सवारी जाँचमा कडाइ
हिमाली जिल्ला डोल्पामा सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक कार्यालयले सवारी जाँचमा कडाइ गरेको छ। सवारी जाँचमा कडाइ गरिएपछि राजस्वमा पनि वृद्धि भएको छ।
स्वास्थ्य सेवा ऐनमा नागरिकको सुझाव
पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकाले तयार गरेको स्वास्थ्य सेवा ऐन २०७७ माथि सरोकारवालाले विभिन्न सुझाव दिएका छन्। इन्सेक कर्णाली प्रदेशद्वारा पञ्चपुरीको बाबियाचौरमा आयोजित समीक्षामा ऐनमा सुर्ती, चुरोट र मदिरा सेवन तथा ओसारपसार कार्यलाई कडाइ गर्ने प्रावधान ल्याउन सुझाव दिएका छन्। ऐनमा रहेको प्रावधानको कार्यान्वयन प्रभावकारी गर्न नसक्दा समाजमा बेथिति बढेको सहभागीको भनाइ छ। उनीहरूले नगरका साना तथा ठूला बजारमा सुर्ती, चुरोट र मदिरा खुलेआम बिक्री भएको, निजी मेडिकलले पनि प्रतिबन्धित औषधि बिक्रीवितरण गरेकाले उनीहरूमाथि अनुगमन गर्ने प्रावधान पनि ऐनमा समावेश गर्न आग्रह गरेका छन्।
साबुन उद्योग सञ्चालन
यहाँको महावु गाउँपालिका–१, खरीगैरामा स्थापना भएको साबुन उद्योगले शुक्रबारदेखि उत्पादन बजारमा ल्याएको छ । लामो समय रोजगारीका लागि भारतको अहमदाबाद बसेर फर्केका राजेन्द्रबहादुर खत्रीले ८० लाख रुपियाँको लगानीमा गाउँमै साबुन उद्योग सञ्चालनमा ल्याउनुभएको हो । भारतमा रहेका साबुन उद्योगको अध्ययन गरेपश्चात् आफ्नै देशमा रोजगारी गर्ने र अरूलाई समेत रोजगारी दिने उद्देश्यले उद्योग स्थापना गरेको उहाँले बताउनुभयो । दैनिक पाँच सय साबुन उत्पादन गर्ने सञ्चालक खत्रीले बताउनुभयो ।
महासङ्घ कर्णाली प्रदेश कार्यसमितिको साधारण सभा कालिकोटमा
नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेश कार्य समितिको साधारण सभा पहिलोपटक कालिकोटमा आयोजना हुने भएको छ।
समयमै उपचार पाउँदा भेडापालक किसान खुसी
नियमित र समयमै भेडाबाख्राको उपचार गर्न पाएसँगै किसान खुसी भएका छन् । भेडाब्राखाले राम्रो चरनको व्यवस्थापन नहुनु, सुख्खा र चिसो मौसमले बिरामी भएका भेडाबाख्राको समयमै उपचार भएपछि यहाँका भेडापालक किसान खुसी भएका हुन् ।
कभर्ड हल निर्माण सुरु
दुुई वर्षदेखि रोकिएको हुम्ला कभर्ड हलको निर्माण कार्य पुन: अगाडि बढ्ने भएको छ ।
भेरी-बबई आयोजनाको ६० प्रतिशत काम सम्पन्न
राष्ट्रिय गौरवको भेरी-बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाले आर्थिक वर्ष २०७१/२०७२ बाट निर्माण सुरु गरेकोमा हालसम्म ६० प्रतिशत भौतिक र ४३ प्रतिशत वित्तीय प्रगति भएको छ ।
कर्णाली प्रदेशको आफ्नै प्रयोगशाला स्थापना
कर्णाली प्रदेशको आफ्नै प्रयोगशाला सञ्चालन भएको छ। विगतमा प्रयोगशाला नहुँदा कुनै पनि रोगको परीक्षण गर्न प्रदेशबाहिर पठाउनुपर्ने अवस्था रहेकोमा अब प्रदेशको आफ्नै प्रयोगशाला सञ्चालन भएपछि सहज हुने भएको छ। शुक्रबार कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री टेकराज पछाईले प्रदेश जनस्वास्थ्य प्रयोगशालाको उद्घाटन गर्नुभयो। सो क्रममा मन्त्री पछाईले प्रदेश जनस्वास्थ्य प्रयोगशालालाई थप उपकरणयुक्त बनाई गुणस्तरीय सेवा प्रदान गराउन पहल गरिने बताउनुभयो। उहाँले प्रयोगशाला सञ्चालन भएपछि प्रदेशभित्रै परीक्षण तथा अनुसन्धान गर्न सहयोग पुग्ने भन्दै प्रयोगशालालाई अन्वेषण केन्द्रका रूपमा पनि विकसित गर्न लागिने जानकारी दिनुभयो।
