भीरबाट लडेर एकको मृत्यु
जाजरकोटमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । बारेकोट गाउँपालिका –८ पटाङ्ग्रीका ४८ बर्षीय राजेन्द्र सिंहको भीरबाट लडेर मृत्यु भएको हो ।
बिष्फोटक पदार्थसहित एक पक्राउ
जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिले अवैध भरुवा बन्दुक र बिष्फोटक पदार्थसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले मुसीकोट नगरपालिका वडा ६ मैलचौरका ३६ वर्षीय झकेन्द्र भण्डारीलाई बिहीबार बेलुका पक्राउ गरेको जनाएको छ ।
रैथाने मकै, कोदो र केराबाट पाउरोटी
वीरेन्द्रनगरमा अर्गानिक तथा रैथाने बालीबाट पाउरोटी बनाउने गरिएको छ । अर्गानिक स्वस्थकर बेकरी परिकार खुवाउन रैथाने बालीबाट पाउरोटी बनाउन लागिएको हो ।
प्रयोगमा आएन प्रयोगशाला
प्रदेश सरकारले सल्यानको कपुरकोट–३ र पूर्वी सुर्खेतको भेरीगङ्गा नगरपालिकाको हर्रेमा दुई वर्षअघि विषादी परीक्षण प्रयोगशाला स्थापना गरे पनि सञ्चालनमा ल्याउन सकेको छैन । विषादी परीक्षण मेसिन खरिद गरी ल्याउन नसक्दा कार्यालय सञ्चालनमा नआएको बताइएको छ । सो कार्यालयमा प्रदेशको एकीकृत प्रयोगशालाबाट दुई जना कर्मचारी खटाइएको छ ।
बुद्ध मूर्ति जाँच्न पुरातत्त्व लगिने
डोल्पोबुद्ध गाउँपालिका–३, फोलोङकार्बोमा भदौ २७ गते बेवारिसे अवस्थामा फेला पारिएका बुद्ध मूर्ति प्रमाणीकरणका लागि पुरातत्व विभाग लगिने भएको छ । प्रहरीले बेवारिस अवस्थामा फेला परेका बुद्ध मूर्ति से फोक्सुन्डो गाउँपालिका–४ का लार्जम लामाको घरबाट असार ८ गते अज्ञात समूहले लुटेको बताइन्छ ।
आमाछोरीको हत्या आरोपमा एक पक्राउ
सल्यानमा आधा शरीर जलेको अवस्थामा शव फेला परेको छ । शव एउटै घरका आमाछोरीको भएको प्रहरीको भनाइ छ ।
माटोको ढिस्कोले पुरिएर ३ जना घाइते
कालीकोट जिल्ला रास्कोट नगरपालिका वडा नं ६ का तीन जना महिला माटोको ढिस्कोले पुरिएर घाइते भएका छन् । घटना लगतै उहाँहरूलाई रास्कोट अस्पतालमा उपचारका लागि ल्याइएपनि यहाँ सम्भव नहुँदा प्रदेश अस्पताल रिफर गरिएको हो ।
गुठी संस्थानको जग्गालाई रैकर सरह कर
गुठीमा रहेको जग्गाको चर्को कर तिर्न बाध्य भएका दुल्लु नगरपालिका र भैरवी गाउँपालिकाका ८० प्रतिशत नागरिकलाई राहत भएको छ ।
खोलाले बगाएर एक जना बेपत्ता
रुकुम पश्चिममा खोलाले बगाएर एक जना बेपत्ता भएको छ । जिल्लाको बाँफिकोट गाउँपालिका वडा नम्बर १ निवासी ५७ वर्षीय हृदय गिरीलाई बिहीबार दिउँसो खोलाले बगाएको हो ।
अरिङ्गालले टोकेर एकको ज्यान गयो
जिल्लाको कुशे गाउँपालिकामा अरिङ्गालले टोकेर एक जनाको ज्यान गएको छ । कुशे गाउँपालिका –८ जिन्तालाकी ६३ बर्षीया कालिकादेवी सिंहको ज्यान गएको हो ।
वीरेन्द्रनगरमा केरलाको पाम ट्री
