कर्णाली–सुदूरपश्चिम बस सेवा सञ्चालन
सुर्खेतको बावियौचारदेखि सुदूरपश्चिम प्रदेशमा जोड्ने बस सेवा सञ्चालनमा आएको छ । पञ्चपुरी नगरपालिकादेखि सुदूरपश्चिम प्रदेशको कैलालीसम्म नियमित यातायातका साधनहरू शुक्रबारदेखि सञ्चालनमा आएको हो ।
कर्णाली प्रदेश सम्पन्न भए, मुलुक समृद्ध बन्छ : उपप्रधानमन्त्री खड्का
उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले कर्णाली प्रदेशलाई सम्पन्न बनाउन सकेमात्रै मुलुक समृद्ध बन्ने बताउनुभएको छ ।
मध्यपश्चिम विश्वविद्यालयको बेरुजु एक अर्ब
एक दशकको अवधिमा मध्यपश्चिम विश्वविद्यालयको बेरुजु एक अर्ब १२ करोड ५८ लाख ७७ हजार पुगेको छ । विश्वविद्यालय प्रशासनले सुर्खेतको वीरेन्द्रनगरस्थित शुक्रबार केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन कार्यक्रममार्फत बेरुजु अवस्था सार्वजनिक गरेको हो ।
दुई वर्षमा सक्नुपर्ने पुल छ वर्षदेखि अलपत्र, तीन पटक म्याद थप
कर्णाली कोरिडोर अन्तर्गतको सिमकोट हिल्सा सडकमा पर्ने नाम्खा गाउँपालिका– २ र ४ को सिमानामा पर्ने सल्ली खोलको पक्की पुल छ वर्ष विते पनि निर्माण सम्पन्न हुन सकेको छैन ।
महिनावारीमा ‘पर होइन घर’
कर्णाली प्रदेशका स्थानीय तहले महिनावारीको समयमा महिला तथा किशोरीलाई ‘पर होइन घर’ राख्ने प्रतिबद्धता जनाएका छन् । मर्यादित महिनावारी व्यवस्थापनसम्बन्धी सुर्खेतमा आयोजित दुईदिने भेलामा कर्णाली प्रदेशका जनप्रतिनिधिले यस्तो प्रतिबद्धता जनाएका हुन् । भेलाले मर्यादित महिनावारी व्यवस्थापनका लागि १२ बुँदे सुर्खेत घोषणापत्रसमेत जारी गरेको छ ।
राजमार्गमा महावै जोड्ने प्रयास
जिल्लाको महावै गाउँपालिका कर्णाली राजमार्गसँग अझै प्रत्यक्ष जोडिइसकेको छैन । गाउँपालिकालाई राजमार्गसँग जोड्न तिला नदीमा पुल निर्माण गर्नुपर्ने वा छिमेकी शुभकालिका गाउँपालिका हुँदै सडक जोड्नु पर्छ । बिचमा तिला नदीले बार लगाएका कारण अहिले पनि महाबै गाउँपालिका राष्ट्रिय राजमार्गसँग जोडिन सकेको छैन ।
नेपाली कांग्रेस नेपाली जनताको सुख दुःखको साथी : उपसभापति खड्का
नेपाली कांग्रेसका उपसभापति तथा उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले कांग्रेस पार्टी नेपाली जनताको सुख दुः खको साथी पार्टी भएको बताउनुभएको छ । नेपाली कांग्रेस जजरकोटको जिल्ला सम्मेलनको आज उद्घाटन गर्दै उपसभापति खड्काले अहिले नेपाली जनता र मतदाताले नेपाली कांग्रेसलाई तीन वटै तहमा पहिलो दल बनाएको उल्लेख गर्नुहुँदै कांग्रेस पनि त्यहि जनताको मतको सम्मान गर्दै सबै जनताको सुख दुः खको साथी पार्टी भएर काम गर्नुपर्ने बताउनुभयो ।
सिमकोट–हिल्सा सडकलाई अस्थायी रुट दिन सिफारिस
हाल यातायातका साधनहरु सञ्चालनमा रहेको सिमकोट–हिल्सा सडक खण्डलाई अस्थायी रुट परमिट प्रदान गर्न सडक अनुगमन समितिले सिफारिस गरेको छ । उक्त सडकको सिमकोटबाट हिल्साखण्डको सडकको स्थलगत अनुगमन गरेको टोलीले अस्थायी रुट परमिट प्रदान गर्न उपयुक्त हुने निष्कर्ष निकाल्दै सिफारिस गरेको हो ।
नलगाड जलविद्युत कम्पनीसँग सम्झौता
नेपाल विद्युत प्राधिकरण कर्णाली प्रदेश र नलगाड हाइड्रोपावर कम्पनीबीच सम्झौता भएको छ । उक्त कम्पनीले निर्माण गर्न लागेको ताक्सुगाड जलविद्युत आयोजनाको विद्युत खरिद बिक्रीका लागि दुई निकायबीच सम्झौता भएको हो ।
संविधानमाथि प्रहार भइरहेको छ : उपप्रधानमन्त्री खड्का
उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले विभिन्न बहानामा संविधानमाथि प्रहार भइरहेको बताउनुभएको छ ।
