कलभर्ट बगाएपछि राजमार्ग अवरुद्ध
राप्ती राजमार्ग अन्तर्गत रुकुम सल्यानखण्डको मुसीकोट नगरपालिका ११ र १२ जोड्ने पितिबाङ खोलामा रहेको कलभर्ट बाढीले बगाएपछि राजमार्ग अवरुद्ध भएको छ ।
कर्णालीमा माओवादीको रूपान्तरण अभियान
‘जनतासँग विशेष रूपान्तरण अभियान’सँगै नेकपा माओवादी केन्द्रका नेता, कार्यकर्ताहरू यतिबेला गाउँ-गाउँमा पुगेका छन् ।
रुकुम सल्यान खण्ड अवरुद्ध
राप्ती राजमार्ग अन्तर्गत रुकुम सल्यान खण्डको मुसिकोट नगरपालिका ११ र १२ जोड्ने पितिबाङ खोलामा बाढी आउँदा आइतबार दिउँसोदेखि उक्त सडक खण्ड अवरुद्ध भएको छ ।
कर्णालीमा नयाँ सहर, पूर्वाधार निर्माणले लिएन गति
कर्णालीका विभिन्न स्थानमा १२ वर्षअघि सुरु भएको नयाँ सहरको पूर्वाधार निर्माण कार्य कछुवा गतिमा अघि बढिरहेको छ । तोकिए अनुसार पूर्वाधारको कामसमेत सन्तोषजनक नभएको पाइएको छ । हरेक वर्ष बजेट विनियोजन गरिए पनि कार्यान्वयनमा फितलोपनले योजनाले मूर्त रूप पाउन नसकेको हो । राकमकर्णाली नयाँ सहर आयोजना निर्माणको काम निकै सुस्त गतिमा अघि बढेको छ । पहाडबाट तराईमा हुने बसाइँसराइ रोक्न आर्थिक वर्ष २०६७÷०६८ मा सरकारले ल्याएको योजना अन्तर्गत दैलेखको राकममा नयाँ सहर निर्माण थालिएको हो ।
नाग्म–गमगढी लोकमार्ग : पुल अलपत्र हुँदा नागरिकलाई सास्ती
नाग्म–गमगढी लोकमार्ग अन्तर्गतका १० वटा पक्की पुलको निर्माण कार्य अलपत्र परेको छ । जुम्ला जिल्लाको कनकासुन्दरी गाउँपालिकादेखि मुगुको छायानाथ रारा नगरपालिका–१२ सम्मका पुल ठेकेदार कम्पनीको लापरबाहीका कारण सम्झौता भएको दुई वर्ष बितिसक्दा पनि निर्माण हुन सकेको छैन । पुलको निर्माण सम्पन्न नहुँदा सवारीसाधन सञ्चालनमा कठिनाइ भएको छ ।
कर्णालीवासीले पिउँछन् दूषित पानी
कर्णाली प्रदेशवासीले दूषित पानी पिउने गरेको पाइएको छ। एक स्वास्थ्य सर्वेक्षण अनुसार नेपालमा १९ प्रतिशत जनताले मात्रै शुद्ध पानी पिउने गरेका छन्। तीमध्ये ८१ प्रशितले दूषित पानी पिउने गरेकामा कर्णाली प्रदेशवासी ३.५ प्रतिशतले मात्रै शुद्ध पानी पिउने गरेको पाइएको हो। ९६.५ प्रतिशत कर्णाली प्रदेशवासीले दूषित पानी पिउने गरेका छन्। विश्व स्वास्थ्य सङ्गठन नेपाल देशीय अधिकृत डा. सुदनराज पन्थीले कर्णालीवासीले ९६.५ प्रतिशत दूषित पानी पिउने गरेको बताउनुभयो। दूषितपानी भन्नाले दिसाजन्य कोलिफर्मलगायतका खान नहुने वस्तुहरू रहेको उहाँले जनाउनुभयो।
हिमाली जिल्लामा छैन कालोपत्रे
कर्णाली प्रदेशका हिमाली जिल्लामा सडक कालोपत्रेका लागि बजेट विनियोजन गरिएको छैन। हिमाली जिल्ला हुम्ला, मुगु र डोल्पामा सडकको स्तरोन्नतिसमेत हुन सकेको छैन। राष्ट्रिय सडक सञ्जालसँग जोडिन बाँकी हुम्लामा आन्तरिक रूपमा यातायातका साधन सञ्चालन भइरहेका छन्।
स्याउ बिक्रीमा समस्या
