दसैँ मनाउन ताक्लाकोटबाट फिर्ता
चार महिनाअघि काम तथा व्यापार व्यवसायका लागि चीनको पुराङ काउन्टीको ताक्लाकोटमा गएका हुम्लावासी दसैँ मनाउन फिर्ता भएका छन् । सिमकोट गाउँपालिका–२ का जय भण्डारी चार महिनाअगाडि कामका लागि ताक्लाकोट जानुभएको थियो ।
नवरात्रको सातौं दिन फुलतापी भित्र्याइयो
बडा दसैं अर्थात् नवरात्रको सातौं दिन शनिबार दसैं घरमा फूलपाती भित्र्याइएको छ । नवदुर्गा मध्येकी सातौं कालरात्री देवीको विधिपूर्वक पूजा आराधना समेत गरी कर्मचारी, सुरक्षाकर्मी लगायतको सहभागितामा फुलपाती भित्र्याउने काम भएको हो ।
खडक देउता वैदिक विधिपूर्वक भित्र्याइयो
नेपाल एकीकरणका बेला गोरखाका राजा पृथ्वीनारायण शाहले जाजरकोटी राजालाई उपहारस्वरूप दिएको खडक देउता वैदिकपूर्वक भित्र्याइएको छ ।
ट्याक्टरको ठक्करबाट बालकको मृत्यु
जाजरकोटमा ट्याक्टरको ठक्करबाट एक बालकको मृत्यु भएको छ । भेरी नगरपालिका–६ भेरे निवासी ८ वर्षीय केशव महतारको शुक्रबार राति ट्याक्टरको ठक्करबाट मृत्यु भएको हो ।
दार्चुलामा दसैँ विशेष सुरक्षा योजना लागू : ३९० प्रहरी परिचालन
दार्चुलामा दसैँ विशेष सुरक्षा योजना लागू भएको छ । सुरक्षा योजनाअन्तर्गत यसपालि ट्राफिक नियम उल्लङ्घन, जुवातास र मापसे लगायत सम्भावित जोखिमका क्षेत्रमा निगरानी गरिने प्रहरीले जनाएको छ ।
बाढीपीडित बस्तीमा छैन दसैँ रौनक
नेपालीको महान् पर्व दसैँको चौतर्फी रौनकता छाएको छ । सहर बजारबाट मात्र होइन, घरपरिवारको जीविकाका लागि परदेसिएकासमेत गाउँ घर फर्केका छन् । हुने खानेदेखि हुँदा खानेसम्म सबैले आआफ्नो क्षमता, हैसियत अनुसार दसैँ मनाउने तयारीमा छन् ।
जगदुल्ला जलविद्युत आयोजना : उत्पादन अनुमतिको अन्तिम चरणमा
विद्युत विकास विभागले डोल्पा जिल्लामा निर्माण हुन लागेको एक सय ६ मेगावाटको जगदुल्ला अर्धजलाशय जलविद्युत आयोजनालाई उत्पादन अनुमतिपत्र दिने तयारी गरेको छ ।
हराउन थाले दसैंका परम्परागत पिङ
नेपालीको पर्व दसैँ आइतबारदेखि सुरु भए पनि दसैँको पर्यायवाची जस्तै बनेको पिङ भने गाउँघरबाट हराउँदै जान थालेको छ । आइतबार घटस्थापना सँगै यस वर्षको दसैँ घर–घरमा प्रवेश गरेको छ । कतिपय देवीदेवताका मन्दिरमा रङरोगन, सरसफाइ चलिरहेको छ ।
कर्णाली करिडोरको निर्माण कार्य बन्द
कर्णाली करिडोरको हुम्ला खण्डअन्तर्गत पर्ने छारे क्षेत्रमा निर्माण कार्य भइरहेको काम बन्द भएको छ । सडक निर्माणमा खटिएका कामदारहरु दसैं मनाउन घरतर्फ लागेको कारण सेनाले सडक निर्माण कार्य बन्द गरेको हो ।
मुख्यमन्त्रीसामु समस्या लिएर बालबालिका
मुख्यमन्त्री राजकुमार शर्मासमक्ष कर्णाली प्रदेशका बालबालिकाले विद्यालयमा आफूले भोगेका समस्या प्रस्तुत गरेका छन् । बालबालिकाले विद्यालयको भौतिक अवस्था जीर्ण भएको, पाठ्यपुस्तकको अभाव रहेको, ६ कक्षाभन्दा माथिका विद्यार्थीलाई दिवा खाजाको व्यवस्था, महिनावारी हुँदा छुट्टै कोठाको अभाव, अपाङ्गतामैत्री भवन नभएको, पुस्तकालय तथा प्रयोगशाला नभएको समस्या चिठीमा प्रस्तुत गरेका थिए ।