जाजरकोटमा डेंगुको प्रकोप बढ्दै
जाजरकोटको भेरी नगरपालिकामा डेंगुको प्रकोप बढ्दै जाँदा स्थानीय त्रसित देखिएका छन् । भेरी नगरपालिकाको वडा नम्बर ९, ११, १२ र १३ मा डेंगुको प्रकोप फैलिएको छ ।
कर्णाली पूर्ण खोपयुक्त
कर्णालीका १० जिल्लामा ३४ हजार ६७१ बालबालिकामा पूर्ण खोप लगाइएपछि बिहीबार पूर्ण खोपयुक्त प्रदेश घोषणा गरिएको छ । कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री खड्कबहादुर पोख्रेल, स्वास्थ्य मन्त्रालय स्वास्थ्य सेवा विभागका महानिर्देशक सङ्गीता मिश्र, प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. रविन खड्काको उपस्थितिमा पूर्ण खोपयुक्त प्रदेश घोषणा गरिएको छ । मन्त्री पोख्रेलले कर्णालीका सबै बालबालिकालाई अनिवार्य लगाइनुपर्ने सबै खोप लगाएपछि प्रदेशलाई पूर्ण खोपयुक्त घोषणा गरिएको जानकारी दिनुभयो ।
खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक छनोट
जिल्लाको सान्नीत्रिवेणी गाउँपालिकाले सामुदायिक विद्यालयको प्रधानाध्यापक छनोट खुला प्रतिस्पर्धाबाट गरेको छ । गाउँपालिका अध्यक्ष र जनप्रतिनिधिको नजिक भएको व्यक्तिले जिम्मेवारी पाउँदै आएको पुरानो परम्परालाई तोड्दै गाउँपालिकाले खुला प्रतिस्पर्धा गराएर प्रधानाध्यापकको छनोट गरेको हो । पूर्वजनप्रतिनिधि ध्वजबहादुर शाहीले पालिकाले यस्तै मन जित्ने र निःस्वार्थ काम गर्नुपर्ने सुझाव दिनुभयो । प्रधानाध्यापकको छनोट जुन असल नियतबाट भएको छ, त्यसप्रति धन्यवाद व्यक्त गर्दै उहाँले अन्य पालिकाले पनि यस्तै गर्नुपर्नेमा जोड दिनुभयो ।
सम्बन्धन नपाउँदा क्याम्पस भवन प्रयोगविहीन
पश्चिम सुर्खेतको चौकुने गाउँपालिका–७, अमलटाकुरास्थित कृषि क्याम्पसले सम्बन्धन नपाउँदा अत्याधुनिक भवन प्रयोगविहीन बनेको छ। कृषि क्याम्पस सञ्चालनका लागि सो स्थानमा २०७५ साल भदौदेखि भौतिक संरचना निर्माणको काम थालिएको थियो। हाल त्यहाँ दुई वटा भवन निर्माण सम्पन्न भएका छन्। उक्त प्रस्तावित क्याम्पस सञ्चालनका लागि बजेट जुटाउन महायज्ञ सञ्चालन गरिएको थियो। २०७६ साल कात्तिक २२ देखि २९ गतेसम्म महायज्ञ लगाएर डेढ करोड रकम सङ्कलन गरिएको थियो । सो रकम भवन निर्माणका लागि जग्गा खरिदमा खर्च गरिएको जनाइएको छ ।
‘जुम्लाकी भाउकन’ तयार
हुम्लाका युवाले पर्यटकीय क्षेत्र र मौलिक पहिचान झल्किने दृश्य समेटेर ‘जुम्लाकी भाउकन’ म्युजिक भिडियो तयार पारेका छन् । जिल्लाभित्रका गाउँ गाउँ प्रचारप्रसार हुन नसकेका पर्यटकीय स्थल र मौलिकता झल्किने दृश्य भिडियोमा कैद गरेका छन् । भिडियोमा ‘फेसबुकैमा माया बस्यो’ बोलको गीतको छायाङ्कन गरिएको हो । सर्केगाड गाउँपालिका–६ को पर्यटकीय क्षेत्र सिताङ र बराई गाउँमा छायाङ्कन गरिएको भिडियोको दृश्यले मौलिक पहिचान झल्काइदिएको छ ।
उर्वर उमेरमा कुलतमा फस्नु राष्ट्रका लागि हानिकारक : रक्षामन्त्री खड्का
उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले कर्णाली प्रदेशमा लागू औषधविरुद्धको लालटिन अभियानको शुभारम्भ गर्नुभएको छ ।
मनपरी भाडाले यात्रु मर्कामा
यात्रुको चाप बढ्ने समयमा स्थानीय यातायात व्यवसायीको मनपरी यसपालि पनि देखिन थालेको छ । दसैँतिहार, नयाँ वर्ष वा अन्य कुनै बेला पनि यात्रु केन्द्रित समयमा यातायात व्यवसायीले मनपरी भाडा असुल्ने र यात्रुमाथि पशुको जस्तै व्यवहार गर्ने गरेका छन् । काठमाडौँबाट कालीकोट आउने यात्रुले जुम्ला पुग्न टिकट लिन बाध्य बनाइएको छ । यातायात व्यवसायी तथा टिकट काउन्टरका कर्मचारीले यस्तो बाध्यता सिर्जना गरेका हुन् । लामो दुरीका सुर्खेत, कालीकोट, जुम्लाका लागि छुट्ने
