कर्णाली प्रदेशको स्वास्थ्य सेवा अवस्था सुधारोन्मुख
कर्णालीको स्वास्थ्य अवस्था विगतका वर्षहरूको तुलनामा सुधारोन्मुख हुँदै गएको पाइएको छ । सरकारी तथा गैरसरकारी निकायले सञ्चालन गरेका स्वास्थ्यसम्बन्धी विभिन्न कार्यक्रमबाट स्वास्थ्य अवस्था सुधार हुँदै गएको जनाइएको हो । स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतले आर्थिक वर्ष २०७९/८० मा सम्पादित कार्यक्रमको वार्षिक समीक्षामा विगतको तुलनामा कर्णालीको स्वास्थ्य क्षेत्रमा सुधार हुँदै गएको जनाएको छ । यो आर्थिक वर्षमा स्वास्थ्य क्षेत्रमा सुधारको भौतिक प्रगति ७६ प्रतिशत रहेको छ । जब कि अघिल्लो वर्ष ५६ प्रतिशत मात्रै थियो । स्वास्थ्य सेवा निर्देशक डा. रविन खड्काले विभिन्न कार्यक्रमका कारण अघिल्ला वर्षहरूको तुलनामा यो वर्ष केही सुधार हुँदै गएको दाबी गर्नुभयो ।
खानपान सिकाउने पुस्तिका निस्कँदै
कर्णालीवासीलाई रैथाने बालीका परिकार बनाएर खाने तरिका सिकाउने योजना कर्णाली प्रदेश सरकारको छ । कर्णालीका बालबालिकामा पौष्टिक तत्त्वको कमीका कारण कुपोषण बढेपछि यस्तो उपाय निकालिएको हो । कर्णाली प्रदेश योजना आयोगले असल खानपानसम्बन्धी सचेतना पुस्तिका प्रकाशन गरेर परिकार बनाउने र खाने तरिका सिकाउने भएको छ । कर्णालीमा खाद्यान्न अभाव हुने गरे पनि स्थानीय उत्पादनका परिकारको प्रयोगमा कमी छ । पुस्तिकामा पोषणको परिचय, कर्णाली प्रदेशमा उत्पादन हुने खाद्यान्न, त्यसमा पाइने पौष्टिक तत्त्व, उपभोग गर्ने तरिका, रैथाने बाली तथा पशुपन्छी, खाद्य सुरक्षाको अवस्था, प्राङ्गारिक कृषि र मानव स्वास्थ्य, असल खानपान प्रयोग गर्ने तरिका, खाने शैली, बनाउने उपाय जस्ता विषयमा जानकारी दिइएको छ ।
भित्र्याउने बेलाको मार्सीधानमा ‘ब्लाष्ट’ रोगको सङ्क्रमण
जुम्लाको तातोपानी गाउँपालिकाको मार्सीधानबालीमा ब्लाष्ट रोगको सङ्क्रमण देखापरेको छ । भित्र्याउन लागेको याममा रोगले धानबालीलाई सखाप पारेपछि किसान चिन्तित बनेका छन् ।
हिमा नदीको किनारमा पाक्दै मार्सी धान
जुम्लाको हिमा नदीको किनारमा रहेको फाँटमा सिंजा गाउँपालिकाका स्थानीयले लगाएको पाक्न थालेको धान ।
हिमा नदीको किनारमा रहेको फाँट
जुम्लाको हिमा नदीको किनारमा रहेको फाँटमा सिंजा गाउँपालिकाका स्थानीयले लगाएको पाक्न थालेको धान ।
भूउपयोग नीति कार्यान्वयनमा प्रतिबद्ध छौँ : मन्त्री शर्मा
भूउपयोग नीति कार्यान्वयनका लागि प्रतिबद्ध रहेको कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री भीमप्रकाश शर्माले बताउनुभएको छ ।
कात्तिक १ देखि स्याउ टिप्न पाइने