रगतमा सुरक्षाकर्मीकै भर
जिल्ला अस्पतालमा उपचाररत बिरामीहरूलाई रगतको आवश्यकता परे सुरक्षाकर्मीहरूकै भर पर्नुपर्ने बाध्यता छ। अस्पतालमा ब्लड बैङ्कको व्यवस्था नहुनु र रगतको आवश्यकता परे सुरक्षाकर्मीहरूलाई खबर गर्न सहज हुने भएपछि सुरक्षाकर्मीकै रगतको भर पर्नुपर्ने बाध्यता रहेको हो।
रोकियो कालापहाड जान
भगवतीमाई गाउँपालिका–२, रुमका रामबहादुर रावत वर्षमा दुई पटक कालापहाड जाने गर्नुहुन्थ्यो । बर्खे बाली लगाएर गएपछि उहाँ हिउँदे बाली लगाउन आउनुहुन्थ्यो र हिउँदे बाली लगाएपछि बर्खे बाली लगाउन आउनुहुन्थ्यो । गाउँपालिकाले सञ्चालन गरेको श्रम रोजगार बैङ्कमा जोडिएपछि रावत विगत तीन वर्षदेखि कालापहाड जानु परेको छैन ।
स्वकीयमा आफन्तै रोज्छन् नेता
कालीकोटबाट कर्णाली प्रदेश सभामा नेतृत्व गर्ने प्रदेश सभा सदस्यहरूले आफ्ना छोरा तथा आफन्तलाई स्वकीय सहयोगीमा राखेका छन्। चुनावका बेला आम कार्यकर्ताको जिम्मा लिने भाषण गरेका राजनीतिक दलका नेताले विजयी भएसँगै आफ्नैलाई रोजगारी दिएका हुन्।
ट्राफिक प्रहरीद्वारा सवारी चेकजाँचमा कडाइ
डोल्पामा सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक कार्यालयले सवारी चेकजाँचमा कडाइ गरेको छ । जिल्ला ट्राफिक कार्यालयका इन्चार्ज प्रहरी हवलदार विनोद थापाका अनुसार आर्थिक वर्ष २०७९–८० को साउनदेखि माघ मसान्तसम्म सात महिनामा सवारी कारबाहीबाट मात्र ६ लाख ३२ हजार रुपियाँ राजस्व उठेको छ ।
पदका लागि गठबन्धन भत्किँदैन
नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले पदकै लागि अहिलेको गठबन्धन नभत्किने बताउनुभएको छ । शुक्रबार सुर्खेतको वीरेन्द्रनगरमा राष्ट्रपतिमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई मत दिनेबारे छलफल गर्ने उद्देश्यसहित बसेको बैठकमा सो कुरा बताउनुभएको हो ।
बाबु जेलमा, छोराछोरी बेसहारा
पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका–३, सालकोट तोक्माका अमर आलेमगरले मङ्सिर २० गते घाँटी रेटेर श्रीमती मीना आलेमगरको हत्या गरेका थिए। हत्यापछि श्रीमती मीनाको टाउको झोलामा बोकेर प्रहरीकोमा आत्मसमर्पण गर्न पुगेका थिए। अमर अहिले पुर्पक्षका लागि सुर्खेत कारागार छन्। यद्यपि उनका दुई छोराछोरी सहाराविहीन भएका छन्। आमाको हत्या, बाबु जेलमा भएपछि ११ वर्षीया छोरा दिनेश आले र आठ वर्षीया छोरी देविका आले सहाराविहीन बनेका हुन्। उनीहरू अहिले ७८ वर्षीय हजुरआमा भविसरा आलेको भरमा छन्।
शहीद स्मृति भवन अलपत्र
शहीदको सम्झनामा रुकुमपश्चिमको सानीभेरी गाउँपालिका–७, छोटेबगरमा निर्माण थालिएको शहीद स्मृति भवन अलपत्र परेको छ। निर्माण व्यवसायीको ढिलासुस्तीले भवन निर्माण अलपत्र परेको हो। सानीभेरी गाउँपालिका अध्यक्ष बिर्खबहादुर विष्टका अनुसार १० वर्षे सशस्त्र सङ्घर्षका अवधिमा ज्यान गुमाउने शहीदको सम्झनामा सो भवन बनाउन लागिएको हो। स्मृति भवनलाई युद्ध सङ्ग्रहालयका रूपमा विकास गर्ने सोच रहेको छ। यद्यपि बजेट अभाव र निर्माण व्यवसायीको लापरबाहीले भवन निर्माण लथालिङ्ग भएको अध्यक्ष विष्टले
