एमालेको कर्णालीमा मतदान सुरु हुँदै
नेकपा (एमाले) कर्णाली प्रदेश अधिवेशनका लागि मतदानको अन्तिम तयारी भएको छ । यस अघि शनिवारका लागि निर्धारित मतदान कार्यक्रम आज (आइतबार) बिहान ८ बजेका सुरु गर्ने निर्वाचन समितिले जनाएको छ ।
पेट्रोलियम पदार्थ अन्वेषण मुआब्जा विवाद सुल्झियो
पेट्रोलियम पदार्थ अन्वेषणका लागि जग्गा खरिद प्रक्रियामा देखिएको विवाद सुल्झिएको छ । सरकारले दैलेखको भैरवी गाउँपालिका–१ रावतकोटमा पेट्रोलियम पदार्थ अन्वेषण गर्ने भन्दै अघि बढाएको जग्गा खरिद प्रक्रिया अन्र्ततको मुआब्जा वितरणलाई लिएर स्थानीयले असन्तुष्टि जनाएका थिए ।
कर्णालीका ८२ प्रतिशत जनसङ्ख्यामा ऊर्जाको पहुँचमा
कर्णाली प्रदेशमा ८२.९३ प्रतिशत नागरिक ऊर्जाको पहुँचमा रहेको तथ्याङ्क सार्वजनिक भएको छ । जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार कर्णालीमा विद्युत उत्पादन क्षमता २० हजार मेगावाट रहेको छ ।
कर्णाली एमालेमा तीन जनाबिच प्रतिस्पर्धा
नेकपा (एमाले) कर्णाली प्रदेश अध्यक्षमा उम्मेदवारी दिएका पाँच जनामध्ये दुई जनाले उम्मेदवारि फिर्ता लिएपछि अब तीन जनाबिच अध्यक्षमा प्रतिस्पर्धा हुनेभएको छ ।
मन्त्री बस्नेतद्वारा जाजरकोट बहुप्राविधिक शिक्षालयको भवन उद्घाटन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जाजरकोट बहुप्राविधिक शिक्षालयको भवन उद्घाटन गर्नुभएको छ ।
मानव अधिकार संरक्षणमा सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री शर्मा
कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले मानव अधिकार संरक्षणका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
दुई बालकको मृत्युपछि वीरेन्द्रनगरमा आन्दोलन उग्र
सुर्खेतमा ८ वर्षीय बालक मृत भेटिएपछि सुरु भएको आन्दोलन उग्र बन्दै गएको छ । वीरेन्द्रनगर नगरपालिका–६ घण्टाघर नजिक रहेको उषा बालवाटिका सेकेण्डरी स्कुलको होस्टेलमा ८ वर्षीय सलाम पुलामी मगर मृत भेटिएपछि आफन्तहरूले आन्दोलन सुरु गरेका थिए ।
अध्ययनमै १५ वर्ष मान्म–कोटबाडा केबुलकार
मान्म कोडबाडा केबुलकार सम्भाव्यता अध्ययनमै सीमित रहेको छ । सदरमुकाम मान्मको कोटदरबारदेखि कोडबाडा जोड्ने दुई हजार एक सय ५७ मिटरको दूरीमा रहने केबुलकारको डिपिआर तयार गरे पनि अहिलेसम्म यसको निर्माणमा भने अन्यौलता रहेको छ ।
‘न्यायपालिकालाई सक्षम बनाउन पहल गरिरहने’
प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायपालिकालाई सक्षम र सुधार गर्न निरन्तर पहल गरिरहेको बताउनुभएको छ। प्रधान न्यायाधीश श्रेष्ठले सक्षम र सुदृढ न्यायपालिका बनाउन आफ्नो प्रयास जारी रहेको चर्चा गर्दै आमनागरिकमा न्यायपालिका एउटा आस्थाको केन्द्रका रूपमा स्थापित हुनुपर्ने बताउनुभयो । उहाँले नेपाल बार एसोसिएसनको सुर्खेतमा शुक्रबार आयोजित केन्द्रीय साधारण सभामा यस्तो धारणा व्यक्त गर्नुभएको हो ।
