मुगु हत्याकाण्डको सघन अनुसन्धान हुँदैछ : प्रदेश प्रहरी
छायाँनाथ रारा नगरपालिका–६ मन्दु गाउँमा वंश नाश हुने गरी एकाघरका चारजनाको बिभत्स हत्या भएको घटनाको सघन अनुसन्धान भइरहेको छ ।
नागरिकतामा हस्ताक्षर गर्ने अधिकारी नहुँदा हुम्लीलाई सास्ती
नागरिकताको प्रमाणपत्रमा हस्ताक्षर गर्ने कर्मचारी नभएपछि महिनौँदेखि हुम्लाको सर्केगाड गाउँपालिकाका नागरिकले सास्ती खेप्नु परेको छ । यहाँको इलाका प्रशासन कार्यालय बन्द हुँदा नागरिकले सहजरुपमा नागरिकता पाउन सकेका छैनन् ।
रुकुम पश्चिमबाट ६९ करोडभन्दा बढीको माछामासु बिक्री
रुकुम पश्चिममा एक वर्षको सयममा जिल्लाभरबाट ६९ करोडभन्दा धेरैको माछामासु बिक्री भएको छ । गत आव २०७९/८० मा जिल्ल्लाका विभिन्न ठाउँबाट उत्पादन भएको माछा मासु जिल्लाभित्र र बाहिर गरेर ६९ करोड १९ लाख आठ हजारको माछामासु बिक्री भएको पशु अस्पताल तथा पशु सेवा कार्यालय निमित्त प्रमुख ज्ञानुुकुमार शर्माले जानकारी दिनुभयो ।
कर्णालीमा आपराधिक घटना बढ्दै : छ जनाको ज्यान गयो, ३१ पक्राउ
गत शुक्रबार बिहान मुगुमा चार जनाको शव फेला पर्यो । छायाँनाथ रारा नगरपालिका– ६ मन्दुमा शव फेला परेका हुन् । उनीहरूको हत्या भएको आशङ्का गरिएको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मुगुका डीएसपी वीरेन्द्र थापाले बताउनुभयो ।
कालिकोटमा ट्याक्टर दुर्घटना एकको मृत्यु
कालिकोटको पलाँता गाउँपालिका वडा नं २ राडुनेटामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परि वडा नं २ का वर्ष ६५ का शिव चन्द न्यौपानेको मृत्यु भएको हो ।
मुगु सामूहिक हत्या प्रकरण: एक जना प्रहरी नियन्त्रणमा
मुगुस्थित छायाँनाथ रारा नगरपालिका वडा नं – ६ मन्दु गाउँमा सामूहिक हत्या भएको चार दिनपछि प्रहरीले एक जना शङ्कास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको छ । आइतबार दिउँसो अन्दाजी १२ बजेको समयमा जिल्ला सदरमुकाम गमगढीस्थित बिच बजारको (नगरपालिका जाने बाटो) बाट प्रहरीले शंकास्पत ती व्यक्तिलाई नियन्त्रणमा लिएको हो ।
सुर्खेत विमानस्थलमा रात्रि उडान भर्न बत्ती जडान
सुर्खेत विमानस्थलमा रातिको समयमा समेत उडान भर्न सक्ने गरी बत्ती जडान गरिने भएको छ । आठ करोड रुपियाँको लगानीमा बत्ती जडान गर्न लागिएको हो । सो कार्य करिब तीन महिनामा सम्पन्न गरिने जनाइएको छ । नागरिक उड्डयन प्राधिकरणले विमानस्थलको रनवेमा खाल्डो खन्ने कार्य गरिरहेको छ । सुर्खेत विमानस्थल प्रमुख राजन ढुङ्गेलका अनुसार आइक्याओको मापदण्ड अनुसार विमानस्थलमा बत्ती जडान गरिने छ । यसका लागि प्राधिकरणको इलेक्ट्रिक विभागले काम सुरु गरेको छ ।
विद्यालयको सम्पत्ति छ, उपयोग छैन