नेपालको नक्सा अङ्कित ढुङ्गा संरक्षणको माग
सिमकोट गाउँपालिका–१ को दोजाम गाउँ जोड्ने सडक निर्माणका क्रममा दुई वर्षअघि फेला परेको नेपालको नक्साजस्तो लाग्ने अजङ्गको ढुङ्गा संरक्षण गर्नुपर्ने माग स्थानीयले गरेका छन्। ढुङ्गामा नेपालको नक्साजस्तै लाग्ने प्रदेश, जिल्लाका रेखाङ्कन प्रस्टसँग देखिएका छन्। दोजाम गाउँका स्थानीय एवं पूर्ववडाध्यक्ष ताराबहादुर लामाले नेपालको नक्सासँग ठ्याक्कै मिल्ने ढुङ्गामा रहेको आकृतिलाई संरक्षण गर्नेतर्फ सबैको ध्यान जानुपर्ने बताउनुभयो। उहाँले ढुङ्गाबारे गाउँपालिकालाई खबर गरिएको भए पनि सुनुवाइ नभएको बताउनुभयो।
देउडा गीतमार्फत मनोरञ्जन र सचेतना
बाजुराका दत्त मल्ल र हुम्ला जिल्ला अदानचुली गाउँपालिकाका देउडा गायक अक कार्कीबीच गीतमार्फत घम्साघम्सी परेको छ । दुई देउडा गायकले स्थानीयलाई मनोरञ्जन दिनुका साथै आफ्ना सिर्जना बाहिर ल्याउनुभएको हो ।
हराएको हुड्के नाचको महत्त्व
कालीकोटसँगै साविकको कर्णालीमा चर्चामा रहेको हुड्के नाँच पञ्चेबाजा फेरि स्थापित हुन थालेको छ।
राप्रपाले कर्णाली सरकारलाई दिएको समर्थन फिर्ता लियो
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । राष्ट्रपतिको उम्मेदवारीले केन्द्रीय समीकरण फेरिएसँगै सरकारबाट बाहिरिएको राप्रपाले कर्णालीमा पनि सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
दुई सुत्केरी महिलाको हेलिकोप्टरमार्फत उद्धार
कालीकोट पलाँता गाउँपालिकाबाट दुई जना सुत्केरी महिलाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।
एक अर्ब १४ करोड लागत अनुमान तयार
कालीकोट जिल्लाको सदरमुकाम मान्म कोटदरबारदेखि नरहरिनाथ गाउँपालिका–१ को कोटवाडास्थित सुनथराली विमानस्थलसम्म केबलकार निर्माण हुने भएको छ । मान्म कोटदरबार–सुनथराली केबलकारका बारेमा २०६४ सालबाट बहस भए पनि १५ वर्षपछि लागत अनुमानसहित प्राविधिक प्रतिवेदन तयार भएको छ । सो प्रतिवेदन सार्वजनिक गरिएको छ ।
कोल्ड स्टोर निर्माण अलपत्र
वीरेन्द्रनगर नगरपालिका–१२ स्थित औद्योगिक क्षेत्रमा निर्माण गर्न लागिएको कोल्ड स्टोर निर्माणको काम अलपत्र परेको छ। २०७४/७५ बाट निर्माण सुरु गरिएको उक्त कोल्ड स्टोर निर्माण हालसम्म पनि सम्पन्न भएको छैन । आर्थिक वर्ष २०७८ साउनदेखि कोल्ड स्टोर निर्माणको काम अलपत्र परेको हो ।
मुलुक नयाँ राजनीतिक कोर्समा : उपसभापति खड्का
नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले मुलुकको राजनीतिकले नयाँ कोर्स लिएको बताउनुभएको छ । नयाँ गठबन्धनसँगै राजनीतिक रुपमा नयाँ परिवेश स्थापित भएको उहाँको भनाइ छ ।
खाना पकाउने ग्यासको मूल्य घट्यो
खाना पकाउने एलपी ग्यासको मूल्य घटेको छ । प्रतिस्पर्धी बजार र सलीसल्लासम्म गाडीमा ग्यास सहज र नियमित रूपमा आउन थालेपछि यहाँ मूल्य घटेको हो ।