राकम कर्णाली नयाँ सहर आयोजना : बजेट अपुग, काम सुस्त
राकम कर्णाली नयाँ सहर आयोजना निर्माणको काम सुस्त गतिमा अगाडि बढेको छ । आयोजना सुरु भएको करिब १२ वर्ष पूरा भए पनि अझै प्रभावकारी काम हुन सकेको छैन ।
ताल तलैयाको भण्डार डोल्पा
शे–फोक्सुण्डो तालले विश्व पहिचान कमाएको डोल्पामा फेरि नयाँ ताल भेटिएको छ । पछिल्लो समय स्थानीयहरू नै ताल पहिचानमा सक्रिय हुन थाले छन् । खोज अनुसन्धान र प्रचारप्रसारको अभावमा बाहिर आउन नसकेर ओझेलमा रहेका पर्यटकीय सम्पदाहरू यत्तिखेर सूचना प्रविधिको विस्तारसँगै सार्वजनिक हुन थालेका छन् ।
स्थानीयले लिएनन् मुआब्जा,पेट्रोलियम अन्वेषणमा ढिलाइ
भैरवी गाउँपालिका–१ का जग्गाधनीले मुआब्जा लिन अस्वीकार गरेपछि दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको काम अघि बढ्न सकेको छैन। पेट्रोलियम पदार्थ अन्वेषणका लागि दैलेखको भैरवी गाउँपालिका–१, जलजलेमा १५ परिवारको ४५ रोपनी जग्गा अधिग्रहण गरिएको छ।
बाक्पा बनाउने सिपको संरक्षण माग
स्थानीय चाडपर्वको बेला सांस्कृतिक मेला पर्व मनाउने क्रममा लगाउने बाक्पा (मुकुन्डो) निर्माण गर्ने सिपको संरक्षण गर्न स्थानीय बुढापाकाले माग गरेका छन् । पछिल्लो पुस्ता त्यस्ता सामग्री बनाउनेतर्फ चासो नै नदिने गरेको र सिप भएका पुराना पुस्ता वृद्ध हँुदै गएका कारण त्यस्ता सिप नै हराउने चिन्ता बढ्न थालेको नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीहल्जी गाउँका थुक्देन तामाङ बताउनुहुन्छ । उहाँका अनुसार लिमीका तीन गाउँ यस्ता मुकुन्डो बनाउने स्थानीय चार जना मात्र ७० वर्षमाथिका वृद्धा रहेका छन् । उनीहरूबाट नयाँ पुस्ताले यो सिप सिक्ने र पुस्तान्तरण गर्न इच्छा नै देखाएका छन् । चाडपर्वमा नाचगान र सांस्कृतिक झाँकी प्रस्तुत गर्न बाक्पा व्रmमशः पुरानो हुँदै गएको र नयाँ बनाउन सिप हस्तान्तरण नहुँदा कला संस्कृति नै मासिने अवस्थामा पुगेको उहाँको भनाइ छ । उहाँ भन्नुहुन्छ, “अब स्थानीय तहबाट युवा पुस्तालाई यस्ता सिप सिकाउन प्रेरित गरिनु पर्छ ।”
बिमा कम्पनीसँग मिलेर अघि बढ्ने कानुन मन्त्री जिसीको प्रतिबद्धता
कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जिसीले सेवा भावका रूपमा बिमा कम्पनीहरूले काम गर्नुपर्ने बताउनुभएको छ । कर्णालीको भूगोल, आर्थिक अवस्था र समयअनुकुलमा रहेर बिमाका सेवा विस्तार गर्न बिमा कम्पनीहरूलाई आग्रह गर्नुभयो ।
सहज भएन यात्रुका लागि सुनारखोला
कर्णाली राजमार्गअन्तर्गत कालीकोट खण्डको सुनाखोलामा यात्रुलाई कहिल्यै पनि सहज भएको छैन । २०६३ सालमा कालीकोट राष्ट्रिय राजमार्गसँग जोडिएदेखि कालीकोटको सुनारखोला पहिरो बग्न नरोकिँदा बर्सेनि सास्ती खेप्दै आएका छन् ।
