• १३ साउन २०८१, आइतबार

ढुङ्गामाथि मन्दिर निर्माण

blog

हुम्ला समाचारदाता

सिमकोट, जेठ १० गते । सिमकोटमा रहेको ठुलो चट्टानी ढुङ्गामाथि देवताको मन्दिर (माडु) निर्माण गरिएको छ । ढुङ्गाको सदुपयोग हुने र कलात्मक पनि देखिने भएपछि स्थानीयले मन्दिर निर्माण गरेका हुन् । सिमकोट गाउँपालिका–१ का वडाध्यक्ष गोर्खबहादुर लामाले ढुङ्गामाथि ल्वाखुट देवताको मन्दिर निर्माण गरिएको बताउनुभयो । यसअघि उक्त देवताको मन्दिर अन्यत्र रहेको थियो । 

 जमिनबाट पच्चिस मिटर अग्लो ढुङ्गालाई निर्माण समितिले केही भाग सम्याएर निर्माण गरेको हो । मन्दिर भएको ढुङ्गाको दुवैतर्फ र अगाडिको खाली भागमा सिमेन्टले प्लास्टर गरी सुरक्षित रूपमा निर्माण गरिएको समितिले दाबी गरेको छ ।  

सिमकोट गाउँपालिका उपाध्यक्ष सुशीला रोकाया भामले डुङ्गाको सदुपयोग गरेर मन्दिर निर्माण गरिनु प्रशंसनीय रहेको बताउनुभयो । मन्दिर निर्माणका लागि कर्णाली प्रदेश सरकारले बिस लाख रुपियाँ आर्थिक सहयोग गरेको छ । कर्णाली प्रदेश सभाका सदस्यहरूले आफ्नो पूर्वाधार विकास कार्यव्रmमबाट लागत बेहोर्ने गरी कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले बजेटको व्यवस्था गर्नुभएको हो ।