हिमाली जिल्ला हुम्लाको माथिल्लो क्षेत्रमा कात्तिक १ गतेदेखि मात्र पाकेको स्याउ टिप्न पाइनेभएको छ । गुणस्तरीय स्याउ बजारमा ल्याउन यो नियम ल्याइएको हो ।
कर्णाली प्रदेश सभाको दोस्रो अधिवेशन अन्त्य: दुई वटा विधेयक पारित
कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको दोस्रो अधिवेशन अन्त्य गरिएको छ । अधिवेशनअन्तर्गतको बैठकबाट कर्णाली प्रदेश प्रतिष्ठान विधेयक र प्रदेश निजामती कर्मचारी विधेयक सर्वसम्मत पारित गरिएको छ ।
अरिङ्गालले चिल्दा दुईको मृत्यु, एक घाइते
जाजरकोटको कुशे गाउँपालिकामा अरिङ्गालको चिल्दा दुई बालिकाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
तुर्मालिन, काइनाइट, क्वार्ज जस्ता पत्थरबाट आम्दानी लिन पाइएन
जाजरकोटको कुशे गाउँपालिका पर्यटकीय क्षेत्रका रूपमा परिचित छ । कृषि, पर्यटन र खानी खनिजका क्षेत्रमा विकासको फड्को मार्दै गरेको कुशे गाउँपालिकाको दोस्रो कार्यकालको अध्यक्षका रूपमा हरिचन्द्र बस्नेत हुनुहुन्छ । प्रस्तुत छ, नेपाली कांग्रेसका तर्फबाट अध्यक्षमा निर्वाचित बस्नेतसँग गोरखापत्रका जाजरकोट समाचारदाता सहदेव बस्नेतले गर्नुभएको कुराकानी :
सडकमा सकस
वीरेन्द्रनगर सुर्खेतका प्रायः सडक अपाङ्गता भएका व्यक्तिलाई हिँडडुल गर्न सहज छैनन् । मङ्गलगढी–गणेशचोक मुख्य सडकमा दायाँबायाँ जाने सडक अपाङ्गतामैत्री छैनन् । मुख्य सडकभन्दा अग्लो तहमा रहेका दायाँबायाँका साइड सडकमा अपाङ्गता भएका व्यक्तिलाई हिँडेरै जानसमेत मुस्किल भएको छ । उक्त सडक मात्र हैन वीरेन्द्रनगरका कुनै पनि सडक अपाङ्गतामैत्री छैनन् । अप्ठ्यारो खालको सडक संरचना र खाल्डाखुल्डीले अपाङ्गता नभएका व्यक्तिलाई समेत यात्रामा सकस भएको छ ।
प्रदेश सभाको बजेट अधिवेशन अन्त्य
कर्णाली प्रदेश सभाको बजेट अधिवेशन अन्त्य भएको छ । सोमबार प्रदेश सभाको दोस्रो कार्यकालको दोस्रो तथा बजेट अधिवेशनको ३९ औं बैठक बसेर अधिवेशन अन्त्य भएको हो ।
प्रदेश निजामती विधेयक पारित
कर्णाली प्रदेश निजामती विधेयक सर्वसम्मतले पारित भएको छ । सोमबार बसेको प्रदेश सभाको बैठकबाट कर्णाली प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्तसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत पारित गरेको हो ।
पक्की पुल बगाएदेखि नागरिकलाई सास्ती
मुस्किलले निर्माण भएर अन्तिम चरणमा पुगेको तिलागुफा नगरपालिका वडा ९, १० र ११ जोड्ने भैसीगौडा पक्की पुल बाढीले बगाएपछि अहिले स्थानीयलाई आवत–जावतमा समस्या परेको छ ।
‘नयाँ घर बनाउन आउँछु भन्थ्यो, हामीलाई रुवाएर गयो’
शारदा नगरपालिका –३ साहुटोल अहिले शोकमय छ । गाउँको तिक्ष्ण, मेहनती युवा अध्ययनका लागि इजरायल पुगेका प्रवेश भण्डारीको निधनको खवरसँगै गाउँ शोकमय बनेको हो ।