चहलपहल छ, व्यापार छैन
ठुला चाडबाड सुरु भएसँगै कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरका बजारमा चहलपहल बढेको छ । पछिल्लो केही दिनयता बजार क्षेत्रमा किनमेल गर्नेको भिड लाग्ने गरेको छ । अन्य समयको तुलनामा चाडबाडमा किनमेल गर्नेको सङ्ख्या बढी हुनाले व्यापार राम्रो हुने गरेको वीरेन्द्रनगरका व्यापारी धर्मदेव भट्टराईले बताउनुभयो । “चाडबाडमा मानिसको बजारमा ओहोरदोहोर बढेको छ, लत्ताकपडा तथा सामान किनमेल गर्ने हुनाले यो समयमा व्यापार राम्रै हुन्छ,” उहाँले भन्नुभयो तर गत वर्षको तुलनामा व्यापार घटेको उहाँको भनाइ छ । ५० प्रतिशतले व्यापार घटेको छ ।
छत्तिस वर्षदेखि खोला किनारमा वादी समुदाय
प्रदेश राजधानी रहेको सुर्खेत वीरेन्द्रनगर नगरपालिका-११ झुप्रा खोला किनारका वादी समुदायले ३६ वर्षदेखि दसैँको अनुभूति गर्न पाएका छैनन् ।
गाउँमा सुनको कारोबार बढ्दै
हिमाली जिल्ला हुम्लाका गाउँमा सुन पसलहरु सञ्चालनमा आएका छन् । सङ्घीयता कार्यान्वयन आएसँगै आर्थिक कारोवार गाउँमा हुन थालेपछि सुन ब्यापारीहरु सुन पसल स्थापना गर्दै ब्यापर गर्न थालेका हुन् ।
बेलिब्रिज जडान गर्ने क्रममा लडेर गम्भीर घाइते हुनुभएको चौधरीको निधन
कर्णाली कोरिडोरको सलीसल्लामा बेलिब्रिज जडान गर्ने क्रममा लडेर गम्भीर घाइते हुनु भएका २० वर्षीया सुरेश चौधरीको निधन भएको छ ।
समुदाय स्तरमा कानुनी शिविर अभियान
कालिकोटको खाँडाचक्र र दैलेखको आठबीस नगरपालिकामा कानुनी शिविर अभियान सञ्चालन गरिएको छ ।
खेल पूर्वाधार निर्माणमा ध्यान
कर्णाली प्रदेशमा खेल पूर्वाधार निर्माणलाई तीव्रता दिइएको छ । आगामी वर्ष आयोजना हुने दसौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरेर पूर्वाधार निर्माणको कामलाई तीव्रता दिइएको हो । प्रतियोगिताकै लागि प्रदेशका जिल्ला जिल्लामा पूर्वाधार निर्माणको काम सुरु गरिएको छ । भएका पूर्वाधारलाई मर्मतसम्भारसहित नयाँ पूर्वाधारको विकास गर्न लागिएको हो । कुन जिल्लामा के के पूर्वाधार बनाउने र त्यसका लागि कति बजेट लाग्छ भन्ने विषयमा अध्ययन गरिएको थियो । दैलेख र रुकुमपश्चिममा भएका कभर्डहलको मर्मत गरिने कर्णाली खेलकुद विकास परिषद्का सदस्य सचिव विश्वामित्र सञ्ज्यालले जानकारी दिनुभयो । उहाँका अनुसार कभर्ड हल मर्मतका लागि लागत अनुमान तयार भएको छ । रुकुमपश्चिममा कभर्ड
छुटेको पच्चिस दिनमै हत्या