भू–उपयोग नीति हस्तान्तरण
कर्णाली प्रदेश सरकारलाई भू–उपयोग नीति हस्तान्तरण गरिएको छ । संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (युएनडिपी) का सहायक आवासीय प्रतिनिधि विजय सिंहले उक्त नीति, योजना तथा निर्देशिका भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. नरहरिप्रसाद घिमिरेलाई मङ्गलबार हस्तान्तरण गर्नुभएको हो । भू–उपयोग नीति, योजना तथा निर्देशिकाका बारेमा सहकारी मन्त्रालयका प्रवक्ता धनबहादुर कठायतले सङ्क्षिप्त जानकारी दिनुभयो ।
डिपिआर संशोधन गरिने
नरहरिनाथ वन विज्ञान क्याम्पसको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) संशोधन गर्ने तयारी गरिएको छ । पश्चिम सुर्खेतको चौकुनेस्थित प्रस्तावित नरहरिनाथ वन विज्ञान क्याम्पसको पूर्वाधार निर्माणका लागि डिपिआर संशोधन गर्न लागिएको हो । नयाँ लागत मूल्य, केही योजना परिमार्जनसहित पूर्वाधार निर्माणको कामलाई अघि बढाउन डिपिआर संशोधन गर्न लागिएको चौकुने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अध्यक्ष खड्क विकले यो वर्ष नै डिपिआर संशोधन गरिने बताउनुभयो । उहाँका अनुसार डिपिआर अद्यावधिक गर्दा नयाँ लागत मूल्यको निर्धारण हुने छ । त्यसका लागि पालिकाले समेत केही बजेट विनियोजन गरेको छ ।
सदस्य र मन्त्रीकै उपस्थिति कम
कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको दोस्रो अधिवेशन अर्थात् बजेट अधिवेशन सोमबारदेखि अन्त्य भएको छ । यस बजेट अधिवेशनमा ३९ वटा बैठक बसेका छन् । उक्त बैठकमा प्रदेश सभा सदस्यको उपस्थित हेर्ने भने न्यून देखिन्थ्यो । सबैभन्दा कम उपस्थित हुने प्रदेश सभा सदस्यमा जाजरकोटका राजीवक्रिम शाह रहनुभएको छ । प्रदेश सभा सचिवालयका अनुसार उहाँ ३९ वटा बैठकमा छ दिन मात्रै उपस्थित हुनुभएको छ ।
चामलमा अनुदानले बिक्री बढ्यो
दसैँतिहार र छठसम्म सरकारले सरकारी स्वामित्वको निकाय खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत वितरण हुने चामलमा छुट दिएपछि बिक्री बढेको छ । सरकारी अनुदानले प्रतिकिलो चामलमा सात रुपियाँ घटेपछि उपभोक्ता चामल लिन लाइन लाग्न थालेका छन् । असोज २१ गतेबाट अनुदानमा वितरण हुन थालेको जिरा मसिनो चामल चार दिनमा दुई सय क्विन्टल बेचिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मान्म शाखाका वितरक कर्णप्रसाद आचार्यले चार दिनमा दुई सय क्विन्टल चामल वितरण भएको बताउनुभयो । प्रतिकिलो सात रुपियाँ घट्दा २५ किलो चामलको बोरामा साबिकको मूल्यभन्दा १७५ रुपियाँ कम हुँदा उपभोक्ता खुसी पनि भएका छन् ।
अख्तियारमा कर्णाली प्रदेशबाट स्थानीय तहका उजुरी धेरै
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कर्णाली प्रदेश सुर्खेतले कर्णाली प्रदेश प्रमुख तिलक परियारसमक्ष वार्षिक प्रतिवेदन पेश गरेको छ । उक्त प्रतिवेदन चार सय ७४ पृष्ठको छ ।
सेवा प्रवाहलाई सेवाग्राही मैत्री बनाउनुपर्छ : उपप्रधानमन्त्री खड्का
उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले कर्णालीमा पीडित सहायता कक्ष र ट्राफिक सचेतना अभियानको शुभारम्भ गर्नुभएको छ ।
महँगीले जनताको चुलो बल्न मुस्किल भयो : नेता सुवाल
नेपाल मजदुर किसान पार्टीका सचिव तथा प्रतिनिधि सभा सदस्य प्रेम सुवालले बजार महँगीले नागरिकको चुलो बल्न बन्द हुने अवस्थामा पुगेको बताउनुभएको छ ।