प्रहरीका समस्या समाधान गर्न लागिपरेका छौँ : मुख्यमन्त्री शर्मा
कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आफूहरू प्रहरीका समस्या समाधान गर्न लागिपरेको बताउनुभएको छ । मंगलबार प्रहरीको ६८ औँ स्थापना दिवसको अवसरमा प्रदेश प्रहरी कार्यालयद्वारा आयोजना गरिएको कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
महिला मृत अवस्थामा फेला
रुकुमपश्चिमको सदरमुकाम मुसीकोट खलङगाको एक होटलमा एक महिलाको शव फेला परेको छ । मुसीकोट नगरपालिका–१ मा रहेको होटेल सत्कारमा महिला मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
लेकाली भेगमा हिमपात
कालीकोट जिल्लाका लेकाली क्षेत्रमा पानीसँगै हिमपात भएको छ । तिलागुफा नगरपालिका, खाँडाचक्र नगरपालिका, रास्कोट नगरपालिका, सान्नीत्रिवेणी गाउँपालिका लगायतका लेकाली क्षेत्रमा पानी परेसँगै हिमपात भएको हो ।
तिला नदीमा एक युवा बेपत्ता
कालीकोट जिल्लाको तिलागुफा नगरपालिका–९ का एक युवा तिलानदीमा बेपत्ता भएका छन् । दसैँ मनाउन घर जाने क्रममा भैंसीगौडास्थित तिलानदीमा ढुङ्गाबाट चिप्लिएर बेपत्ता भएका हुन् ।
सङ्कटमा इन्जिनियरिङ विषय
मानसरोवर नमुना माध्यमिक विद्यालयमा विद्यार्थी नहुँदा डिप्लोमा सिभिल इन्जिनियरिङ विषयको कक्षा सञ्चालन हुन सकेको छैन। तोकिएको विद्यार्थी कोटा निरन्तर नपुग्दा विषय नै खारेज हुने अवस्थामा पुगेको छ। सिमकोट गाउँपालिका–६ को विद्यालयमा भर्ना खोले पनि विद्यार्थी नहुँदा यस शैक्षिक सत्रको पहिलो सेमेस्टरका लागि भर्ना हुन नसकेको हो।
सडक, बत्ती, खानेपानी, शिक्षा र स्वास्थ्यमा ध्यान
जिल्ला सदरमुकामदेखि सात कोशको दुरीमा रहेको महावै गाउँपालिकामा सात वटा वडा छन् । सडक पहुँच स्थापित नभएको महाबै गाउँपालिकाले सडक निर्माणलाई पहिलो प्राथमिकतामा राखेको छ । शिक्षा र स्वास्थ्यका योजनालाई पनि प्राथमिकतासाथ गाउँपालिकाले विकास गरिरहेको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) बाट अध्यक्षमा निर्वाचित खेमबहादुर सिंहले पालिकाको विकास र समृद्धिमा नै योजनालाई केन्द्रित गर्दै आउनुभएको छ । प्रस्तुत छ, अध्यक्ष सिंहसँग गाउँपालिकाका विकास निर्माण, योजना र विकासका लागि देखिएका चुनौतीका सन्दर्भमा कालीकोट समाचारदाता प्रेमराज सिम्खडाले गर्नुभएको कुराकानी :
दसैँमा घर फर्किनेको भिड
सुर्खेत बसपार्कमा दसैँ मान्न घर फर्किनेको भिड बढेको छ । घटस्थापनादेखि बसपार्कमा चहलपहल बढेको हो । शिक्षण संस्था बन्द भएकाले धेरैजसो विद्यार्थी यसअघि नै आफ्नो गाउँघर पुगिसकेका छन् । रोजगारीका लागि भारत गएका धमाधम गाउँ फर्किने क्रम बढेको छ ।