वीरेन्द्रनगर नगरपालिकाले भारतको केरलाबाट प्रतिबिरुवा १० हजार रुपियाँ मूल्य तिरी पाम ट्रीका बिरुवा ल्याएर सडक किनारमा रोपेको छ। सडक विस्तारका क्रममा सडक किनारका रुख काट्नु परेपछि भारतबाट १२ वर्ष उमेरका बिरुवा ल्याएर रोप्नु परेको वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले बताउनुभयो।
ताँजाकोट–३ मा लालपुर्जा वितरण
ताँजाकोट गाउँपालिका–३, मासपुरका बासिन्दाले जग्गा नापजाँच भएको ३० वर्षपछि लालपुर्जा पाएका छन्। दक्षिणी क्षेत्रको ताँजाकोट गाउँपालिका–३ को मासपुर गाउँकी बिरकला बुढाले जग्गा नापी भएको ३० वर्षपछि लालपुर्जा पाएको बताउनुभयो। यसअघि एक जनाले मात्र लालपुर्जा पाएकोमा अहिले गाउँका २४ घरधुरीले लालपुर्जा प्राप्त गरेका छन्। मालपोत कार्यालयबाट कर्मचारी नजाने र स्थानीय पनि लालपुर्जा लिन सदरमुकाम नआउने हुँदा मासपुरवासी लालपुर्जा पाउनबाट वञ्चित हुँदै आएका थिए। लालपुर्जा वितरण गर्न मालपोत कार्यालयबाट कर्मचारी खटिएका थिए।
स्याउ पाक्यो, बिक्रीको चिन्ता
हिमाली जिल्ला हुम्लामा लटरम्म फलेर पाकेका स्याउ बिक्री नहुने चिन्ता किसानमा सुरु भएको छ। स्याउ बढी उत्पादन हुने माथिल्लो हुम्ला राष्ट्रिय सडक सञ्जालसँग नजोडिँदा जिल्ला बाहिर निकासी गर्न नसकिने भएकाले किसान चिन्तित छन्।
माओवादी रूपान्तरण नेतृत्व स्तरबाट हुनुपर्छ : मातृका यादव
नेकपा (माओवादी केन्द्र) का उपमहासचिव तथा कर्णाली प्रदेश इन्चार्ज मातृकाप्रसाद यादवले माओवादी रूपान्तरण नेतृत्व स्तरबाट हुनुपर्ने बताउनुभएको छ।
संविधान देश विकासको मेरुदण्ड : मुख्यमन्त्री शर्मा
कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले संविधान देश विकासको मेरुदण्ड रहेको बताउनुभएको छ।
समाजवाद उन्मुख अर्थतन्त्र निर्माण आवश्यक : प्रदेश प्रमुख परियार
कर्णाली प्रदेश प्रमुख तिलक परियारले समाजवाद उन्मुख अर्थतन्त्र निर्माण आवश्यक रहेको बताउनुभएको छ । बुधबार कर्णाली प्रदेश सरकारद्वारा आयोजित संविधान सभा मूल समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले त्यसका लागि भ्रष्टाचार उन्मूलन अभियान र आत्मनिर्भर अर्थतन्त्रको विकास आवश्यक रहेको बताउनुभयो ।
नौ पालिका सडक पहुँचबाहिर
कर्णाली प्रदेशका ७९ पालिकामध्ये नौ वटा पालिका केन्द्र सडक पहुँचमा छैनन् । राष्ट्रिय राजमार्गबाट १७४ किलोमिटर ट्र्याक खोल्ने हो भने नौ वटा पालिकाले सडक पहुँच प्राप्त गर्ने छ । प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका अनुसार प्रदेशमा स्थानीय, क्षेत्रीय र प्रदेशस्तरीय गरी दुई हजार ४२४.११ किलोमिटर कच्ची सडक रहेको छ । सोमध्ये २१६.२८ किलोमिटर नालासहित सडक स्तरोन्नति गरिएको छ । प्रदेशका १० जिल्लामा ४३४.०१ किलोमिटर सडक ग्राभेल र ७८.