जाजरकोट–जुम्ला सुरुङमार्ग : प्रि–फिजिबिलिटी अध्ययनमै अलमल
जाजरकोटदेखि जुम्ला जोड्ने सुरुङमार्ग निर्माणको योजना अघि बढ्न सकेको छैन । आयोजनाको ‘प्रि–फिजिबिलिटी’ अध्ययनमै अलमल देखिएको छ ।
बुवाको गोलीले ज्यान लियो, तीन बच्चाको बिचल्ली
कालिकोटको नरहरिनाथ गाउँपालिका वडा नं ६ मा स्थानीय निर्वाचन २०७४ मा गोली चल्यो । निर्वाचन बहिस्कार गर्ने नेकपा समूह र सरकारी पक्ष बिचको दोहोरो गोली हानाहानमा माल्कोटका दानबहादुर बटालालाई गोली लाग्यो र घाइते हुनुभयो ।
मर्मत भएन भत्केको सडक
रास्कोट अस्पताल आउजाउ हुने सडक भत्केको वर्षौं बित्दा पनि मर्मत हुन सकेको छैन। सडक मर्मत नहुँदा बिरामी तथा सेवाग्राहीलाई आउजाउ गर्न समस्या भएको छ । गत वर्ष असोजमा परेको अविरल वर्षाले रास्कोट नगरपालिका–२ देखि रास्कोट अस्पताल जोड्ने सडकका विभिन्न स्थानमा पहिरोले क्षति पु¥याएको थियो ।
कर्णाली र रत्न राजमार्ग मर्मत गरिँदै
कर्णाली राजमार्ग र रत्न राजमार्ग आवधिक मर्मत गरिने भएको छ। सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले दुवै राजमार्गमा गरी करिब ४० किलोमिटर सडकमा आवधिक मर्मतको काम गर्ने भएको हो । नेपाल सरकारको १५ प्रतिशत र विश्व बैङ्कको ८५ प्रतिशत आर्थिक साझेदारीमा राजमार्गका सडक मर्मत गर्न लागिएको छ ।
पलाँतामा ७७ जना आँखाका बिरामीको शल्यक्रिया
कालीकोट जिल्लाको पलाँता गाउँपालिकामा ७७ जना आँखाका बिरामीको शल्यक्रिया गरिएको छ । गाउँपालिकाको समन्वयमा चलेको आँखा शिबिरमा मोतीबिन्दु भएका ७७ जना आँखाका बिरामीको शल्यक्रिया भएको हो ।
जिप दुर्घटनाका घाइते तीन जनालाई हवाईद्वारा उद्धार
हुम्लाको सिमकोट गाउँपालिका–५ मा भएको जिप दुर्घटनाका तीन घाइतेलाई हवाई साधनद्वारा उद्धार गरिएको छ ।
सासूको हत्या आरोपमा बुहारी पक्राउ
सासूको हत्या गरेको आरोपमा प्रहरीले बुहारीलाई पक्राउ गरेको छ । सासूको हत्याको आरोपमा १८ वर्षीया बुहारी शर्मिला बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको हो ।
गोरखामा एकैदिन दुईवटा सहरी स्वास्थ्य केन्द्र सञ्चालन
गोरखाको पालुङटार नगरपालिकामा थप दुईवटा सहरी स्वास्थ्य केन्द्र स्थापना गरी सञ्चालनमा ल्याइएको छ ।
एमयूद्वारा क्लिनिकल लिगल एजुकेसन कार्यक्रम
मध्यपश्चिम विश्वविद्यालय (एमयू) ले क्लिनिकल लिगल एजुकेसन कार्यक्रम सञ्चालन गर्ने भएको छ । कानुन सङ्कायअन्तर्गत स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूको अनुसन्धानको दायरा फराकिलो बनाउन कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।