तिलागुफा नगरपालिका–६, जुबिथास्थित सत्यदेवी माध्यमिक विद्यालय र वडा नम्बर ९ चिल्खायास्थित शिवालय माध्यमिक विद्यालय भवनको अवस्था जीर्ण छ । सत्यदेवी माध्यमिक विद्यालयको आन्तरिक स्रोत धेरै छ । छ हजार वर्गमिटरभन्दा धेरै क्षेत्रफलमा विद्यालय फैलिएको छ । स्याउको राम्रो उत्पादन क्षेत्र भएकाले घेराबार गरेर स्याउ रोपेमा वार्षिक रूपमा राम्रो उत्पादन गर्न सकिने विद्यालयका शिक्षक नै बताउँछन् । विद्यालयका प्रधानाध्यापक धर्मराज शर्माले विद्यालयको सम्पत्ति संरक्षणमा विद्यालय व्यवस्थापन समितिको चासो नहुनु, प्रशासनलाई अधिकार नदिनु र विद्यालयकेन्द्रित योजना कटौती
जाजरकोटमा एक सय ३१ कर्मचारी अनुपस्थित
जाजरकोटमा दसैँ लगत्तै गरिएको अनुगमनमा अधिकांश कर्मचारी अनुपस्थित रहेको पाइएको छ । जिल्ला प्रशासन कार्यालयले आज गरेको छड्के अनुगमनमा जाजरकोटका १३ कार्यालयका एक सय ३१ जना कर्मचारी अनुपस्थित रहेको पाइएको छ ।
देउडा संरक्षणका लागि संस्कृति मञ्च
देउडा संरक्षण गर्न हुम्लाको सिमकोट गाउँपालिकामा देउडा संस्कृति मञ्च लागिपरेको छ । मञ्च प्रत्येक महिना देउडा गीत गायन आयोजना गर्दै यसको जगेर्नामा लागेको हो । २०८० साल वैशाख १ देखि देउडा, ढाल, दमायालगायतका संस्कृति संरक्षणका लागि देउडा कार्यक्रम सुरु गरिएको हो । देउडा संस्कृतिप्रति नयाँ पुस्ताको रुची नदेखिँदा गाउँका स्थानीयले देउडा संस्कृति मञ्च गठन गरी यस्तो कार्य सुरु गरेका हुन् । गत वैशाखदेखि हुम्लाको सिमकोटमा महिनाको दुई दिन १ र १५ गते देउडा प्रतियोगिता हुने गरेको छ ।
कुटपिटबाट ज्येष्ठ नागरिकको मृत्यु
रुकुमपश्चिममा कुटपिटबाट गम्भीर घाइते हुनुभएका एक ज्येष्ठ नागरिकको उपचारको क्रममा मृत्यु भएको छ । घाइतेको मृत्युपछि कुटपिट गर्ने कार्यमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
हिल्साको सडक धमाधम ढलान
नेपाल र चीनको सिमाना हिल्साको नेपालतर्फको सडकको ढलान कार्य धमाधम भइरहेको छ । चीनको ताक्लाकोटबाट ढुवानी भएर आएको सामग्री सो क्षेत्र झारिने र सडक ढलान नभएको कारण सामानहरू धुलाम्मे हुन थालेपछि सडक ढलानको काम सुरु गरिएको हो ।
मुगु सामूहिक हत्या प्रकरण : हत्याराको नजिक पुग्दै प्रहरी
मन्दु गाउँमा तीन सन्तानसहित आमाको हत्या प्रकरणमा प्रहरीले अनुसन्धान हत्यारा नजिक पुगेको दाबी गरेको छ ।
हुम्लाका डिएसपी भट्टराई निलम्बित
जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराई निलम्बनमा परेका छन् । उहाँले महिला प्रहरी माथि यौन हिंसा गरेकोको उजुरी परेपछि गृह मन्त्रालयले निलम्बनमा पारेको हो ।
सामूहिक हत्या गरिएका चारै जनाको शव गमगढी ल्याइयो
जिल्ला प्रहरी कार्यालय मुगुले मृतावस्थामा फेला परेका एकै परिवारका आमासहित दुई छोरा र एक छोरीको शव परीक्षणका लागि जिल्ला सदरमुकाम गमगढी ल्याएको छ । छायानाथ रारा नगरपालिका–६ स्थित मन्दु गाउँमा एकै परिवारका आमासहित दुई छोरा र एक छोरी गत शुक्रबार मृतावस्थामा फेला परेका थिए ।
एक वर्षमै उप्कियो कालोपत्रे
