एउटै नम्बरका दुई मोटरसाइकल सहित दुई जना पक्राउ
कालिकोट सदरमुकाम मान्ममा एकै नम्बर प्लेट भएका दुई मोटरसाइकल सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
अटो दुर्घटनामा पाँच घाइते, एकको अवस्था गम्भीर
रुकुमपश्चिमको मुसिकोट नगरपालिका –४ बोहरागाउँमा अटो दुर्घटना भएको छ । मुसिकोट नगरपालिका १ खलङगाबाट वडा ४ सोलाबाङ्गतर्फ जाँदैगरेको रा १ ह ७३०९ नम्वरको अटो आज दिउँसो साढे ४ बजेको समयमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
मुगुको मुन्दुगाउँमा चार जनाको हत्या
मुगुको छायाँनाथ रारा नगरपालिका –६ स्थित मुन्दु गाउँमा चार जनाको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक विरेन्द्र थापाका अनुसार धारिलो हतियार प्रहार गरी रातिको समयमा एकै घरपरिवारका चार जनाको हत्या गरिएको छ ।
हुम्लामा विद्युत् सेवा अवरुद्ध
बिहीबार रातिदेखि हिमाली जिल्ला हुम्लामा विद्युत् सेवा अवरुद्ध भएको छ । विद्युत् आपूर्ति बन्द भएपछि हुम्लाको सदरमुकाम सिमकोटसहितका दुई वटा गाउँपालिकाका बासिन्दा अँध्यारोमा बस्न बाध्य भएका छन् ।
तीनै तहको सरकार जनतातिर फर्कनुपर्छ : मुख्यमन्त्री शर्मा
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले तीनै तहका सरकार जनतातिर फर्किनुपर्ने बताउनुभएको छ । उहाँले स्थानीय, प्रदेश र संघीय सरकार जनमैत्री भएमा मात्रै बदलिएको व्यवस्थाको अनुभूति जनताले गर्न पाउने बताउनुभयो ।
देउडा संरक्षणका लागि संस्कृति मञ्च सक्रिय
देउडाको संरक्षणका लागि हुम्लाको सिमकोट गाउँपालिकामा देउडा संस्कृति मञ्च लागिपरेको छ । मञ्चले प्रत्येक महिना देउडा गीत गाउने कार्यक्रम आयोजना गर्ने गरेर यसको जगेर्नामा लागेको हो ।
भीरबाट लडेर दुई जनाको मृत्यु
कालीकोटमा छुट्टाछुट्टै घटनामा दुई जनाको ज्यान गएको छ । खाडाँचक्र नगरपालिका वडा २ का वर्ष २८ का सर्जन पाण्डे र सान्नीत्रिवेणी गाउँपालिका वडा ५ का ६५ वर्षीय लाले तिरुवाको भिरवाट लडेर मृत्यु भएको हो ।
चाडवाडमा मात्र प्रहरीले नियन्त्रणमा लिन्छ घरेलु मदिरा
जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी चौकीले चाडवाडका बेला घरेलु मदिरा नियन्त्रण अभियान थाल्ने गरेका छन् । सरकारले कानुनी रुपमा अवैध मान्दैआएको घरेलु कच्चा पदार्थबाट गाउँ तथा वजारमा उत्पादन हुने मदिरालाई नियन्त्रण गर्न प्रहरीले चाडपर्वमा अभियान चलाउने गरेको हो ।
भ्रष्टाचारबिरुद्धको अभियान रोकिने छैन : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले सुरु गरेको भ्रष्टाचारबिरुद्धको अभियान नरोकिने बताउनुभएको छ ।
अनुदान शिक्षकले पाएनन पारिश्रमिक
वडादसैंमा अनुदानमा पारिश्रमिक पाउँदैआएका शिक्षकहरुले पारिश्रमिक नपाएको गुनासो गरेका छन् । गाउँपालिकाले हिसाव मिलान नभएको कारण जनाउँदै शिक्षकहरुलाई दसैंजस्ता चाडमा पनि पारिश्रमिक नदिएको हो ।
दसैंमा सात करोडभन्दा बढीको खसी–भेडा बिक्री
यस पटकको दसैंमा हुम्लामा सात करोडभन्दा बढी रुपियाँको खसीभेडा बिक्री भएको पाइएको छ । चीनबाट च्याङ्ग्रा नआउनु र स्थानीय खसीको मुल्य बृद्धि भएका कारण खसी बिक्रीमा बढी आर्थिक कारोवार भएको कृषकको भनाइ छ ।
दसैंमा पनि सडक कालोपत्रेको काम जारी
कालीकोटको रास्कोट नगरपालिका भित्रको मिनि बजारको कामले तिब्रता पाएको छ । दसैंको दिनमा पनि बजारभित्रको सडक कालोपत्रेको काम जारी रहेको छ ।
दसैंको नवमीदेखि सुनसान मान्म सदरमुकाम