पाठेघर क्यान्सरविरुद्ध खोप
कर्णाली प्रदेशका आठ सय बालिकालाई पाठेघरको मुखको क्यान्सर रोगविरुद्धको खोप लगाइने भएको छ। सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा १४ वर्ष उमेरका मात्र ८०१ बालिकालाई सो खोप लगाइने छ। भदौ २७ देखि ३० सम्म सो खोप लगाइने छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाले पाइलट कार्यक्रममार्फत कर्णाली प्रदेशका लागि हाललाई प्रादेशिक अस्पताल सुर्खेतमा सो खोप उपलब्ध गराएको छ। महाशाखाले देशका अन्य छ स्थानमा पनि सो खोप लगाउँदै छ। स्वास्थ्य सेवा निर्देशनालयका वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलका अनुसार कर्णालीमा पाठेघरको मुखको क्यान्सर लाग्ने दर
महिला प्रमुख प्रशासकीय अधिकृत लामालाई गाउँपालिकामा स्वागत
जिल्ला पहिलो महिला प्रमुख प्रशासकीय अधिकृत शान्ति लामाले आफ्नो कार्य क्षेत्रमा पुगेर कार्यभार सम्हाल्नु भएको छ । कार्य क्षेत्र सर्केगार्ड गाउँपालिकामा तोकिएपछि प्रशासकीय अधिकृत लामा गाउँपालिका केन्द्र पुगेर आफ्नो कामको जिम्मा लिनु भएको हो ।
कर्मचारी सरुवा भएपछि नागरिकता वितरण ठप्प
कर्मचारी नहुँदा जुम्लाको इलाका प्रशासन कार्यालय, नराकोट, सिँजामा नागरिकता वितरण कार्य ठप्प भएको छ। प्रशासन कार्यालयका कर्मचारी अन्यत्रै सरुवा भई गएपछि सिँजा क्षेत्रको हिमा गाउँपालिका, सिँजा गाउँपालिका र कनकासुन्दरी गाउँपालिकावासी नागरिकता लिनबाट वञ्चित भएका छन्। सो गाउँलाई लक्ष्य गरी स्थापना गरिएको इलाका प्रशासनले नागरिकता वितरण सुरु गरेको थियो।
बेपत्ता मेजरको शव भेरी किनारमा भेटियो
१६ दिनदेखि बेपत्ता रहेका डोल्पाको दुनैस्थित नन्दबक्स ब्यारेकमा कार्यरत नेपाली सेनाका सेनानी विमल पण्डितको मंगलबार भेरी नदीमा शव फेला परेको छ ।
बसपार्क निर्माणका लागि आएको बजेट फिर्ता
पहिलो पटक निर्माण हुन लागेको सिमकोट गाउँपालिका– ५ को मैनागाडामा निर्माण सुरु भएको मिनी बसपार्कको काम अधुरो नै छ भने आएको बजेट फिर्ता समेत भएको छ ।
भेरी किनारमा आधुनिक सहर बसाइने
पूर्वी सुर्खेतका तीन वटा पालिका समेटेर आधुनिक सहर (स्मार्ट सिटी) बनाउने कार्ययोजना अघि बढाइएको छ। भेरीगङ्गा, गुर्भाकोट र लेकबेँसी नगरपालिकालाई जोड्ने गरी भेरी किनारमा नमुना आधुनिक सहर बनाउन गुरुयोजना निर्माण सुरु भएको छ। नयाँ सहर आयोजना समन्वय केन्द्रीय कार्यालयले नदी किनारका क्षेत्रलाई समेटेर गुरुयोजनाको काम सुरु गरेको हो। आयोजनाका अनुसार अबको दुई वर्षमा गुरुयोजना तयार पारिने छ। यातायातको सुगमता, जमिनको उपलब्धता, खानेपानीको स्रोत, आर्थिक विकासको सम्भाव्यता, बस्तीको अव्यवस्थिति र जनसङ्ख्या आदिका आधारमा सहरको गुरुयोजना एवं विस्तृत परियोजना प्रतिवेदन तयार गर्न लागिएको जनाइएको छ।