जिल्ला सदरमुकाम मान्मदेखि जिल्ला अस्पतालसम्मको सडक कालोपत्रे एक वर्षमै उप्किएको छ । कमजोर निर्माण सामग्री र निर्माण कम्पनीको लापरबाहीका कारण एक वर्षअगावै कालोपत्रे उप्किएको बताइन्छ । निर्माण भइरहेका बेला गोरखापत्रसहितका सञ्चार माध्यममा समाचार प्रकाशन भएपछि जिल्ला प्रशासन कार्यालय कालीकोटमा भएको छलफलमा बजेट व्यवस्थापन गरेर उक्त खण्डमा आरसिसी गर्ने भनिए पनि अहिलेसम्म जिरो प्वाइन्ट क्षेत्र जीर्ण नै छ । सडकमा राखिएको अलकत्रा त्यतिबेला नै उप्किएको थियो । धेरै विरोधपछि निर्माण कम्पनीले स्थानीयले सडकमा पानी फालिदिएका कारण यस्तो भएको दाबी गरेको थियो । खड्का निर्माण सेवाले उक्त सडकको काम जिम्मा पाएको थियो ।
सिमेन्ट उद्योग पुनः अघि बढाइने
पश्चिम सुर्खेतको चौकुनेमा सूर्यतारा सिमेन्ट उद्योग सञ्चालनका लागि पुनः काम अघि बढाइने भएको छ । यसअघि नै काम थालिए पनि सरकारबाट सहयोग नपाएको भन्दै रोकिएको थियो । कर्णाली प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाएपछि पुनः उद्योग स्थापनाका लागि बाँकी काम अघि बढाउन लागिएको हो ।
किसानलाई मार्सी धान भित्र्याउने चटारो
हुम्ला जिल्लामै सबैभन्दा बढी मार्सी धान उत्पादन हुने चङ्खेली गाउँपालिका–२ र ३ को दार्म र मिमी गाउँमा पाकेको धान भित्र्याउन सुरु भएको छ । जिल्लामै सबैभन्दा पछि धान उत्पादन हुने भएका कारण किसानलाई यति बेला धान भित्र्याउने कार्यले भ्याइनभ्याइ भएको हो । दार्म गर्खा गाउँकी सुहान हमाल
गहुँत खाँदा रेबिजको त्रास
हिन्दु परम्परा अनुसार मानिसको मृत्युपछि गरिने शुद्धि कार्यमा गहुँत खाएको गाई मरेपछि गहुँत खाएका मृतकका आफन्तजनमा अर्को त्रास फैलिएको छ । चौरजहारी नगरपालिका–९, माझमेलाका भीम कुँवरको शुद्धि कर्ममा गहुँत खाएको गाई रेबिजको लक्षणसहित मरेपछि त्रास फैलिएको हो ।
दिवंगतहरुको सम्झनामा स्मृति कप
गत वर्षको वर्षाका कारण आएको वाढीमा परी ज्यान गुमाएका कालीकोटको राँचुलीका १३ जनाको सम्झनामा गाउँलेले स्मृति कपको आयोजना गरेका छन् ।
भिरबाट लडेर महिलाको मृत्यु
रुकुमपश्चिममा घाँस काट्न गएकी एक महिलाको मृत्यु भएको छ । शनिबार बिहान घाँस काट्न गएकी सानीभेरी गाउँपालिका–६ छहरा गाउँकी ३५ वर्षीय धनसरी केसी देवकोटाको घाँस काट्नेक्रममा भिरबाट लडेर मृत्यु भएको हो ।
मुगु हत्याकाण्ड : कुकुरसहितको प्रहरी टोली घटनास्थलमा
मुगुको मुन्दुगाउँस्थित एकै परिवारका चार जनाको हत्या भएको घटनाको अनुसन्धानका लागि तालिम प्राप्त कुकुरसहितको प्रहरी टोली परिचालन गरिएको छ ।
सुर्खेत विमानस्थलमा आठ करोडकाे बत्ती जडान हुने
सुर्खेत विमानस्थलमा आठ करोडका बत्ती जडान हुने भएका छन् । अबको तीन महिना भित्र राति पनि उडान सुरु हुने भएसँगै बत्ती जडान गरिने भएको हो ।
पेट पाल्न डोली बोक्दै माओवादीका पूर्वकमान्डर
रास्कोट नगरपालिका–३ का जगत् फडेरा कुनै बेला माओवादीका चर्चित कमान्डर हुनुहुन्थ्यो । अहिले उहाँ भारतको केदारनाथ क्षेत्रमा घर खर्च जुटाउन डोली बोक्दै आउनुभएको छ ।