असल चालचलन र ५० प्रतिशत कैद भुक्तान गरेका आधारमा बाँकी कैद मिनाहा गरिएका एक व्यक्तिले जेलमुक्त भएको २५ दिनमा एक महिलाको हत्या गरेका छन्। गत असोज ३ गते संविधान दिवसका अवसरमा मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट कैद माफी भई कारागार कार्यालय रुकुमबाट मुक्त भएका रुकुमपश्चिमको सानीभेरी गाउँपालिका–९ का ३३ वर्षीय लोकेन्द्र भनिने लोकबहादुर विकले एक महिलाको हत्या गरेको प्रहरीले जानकारी दिएको छ।
कर्णालीमा दसैँ : चाडपर्व सुरक्षा योजना लागू
चाडपर्वका बेलामा हुन सक्ने आपराधिक क्रियाकलाप नियन्त्रणका लागि कर्णालीमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
बाँदरले पाकेको धान सकायो
कालीकोटको रास्कोट नगरपालिका भित्रका खेतमा बाँदरले पाकेको धान खाएर सकाएका छन् । किसानले लगाएको धान भित्र्याउन नपाउँदै बाँदरले धान खाएपछि किसान चिन्तित बनेका छन् ।
कर्णालीमा वार्षिक १९ हजार एक सय १६ मेट्रिकटन खाद्यान्न अपुग
कर्णालीमा वार्षिक १९ हजार एक सय १६ मेट्रिक टन खाद्यान्न अपुग हुने गरेको पाइएको छ । कर्णाली प्रदेश सरकारको तथ्याङ्कअनुसार प्रदेशमा वार्षिक १९ हजार एक सय १६ मेट्रिकटन खाद्यान्न अपुग हुने गरेको हो ।
दसैँमा घर जानेलाई सास्ती
वर्षमा एक पटक आउने दसैँका लागि सबै नागरिक सकेसम्म घर आउने गर्छन् । रोजगारी, मजदुरी वा पढाइका लागि घर बाहिर गएकाहरू दसैँ मनाउन घर जाँदा खाल्डाखुल्डी सडकका कारण निकै सास्ती भोग्नुपरेको बताएका छन् ।
इआइएमा अल्झियो फुकोट–कर्णाली आयोजना
फुकोट कर्णाली अर्धजलाशययुक्त जलविद्युत आयोजना वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) मा अल्झिएको छ । विद्युत विकास विभागबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय हुँदै वन तथा वातावरण मन्त्रालयमा पुगेको प्रतिवेदन सो मन्त्रालयले स्वीकृत गरेको छैन ।
होटेलमा एक महिलाको घाँटी रेटेर हत्या, शङ्कास्पद एक व्यक्ति पक्राउ
उक्त व्यक्तिलाई प्रहरीले सार्वजनिक भने गरेको छैन । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नमराज भट्टराईले शङ्कास्पद व्यक्ति पक्राउ गरिएको छ, अनुसन्धान चलिरहेकाले सकिएपछि सार्वजनिक गरिने जानकारी दिनुभयोे ।
तीन महिने उपलब्धि सार्वजनिक
कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षको तीन महिनाको उपलब्धि सार्वजनिक गरेको छ । प्रदेश सरकारले मङ्गलबार पत्रकार सम्मेलन गरी सरकारका तीनमहिने उपलब्धि सार्वजनिक गरेको हो । चालु आर्थिक वर्षको नीति कार्यक्रम तथा बजेट कार्यान्वयनको प्रक्रियामा रहेको र प्रदेश लगानी सम्मेलनको तयारी भइरहेको जनाइएको छ । चालु आर्थिक वर्षको योजना तथा कार्यव्रmमको कार्यान्वयन कार्ययोजना निर्माण गरी कार्यान्वयन भइरहेको बताइन्छ । कर्णाली प्रदेश विनियोजन ऐन, कर्णाली प्रदेश आर्थिक ऐन, कर्णाली प्रदेश आर्थिक ऐन, कर्णाली प्रदेश निजामती सेवा ऐन, कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठान ऐन निर्माण गरिएको जनाइएको छ ।