कपुरकोट ब्रान्डको तरकारी बेच्न सकिने सम्भावना छ
कपुरकोट गाउँपालिका तरकारीका लागि प्रख्यात छ। यहाँ बेमौसमी तरकारी खेती, जडीबुटी, फलफूल र मसलाबाली बृहत् रूपमा उत्पादन हुने गर्छ। कपुरकोटमा उत्पादित वस्तु बेच्न बजारको व्यवस्था र यातायातको पहुँच छ। कपुरकोट गाउँपालिका सल्यान, रोल्पा र दाङ जिल्लाको सङ्गमस्थल हो। कर्णाली प्रदेशको पूर्वी प्रवेशद्वार मात्र नभई लुम्बिनी प्रदेशको पूर्वी रुकुम र रोल्पा जोड्ने पालिकासमेत हो, कपुरकोट। नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का तर्फबाट विजयी गाउँपालिकाका अध्यक्ष हुनुहुन्छ, दुर्गाबहादुर पुन। प्रस्तुत छ, अध्यक्ष पुनसँग गोरखापत्रका सल्यान समाचारदाता प्रतीक इच्छुक शर्माले गर्नुभएको कुराकानी :
नदीको टापुमा फसेका बालकको उद्धार
हुम्ला र मुगु जिल्लाको सिमानाका रहेको कर्णाली नदीको टापुमा फसेका एकजना बालकको जीवतै उद्धार गर्न प्रहरी सफल भएको छ । यसरी सकुशल उद्धार गरिएका बालकमा मुगु जिल्ला सोरु गाउँपालिका–४ को लिबरु गाउँका १५ वर्षीय बालक ईबु छत्याल हुनुहुन्छ ।
पुल नहुँदा आवत–जावत बन्द
कालीकोटको फुगाडमा पुल नहुँदा स्थानीयको आवत–जावत पूर्ण रूपमा बन्द भएको छ । कालीकोटको खुलालुदेखि हुम्लाको सल्लीसल्लाह जोड्ने कर्णाली कोरिडोर निमार्णताका फुगाड खोलामा लगाएको बेलीबृज बगाएको तीन वर्षसम्म पुल नबन्दा आवत–जावत बन्द भएको हो ।
कर्मचारी नहुँदा नागरिकता वितरण रोकियो
कर्मचारी नहुँदा जुम्लाको इलाका प्रशासन कार्यालय नराकोट सिञ्जामा नागरिकता वितरण कार्य ठप्प भएको छ । जिल्ला प्रशासन कार्यालयमा रहेका कर्मचारी अन्तै सरुवा भएका र अर्को कार्यालय उपस्थित नहुँदा नागरिकता वितरण कार्य बन्द भएको हो ।
मुगुमा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत
कर्णाली प्रदेशको मुगु जिल्ला विद्युतको राष्ट्रिय प्रणालीमा (ग्रिड) जोडिएको छ । नेपाल विद्युत प्राधिकरणले कालिकोटबाट जुम्ला जाने ३३ केभी प्रसारण लाइनलाई नाग्मा भन्ने ठाउँमा ट्यापिङ गरी करिब ८५ किलोमिटर लाइन निर्माण गरी मुगुको सदरमुकाम गमगाडसम्म विद्युत पुर्याएको हो ।
चौतारी जोगाउँदै युवा
रुकुमपश्चिमका युवाले चौतारी संरक्षणमा जोड दिएका छन्। रुकुमपश्चिमको चौरजहारी नगरपालिका–१, लामिछानेगाउँका युवाले वरपिपल चौतारी निर्माण गरेर यस कार्यको सुरुवात गरेका छन्। युवाले स्थानीयको समन्वयमा जनश्रममार्फत सार्वजनिक स्थानमा रहेको वरपिपलमा चौतारी बनाएका हुन्।
जनहितमा समर्पित हुन आग्रह
