिएको थियो। तथापि असारसम्म प्रतिवेदन आउन सकेको छैन।