९ किलोमिटर कालोपत्रे गरिएको छ । ५७ वटा पालिका केन्द्रका सडक कालोपत्रे गर्न बाँकी छ । कम्तीमा पनि ७७१ किलोमिटर सडकको स्तरोन्नति गरिहाल्नुपर्ने अवस्थामा रहेको बताइन्छ । डोल्पा जिल्लाका पाँच, कालीकोटका तीन र मुगु जिल्लाको एउटा पालिकामा सडक पुगेको छैन । कर्णाली प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले दिएको जानकारी अनुसार डोल्पाका मुड्केज्युला, काइके, छार्कातोङसोङ, से फोक्सुन्डो र डोल्पो बुद्ध गाउँपालिकामा सडक पहुँच पुगेको छैन ।
खाँडाचक्र नगरपालिकाले एचआईभी सङ्क्रमितकाे जीविकोपार्जनमा सहयोग गर्ने
कालीकोट जिल्लाको खाँडाचक्र नगरपालिकाले आफ्नो पालिकाभित्रका एच आई भी सङ्क्रमितहरुको पहिचान गरेर उनीहरुको जिविकोपार्जनमा सहयोग गर्ने भएको छ ।
हुम्लामा कोदो महोत्सव हुने
कोदो खेती राम्रो हुने हिमाली जिल्लामा पहिलो पटक कोदो महोत्सव हुने भएको छ । अन्तर्राष्ट्रिय कोदो दिवस अर्थात् आगामी असोज १५ गते हिमाली जिल्लाको अर्ग्यानिक कोदो खेतीको संरक्षण र प्रवर्द्धन गर्न कोदो महोत्सव गर्न लागिएको हो ।
सुर्खेत विमानस्थलको धावनमार्ग विस्तार गर्न माग
सुर्खेत विमानस्थलको उत्तरतर्फको धावनमार्ग अहिले एक हजार २५५ मिटरको छ । धावनमार्ग साँघुरो हुँदा ठुला जहाज अवतरण हुन सक्दैनन् ।
डोल्पामा पत्ता लागेका नयाँ ताल प्रमाणित गर्दै प्रदेश सरकार
कर्णाली प्रदेश सरकारले हिमाली क्षेत्रमा पछिल्लो समय पत्ता लागेका नयाँ तालको प्रमाणित गर्ने भएको छ । उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कृष्णकुमार बिसीले नयाँ तालतलैया भेटिनु खुसीको कुरा भएको बताउनुभएको छ
रूपान्तरण लिएर गाउँ-गाउँमा माओवादी केन्द्र
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को तीनमहिने ‘जनतासँग विशेष रूपान्तरण अभियान’ अन्तर्गत गाउँ गाउँमा पुगेर पार्टी सदस्यता नवीकरण र वितरण गर्ने कार्य भइरहेको छ। ‘घर घरमा माओवादी, जनजनमा माओवादी’ नारा बोकेर नेकपा (माओवादी केन्द्र) नेता तथा कार्यकर्ता भदौ १६ देखि गाउँ पसेका हुन्। अभियानले रूपान्तरणसहितको माओवादी बनाउने लक्ष्य लिएको छ।
‘खस भाषा लिपिबद्ध गर्ने तयारीमा छौँ’
जुम्ला जिल्लाको सिँजा नेपाली भाषा, साहित्य, संस्कृति र सभ्यताको मूल थलोसमेत हो। सिँजा सभ्यताका रूपमा यो पालिका विकासको पाइलातिर लम्किँदै छ। भौतिक पूर्वाधार, कृषि, पर्यटन र विकासलाई प्राथमिकतामा राखेको सिँजाको अध्यक्षमा पूर्णप्रसाद धिताल हुनुहुन्छ। जुम्ला जिल्ला सदरमुकाम खलङ्गाबाट १६ कोस उत्तरपश्चिमको यो सुन्दर उपत्यका सिँजा, हिमा र कनकासुन्दरी गाउँपालिकाको प्रशासनिक र व्यापारिक केन्द्रसमेत हो। यहाँबाट ३ वटै पालिकाका नागरिकलाई नागरिकता वितरण सेवासमेत हुँदै आएको छ।
चट्याङमा परेर एकको मृत्यु, नौजना गम्भीर घाइते
चट्याङमा परेर नौजना घाइते र एक जनाको मृत्यु भएको छ ।