अध्ययनमै १५ वर्ष अधुरै डिपिआर
प्रसिद्ध धार्मिकस्थल बडीमालिका मन्दिर यात्रालाई सहज बनाउने गरी निर्माण गरिने भनिएको केबुलकार सम्भाव्यता अध्ययनमै सीमित भएको छ । कालीकोट सदरमुकाम मान्म–कोडबाडा २.१५७ किलोमिटर लामो दुरीको केबुलकारको अध्ययन गर्न नै १५ वर्ष लागेको थियो । नरहरिनाथ गाउँपालिका–१ मा रहेको सुनथराली विमानस्थलसम्म पुग्न र विमानस्थलबाट सरमुकाम मान्म पुग्न छिटोछरितो र सहज होस् भन्ने उद्देश्यले केबुलकार निर्माण योजना अघि सारिएको थियो ।
पर्यटक लोभ्याउने स्यार्पुताल (फोटो फिचर)
असोज ११ गतेदेखि रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका ३ मा “स्यार्पू, पर्यटन तथा व्यापार महोत्सव” चलिरहेको छ । कर्णाली प्रदेशकै प्रमुख पर्यटकीय स्थलको रूपमा रहेको स्यार्पुतालको छेउमै महोत्सव गरिनुको मुख्य कारण यही “स्यार्पुताल” हो ।
सल्यानमा जिप दुर्घटना, १५ जना घाइते
सल्यानमा जिप दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । जिल्लाको छत्रेश्वरी गाउँपालिका –५ तिर्थपोलेस्थित भित्रि कच्ची सडकमा जिप दुर्घटनामा परेको हो ।
एमाले कर्णालीको निर्वाचन : मतदान भोलि
नेकपा (एमाले) कर्णाली प्रदेशको नेतृत्व छनोटका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरिएको छ । नयाँ नेतृत्व छनोटका लागि नेताहरुबीच सहमती नजुटेपछि मतदान प्रक्रिया सुरु गरिएको हो । निर्वाचन तालिकालाई बन्दसत्रले पारित गरेको छ ।
औद्योगिक ग्राम निर्माणकार्य अति सुस्त
संघीय सरकारले आर्थिक वर्ष २०७६–७७ बाट औद्योगिक ग्राम निर्माण योजना ल्याएको थियो । ‘एक स्थानीय तह, एक औद्योगिक ग्राम’ नीतिअन्तर्गत कार्यक्रम अघि बढाएको छ । तर यसको कार्यान्वयन निकै सुस्त छ ।
रुकुम पश्चिममा आयोडिनयुक्त नुन खाने बढे
रुकुम पश्चिमा पछिल्लो समय आयोडिनयुक्त नुन प्रयोग गर्नेको सङ्ख्या बढ्दै गएको छ । जिल्लाका छवटै स्थानीय तहमा आयोडिन नुनका प्रयोगकर्ताको सङ्ख्या बढ्दै गएको नेपाल साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड, डिपोे कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
डोल्पामा अरिँगालको टोकाइबाट युवकको मृत्यु
डोल्पामा अरिँगालको टोकाइबाट एक जना युवकको मृत्यु भएको छ । त्रिपुरासुन्दरी नगरपालिका–६ फुल्चिङ गाउँका ३२ वर्षीय तिलक चलाउनेको मृत्यु भएको हो ।
‘ऐन, कानुन निर्माणमा माफिया हाबी’
कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले ऐन, कानुनले जनपक्षीयभन्दा माफियाका लागि सहज हुँदा भने जस्तो विकास गर्न नसकिएको बताउनुभएको छ । मुख्यमन्त्री शर्माले चुस्त र गुणस्तरीय काम गर्न कानुनले असहज बनाएको चर्चा गर्दै ऐन, कानुन निर्माण नै माफियाले गर्छन् कि जस्तो आफूलाई लागिरहेको बताउनुभयो ।