जिल्लाको पूर्वीउत्तर क्षेत्रमा पर्ने हिमाली, जगनाथ, बुढीनन्दा र स्वामिकार्तिकमा उत्पादन गरिएको स्याउ अहिले बारीमै थन्किएको छ ।
भेरी नदीमा पुल बन्छ: मन्त्री ज्वाला
भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले मध्य पहाडी लोकमार्ग अन्तर्गत भेरी नदीमा पुल बन्ने बताउनु भएको छ ।
हुम्लामा अझै खच्चडबाटै नै ढुवानी
राष्ट्रिय सडक सञ्जाल जोडिएको दक्षिणी हुम्लाको सलीसल्लासम्म गाडीमा ढुवानी गरी ल्याइएको इन्धन सदरमुकाम सिमकोटसम्म खच्चडमार्फत ढुवानी गरी खार्पुनाथ गाउँपालिकाको खार्पुमा ल्याइँदै । अहिले ढुवानी दर घटेर प्रतिकेजी ४५ रुपियाँ पुगेको छ ।
हिल्सा नाकामा व्यापार सहज नभएको गुनासो
नेपाल र चीनको सिमाना रहेको हिल्सामा व्यापार व्यवसायका लागि बस्दै आएका नेपाली व्यापारीले व्यापार व्यवसाय सहज नभएको गुनासो गरेका छन् ।
ग्यास चुहावट भएर आगलागी हुँदा आमा छोरीको मृत्यु
ग्यास चुलो लिक भएर आगलागी हुँदा एकैघरका आमा छोरीको मृत्यु भएको छ । त्रिवेणी गाउँपालिका–२ धामिढुङ्गास्थित शुक बहादुर थापाको घरमा ग्यास चुलोबाट सल्किएको आगलागीमा परी ३२ वर्षीया रेवती थापा र उहाँका नौ महिने छोरी ऋतु थापाको ज्यान गएको हो ।
हाजिर नगरी पारिश्रमिक भुक्तानी
सात जना सुपरभाइजरहरूले वर्ष भरि हाजिरी नै नगरी मासिक पारिश्रमिक लिने गरेको पाइएको छ । हिल्सा सिमकोट सडक आयोजनाले कवाडीदेखि हिल्सासम्मको सडक निर्माणमा खटिएका सुपरभाइजरहरूले हाजिरी नै नगरी पारिश्रमिक दिने गरेको पाइएको हो ।
कर्णालीका २६ हजार बालबालिकाको जन्म दर्ता हुन बाँकी
कर्णालीमा अहिले पनि करिब २६ हजार बालबालिकाले जन्म दर्ता नभएको पाइएको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार कर्णालीमा जम्मा दुई लाख चार हजार छ सय ३८ जना बालबालिका पाँच वर्षमुनिका छन् ।
कर्णालीमा एमआरआई सेवा सुरु
कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पहिलो पटक एमआरआई मेसिनमार्फत स्वास्थ्य परीक्षण सेवा सुरु गरिएको छ। प्रदेश अस्पताल सुर्खेतका निर्देशक प्राडा डम्बर खड्काले शुक्रबार सो सेवाको सुरुवात गर्नुभयो। करिब दुई महिना लगाएर मेसिन जडान र प्रोसेसिङ प्रोग्राम इन्स्टल गरेर एमआरआईमार्फत सेवा सञ्चालन गरिएको हो। १५ महिनादेखिको प्रयासपछि नेपालकै उत्कृष्ट एमआरआई मेसिनबाट कर्णालीका नागरिकलाई सेवा दिन थालिएको छ।
पाटनबाट बेंसी झर्न थाले भेडी गोठ
पालनका लागि अग्ला पाटनमा लगिएका भेडी गोठहरु बेंसी (होचा) तर्फ झार्न सुरु गरिएको छ । चार हजार पाँच सयदेखि पाँच हजार मिटर अग्ला स्थानमा चिसो बढ्न थालेपछि भेडी गोठालाले बेंसीतर्फ भेडी गोठ सार्न सुरु गरेका हुन् ।
आधुनिक सहर बन्दै चौरजहारी, ५० प्रतिशत काम सम्पन्न
रुकुम–पश्चिमको चौरजहारी बजार नयाँ सहरको रूपमा विकसित भइरहेको छ । गुणस्तरीय सडक, विद्युत, बसपार्क, ढल निकास, सामुदायिक तथा एकीकृत भवनलगायतका संरचना निर्माण हुन थालेपछि सो सहरको रूप फेरिने भएको छ ।