कालीकोटको सदरमुकाम मान्मवजार दसैंका बेला प्राय खाली हुन्छ । यसपालि पनि दसैंको नवौ दिनसम्म आकलझुकल मानिसको आउजाउ भएपनि बुधवारका दिन सुनसान छ । बजारमा सुरक्षाकर्मी बाहेक सर्वसाधारणको आवतजावत देखिदैन ।
प्रधानमन्त्री प्रचण्ड बिहीबार रुकुमपश्चिम आउनुहुँदै
प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भोलि बिहीबार रुकुमपश्चिम आउनुहुने भएको छ । जिल्लाको बाँफिकोट गाउँपालिका –६, मग्मामा लाग्ने सहिद स्मृति मेला उद्घाटन तथा सम्बोधनका लागि प्रधानमन्त्री प्रचण्ड रुकुमपश्चिम आउनुहुने भएको हो ।
दार्मा गाउँमा लटरम्मै फल्यो टिमुर
हिमाली जिल्ला हुम्लाको दक्षिणी क्षेत्रको एउटा गाउँमा टिमुर फलेको छ । तीन वर्ष अगाडि बझाङ जिल्लाबाट ल्याएर लगाएको टिमुरको बोट लटरम्मै फलेको हो ।
पहिलो रानीबन गोल्ड कप हुने
यही कात्तिक ११ गतेबाट जिल्ला स्तरीय रानीबन गोल्ड कप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । रानीबन युवा क्लवको आयोजनामा उक्त गोल्ड कप पहिलो पटक सञ्चालन हुन लागेको हो ।
रमेशको हत्या आरोपमा चारबिरुद्ध किटानी जाहेरी
कालीकोटको खाँडाचक्र नगरपालिका १० का रमेश शाहीको मृत्यु प्रकरणमा चार जनाबिरुद्ध किटानी जाहेरी दर्ता भएको छ । शुक्रवार राति संगै मदिरा सेवनपछि कुटपिट गरी हत्या गरेको आरोपमा उनीहरुविरुद्ध जाहेरी परेको हो ।
भुस्याहा कुकुरको बिगबिगी
कात्तिक महिना लागेसँगै सदरमुकाम समेत रहेको सिमकोट बजारमा भुस्याहा कुकुरको बिगबिगी देखिन थालेको छ । किसानले बाली नाली भित्र्याएसँगै खेती लगाएको जग्गामा पशुबस्तु छोडिएपछि सिमकोट बजारमा ती कुकुरहरुको बिगबिगी बढेको हो ।
दसैंका लागि सैपालबाट आइपुगे खसी
बझाङको सैपालबाट दसैंका लागि खसी हुम्ला आइपुगेका छन् । सैपालका खसी गुणस्तरीय हुने पहिचान बनाएका कारण ब्यापारीहरुले वर्षेनी सैपालबाट १५्र दिन पैदल लगाएर हुम्लामा ल्याउने गरिएको हो ।
दार्म जिउला धान पाकेर पहेँलै ( फोटो फिचर )
चङ्खेली गाउँपालिका– २ को दार्म जिउलामा दसैंको रमझमसँगै खेतहरुमा धान पाकेर पहेँलै देखिएका छन् । मार्सी धानका लागि जिउला निक्कै चर्चित रहेको छ ।
घोडा दौड प्रतियोगिता : चौध वर्षीया किशोरी पनि सहभागी
फूलपातीको दिनको अवसर पारेर मनाइदैआएको घोडा दौड प्रतियोगिता यो पटक पनि सम्पन्न भएको छ । कर्णाली कला तथा सास्कृतिक संरक्षण मञ्च जुम्लाको आयोजना तथा चन्दननाथ नगरपालिका र पशुसेवा तथा पशुअस्पताल जुम्लाको प्रायोजनमा घोडा दौड प्रतियोगिता सम्पन्न गरिएको हो ।
पूर्व कमाण्डरको दैनिकी : परिवार पाल्न डोली बोक्नु बाध्यता
कालीकोटको रास्कोट नगरपालिका ३ का जगत फडेरा अहिले भारतको केदारनाथ क्षेत्रमा हुनुहुन्छ । तत्कालीन माओवादी आन्दोलनका लडाकु फडेरा परिवार पाल्न रोजगारी गर्न केदारनाथ पुग्नुभएको हो ।
हुम्लाबासीका लागि आएन दसैंमा नयाँ नोट
राष्ट्र बैङ्कले दसैका लागि नयाँ नोट देशैभर पठाउने भनेको भए पनि हुम्लावासीले नयाँ नोट साट्न पाएनन् । राष्ट्रिय बाणिज्य बैङ्कको सिमकोट शाखाले पहिलेकै अरु नोटको मौज्दात राम्रो भएका कारण नयाँ नोट नल्याएको जनाएको छ ।
सिमकोट हिल्सा सडक सञ्चालनमा लागि अस्थायी रुटपरमिट
र्णाली करिडोरअन्तर्गतको सिमकोट हिल्सा सडकखण्डका लागि मिनी बस सञ्चालन हुन पाउने भएका छन् । यातायात व्यवस्था कार्यालय बीरेन्द्रनगर सुर्खेतले उक्त सडकमा मिनी बस सञ्चालनकका लागि अस्थायी रुटपरमिट प्रदान गर्दा मिनी बस सञ्चालन हुने बाटो खुलेको हो ।