सांसद छिरिङ डम्डुल लामाले कर्मचारीले जनताको हितमा आफ्ना कार्यलाई समर्पित गर्नुपर्ने बताउनुभयो। सांसद लामाले जिल्लामा विकासे काम सन्तोषजनक नदेखिएको चर्चा गर्दै छिटोछरितो र गुणस्तरीय काममा ध्यान दिन आग्रह गर्नुभयो। उहाँले दुर्गममा कार्यरत कर्मचारीका लागि सरकारले दुर्गम भत्तासमेतको व्यवस्था गरेकाले दुर्गमका जनताको सेवालाई कर्मचारीले प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो। उहाँले काम गर्ने सिलसिलामा आउने बाधा, अवरोध र समस्याका बारेमा प्रत्यक्ष रूपमा आफूलाई सम्पर्क गर्न कर्मचारीलाई आग्रहसमेत गर्नुभयो। उहाँले भन्नुभयो, “जिल्लाका समस्या आफूलाई जानकारी भए संसद्मा बोल्न र सरकारको ध्यानाकर्षण गराउन पाउने छु।”
आपूर्ति केन्द्रलाई भण्डारण समस्या
कर्णाली प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको भवन निर्माणमा ढिलाइ हुँदा भाडाको घरबाट एक वर्षदेखि सञ्चालन भइरहेको छ। मासिक ४० हजार भाडा तिरेर आपूर्ति केन्द्र सञ्चालन भइरहेको छ। प्रदेश औषधी आपूर्ति केन्द्रका प्रमुख डा. शक्तिप्रसाद सुवेदीका अनुसार भवन नभएकै कारण आपूर्ति केन्द्रको औषधी नेपालगन्जमा स्टोर गर्ने गरिएको हो। भाडाको घर भएकाले आवश्यक उपकरण र औषधी भण्डारण गर्न समस्या हुने गरेको छ।
वीरेन्द्रनगर बजार र रत्न राजमार्ग
कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरस्थित मंगलगढीचोकबाट देखिएको वीरेन्द्रनगर बजार र रत्नराजमार्ग आसपासको क्षेत्र ।
कर्णाली करिडोर : चट्टानी भिरको अधुरो काम सेनालाई दिन माग
हुम्लावासीले कर्णाली करिडोर अन्तर्गत दुल्ली कुनादेखि याल्वाङ गौडाको भिरसम्म पर्ने छ वटा असजिला चट्टनी भिरको सडक पूर्ण निर्माणको जिम्मा नेपाली सेनालाई दिन माग गरेका छन् ।
प्रदेश आयुर्वेद अस्पतालमा जनशक्ति र पूर्वाधारको अभाव
प्रदेशस्तरको औषधालय भएपनि दरबन्दीअनुसार कर्मचारी तथा चिकित्सक नहुँदा सेवा प्रवाहमा समस्या भएको हो ।
आधारभूत शिक्षा कार्यान्वयन
यहाँको कुशे गाउँपालिकालाई अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा र विद्यालय शान्ति क्षेत्र कार्यान्वयन पालिका घोषणा गरिएको छ। यसका लागि आवश्यक सबै सूचकहरू पूरा भएपछि गाउँपालिकालाई अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा र विद्यालय शान्ति क्षेत्र कार्यान्वयन पालिका घोषणा गरिएको हो। कर्णाली प्रदेश सभा सदस्य एवं सामाजिक विकास समितिका सभापति घनश्याम भण्डारीले कुशेले गरेको यो अभ्यास कर्णालीका अन्य जिल्ला र पालिकाले पनि अनुसरण गर्नुपर्ने सुझाव दिनुभयो। अनिवार्य आधारभूत शिक्षा ऐन २०७५ अनुसार २०८५ सालसम्म सबै नागरिकलाई आधारभूत तहसम्मको शिक्षामा पहुँच पुर्याउने व्यवस्था उल्लेख गरिएको छ।