कर्णालीमै पहिलो पटक एमआरआई सेवा सुरु
कर्णाली प्रदेश अस्पताल सुर्खेतमा नेपालकै उत्कृष्ट एमआरआई मेसिनबाट सेवा सुरु गरिएको छ । शुक्रवार प्रदेश अस्पताल सुर्खेतका निर्देशक प्रा.डा. डम्बर खड्काले सेवाको सुरुवात गर्नुभएको हो ।
सडक स्तरोन्नतिले ल्यायो खुसीयाली
पश्चिम सुर्खेतको बड्डीचौर–खम्बागाडे–विद्यापुर–बल्दे सडक ट्रयाक खुलेको २९ वर्षसम्म सडक लथालिङ्ग थियो । पानी पर्दा हिलाम्मे र घाम लाग्दा धुलाम्मे हुँदा पश्चिम सुर्खेतवासीलाई निकै सास्ती हुन्थ्यो । बिरामी र गर्भवती महिलालाई निकै जोखिम थियो ।
आयोडिन नुनमा अखाद्य पदार्थ
नेपाल साल्ट टेड्रिङ कर्पोरेसनले अनुदानमा उपलब्ध गराउँदै आएको आयोडिनयुक्त नुनमा ढुङ्गालगायत अखाद्य पदार्थ मिसाइएको पाइएको छ। कम्पनी शाखा कार्यालय मुगुले दिँदै आएको आयोडिन नुनमा ढुङ्गा र दालका टुक्रा पाइएको छ। छायानाथ रारा नगरपालिका–१ कि सेवाग्राही भुकुटी रावत भामले साल्ट टेड्रिङ कर्पोरेसन शाखा कार्यालय मुगुबाट लगेको आयोडिन नुनमा ढुङ्गा भेटिएको बताउनुभयो। उहाँका अनुसार नुनमा ढुङ्गाका टुक्रा भेटिएपछि नुनलाई पानीमा राखेर प्रयोग गर्ने गरिएको छ। उपभोक्ता हित संरक्षण मञ्च मुगुका चित्रबहादुर मल्लले दुर्गमका जनताले जस्तो पाए पनि खान्छन् भन्ने हिसाबले कर्णालीमा गुणस्तरीय जाँच नगरी प्रादेशिक लिमिटेड कार्यालयले नुन पठाएको बताउनुभयो।
सुस्त साक्षरता अभियान
नेपालमा साक्षरता अभियान सुरु भएको २७ वर्षपछि सुर्खेत जिल्ला साक्षर घोषणा गरिए पनि कर्णालीमा अझै केही जिल्ला साक्षर हुन सकेको छैन। कर्णाली प्रदेश सरकारले पाँच वर्षअघि साक्षर घोषणा अभियान थालेको थियो। आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रममा तीन वर्षभित्र कर्णाली प्रदेशलाई साक्षर घोषणा गर्ने अभियानसहित प्रदेश सरकारले दुई करोड रुपियाँ बजेट विनियोजन गरेको थियो। तथापि अभियान थालनी भएको पाँच वर्ष बित्दासमेत कर्णाली साक्षर हुन सकेको छैन।
चट्याङ लागेर मृत्यु
दैलेखको महावु गाउँपालिका–१ खरीगैरामा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । बिहीबार साँझ परेको चट्याङ लागेर खरीगैराका ४२ वर्षीया भूमिसरा खत्रीको मृत्यु भएको हो ।
स्याँडावासीले मनाए चोखे पर्व
सिमकोट गाउँपालिका–८ को घना बस्ती भएको स्याँडा गाउँवासीले यस वर्षको चोखे पर्व धुमधामका साथ मनाएका छन् । घरमा जन्मेको जेठो छोराका नाममा हिल्सा देवतालाई चोखे चढाएर पर्व मनाइएको हो । वडाध्यक्ष कमल बुढाले यस वर्ष चोखे पर्व निकै रमाइलो गर्दै मनाउने कार्य भएको बताउनुभयो ।
सडक ढलान भएसँगै बजार व्यवस्थित
नेपाल र चीनको सिमाना रहेको हिल्साको नेपालपट्टी सडक पक्की ढलान गरिएको छ । हिल्सा बजारक्षेत्रको धुलाम्मे सडकलाई सघन सहरी विकास कार्यालयले सडकलाई पक्की ढलान गरेको हो ।