आरक्षण सिट कार्यान्वयन गरिने
जुम्ला सार्वजनिक यातायातमा ज्येष्ठ नागरिक, महिला र अपाङ्गता भएका व्यक्तिलाई आरक्षण सिट छुट्याइने भएको छ। जिल्ला प्रशासन कार्यालय जुम्लामा बसेको बैठकमा आरक्षण सिट कार्यान्वयन गरिने सहमति भएको छ। प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेका अनुसार आरक्षण सिटसहित पहिले नै निर्णय गरिएको भाडादर कार्यान्वयन गरिने निर्णय भएको छ। दुर्गममा सिट आरक्षण नहुँदा ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिले बारम्बार गुनासो गरेपछि सो छलफल आयोजना गरिएको हो।
एमाले कर्णालीको बन्दसत्र सुरु
नेकपा (एमाले) कर्णाली प्रदेशको प्रथम अधिवेशनमा बन्दसत्र सुरु भएको छ । बुधबार पार्टी अध्यक्ष केपी शर्मा ओलीले अधिवेशनको उद्घाटन गर्नुभएको थियो । बिहीबार बिहान ८ बजेदेखि सुरु हुने भनिए पनि साँझ ५ बजेदेखि मात्र बन्दसत्र सुरु भएको हो ।
बिजनेसविहीन भयो प्रदेश सभा
असोज ५ गते शुक्रबार बसेको प्रदेश सभाको ३६ औँ बैठकमा संविधान सभा अध्यक्ष, प्रतिनिधि सभा सदस्य तथा नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गरेर सकियो ।
प्रधानमन्त्रीको चीन भ्रमणमा महत्त्वपूर्ण सम्झौता भएका छन् : कावा प्रधानमन्त्री खड्का
कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले मुलुकको विकास र समृद्धिका लागि प्रधानमन्त्रीको चीन भ्रमणमा महत्त्वपूर्ण सम्झौताहरू भएको बताउनुभएको छ ।
ओझेलमा छन् पर्यटन पूर्वाधार योजना
तीन तहका सरकारको प्राथमिकतामा पूर्वाधार विकास निर्माणका योजना धमाधम अगाडि सारिएको छ । तर सरकारले आवश्यकता र प्राथमिकीकरण गर्न नसक्दा योजनाको कार्यान्वयन निकै कमजोर छ ।
बनेन सम्पदा प्रवर्धन योजना
ऐतिहासिक, पुरातात्त्विक, सांस्कृतिक तथा धार्मिक हिसाबले महत्त्वपूर्ण दैलेखको एकीकृत पर्यटन प्रवर्धनको खासै योजना बन्न सकेको छैन। दैलेखमा नेपाली भाषाको पहिलो शिलालेख, कोतगढी, पञ्चदेवल, पानीमाथि आगो बल्ने ज्वाला र कला एवं सा.स्कृतिक महत्त्वका अनगन्ती सम्पदा छन्। तथापि तिनको संरक्षण र पर्यटकीय आकर्षणका रूपमा समेत संरक्षण गर्न सकिएको छैन। दैलेखमा वार्षिक कति पर्यटक भित्रिन्छन् भन्ने यकिन तथ्याङ्कसमेत कुनै पालिका र जिल्लामा छैन। तथापि पछिल्ला वर्षमा दैलेखमा पर्यटकीय स्थलको अवलोकन गर्ने आन्तरिक तथा बाह्य पर्यटक बढ्दै गएको देखिन्छ। स्थानीय सरकारले पर्यटकीय स्थलको संरक्षण, प्रचारप्रसारसँगै अवलोकनमा आएका पर्यटकको तथ्याङ्क सुरक्षित राखेको समेत पाइन्न।
एमाले सुशासन र विकासको अगुवाइ गर्ने पार्टी हो : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशमा सुशासन र विकासको अगुवाइ गर्ने पार्टी एमाले भएको बताउनुभएको छ ।