बिरामी बोक्दै अस्पताल धाउँदै
कर्णाली कोरिडोरसँग सडक पहुँच नभएका ग्रामीण बस्तीका मानिस बिरामी हुँदा डोली या डोकामा बोकेर अस्पताल लैजानुपर्ने बाध्यता छ । खार्पुनाथ गाउँपालिका–५ को खर्पेल गाउँका स्थानीय जनक शाहीले घरमा भाउजू बिरामी भएपछि दुई घण्टा बोकेर गाउँपालिका केन्द्र याङ्चु बजारमा रहेको सामुदायिक अस्पतालमा लग्नु परेको बताउनुभयो । उहाँले गाउँमा सडक नजोडिएका कारण बिरामीलाई मानिसले बोकेर स्वास्थ्य संस्थामा लैजानुको विकल्प नभएको उल्लेख गर्नुभयो ।
कालिकोटको सिस्नेगडामा जिप दुर्घटना हुँदा एकको मृत्यु
कर्णाली कोरिडोर अन्तर्गत सिस्नेगडा मा डबल क्याप बलेरो जिप आज बिहान ३ बजे दुर्घटना भएको छ । बाजुरा वाट कालिकोट आउने क्रममा सान्नित्रिवेणी गाउँपालिका को सिस्नेगडामा दुर्घटना भएको हो । ग १ ज ५७९५ नम्बरको वलेरो जिप सडक बाट करिब ५० मिटर तल कर्णाली नदिको किनारमा खस्दा चालकको घटना स्थलमै मृत्यु भएको छ ।
जाजरकोट जोड्ने खोपिचारडाँडाको सडक
पुष्पलाल मध्यपहाडी लोकमार्ग अन्तर्गत रुकुम–पूर्वको सिस्ने गाउँपालिका–६ खोपिचारडाँडा र रुकुम–पश्चिम मुसीकोट नगरपालिका–८ भरखानीको बीचमा अवस्थित पहाड । उक्त पहाड बीचको सडकले रुकुमपूर्व, रुकुमपश्चिम र जाजरकोटलाई जोडेको छ । सडक कालोपत्रे नहुँदा यात्रुलाई आवागमनमा सास्ती हुँदै आएको छ ।
पाक्यो धान, दाइँ हाल्दै
गोरुको सहायताले धानको नल र धान छुट्याउनका लागि दाइँ हाल्दै रुकुम पश्चिम मुसीकोट नगरपालिका–१४ छिवाङ ।
मनोकामना पूरा गर्ने डिग्रे साईकुमारी मन्दिर
रुकुमपश्चिममा पर्ने मुसीकोट नगरपालिका–५, थर्पुमा रहेको डिग्रे साईकुमारी मन्दिरमा घटस्थापनादेखि जिल्लाबाहिर र जिल्लाभित्रका दर्शनार्थीले भिड लाग्न थालेको छ । यहाँ रुकुमपश्चिम, रुकुमपूर्व, डोल्पा, सल्यान, रोल्पा, जाजरकोट, सल्यान, दाङलगायतका जिल्लाबाट बलि चढाउन र पूजा गर्नेहरू आउने गरेका छन् । मन्दिरका पुजारी डिल्लीप्रसाद उपाध्याय गौतमका अनुसार आफ्नो मनोकाङ्क्षा पूरा गर्न मन्दिरमा भाकल गर्ने दर्शनार्थीको सङ्ख्या बर्सेनि बढ्दो छ । भाकल पूरा गर्न विशेष शुभसाइत पारेर दर्शनार्थी आउने गर्दछन् ।
कर्णालीका शक्तिपीठमा बढ्दो भिड
बडादसैँ सुरु भएसँगै कर्णाली प्रदेशका महत्वपूर्ण शक्तिपीठहरूमा भक्तजनको भीड लाग्न थालेको छ । कर्णाली प्रदेशका शक्तिपीठमध्ये सुर्खेतको गङ्गामाला देउती बज्यै, जुम्लाको चन्दननाथ, डोल्पाको त्रिपुरासुन्दरी, रुकुमको डिग्रे साइकुमारी र सल्यानको खैराबाङ मन्दिरमा विशेष भिड लाग्ने गर्छ ।
‘मुलुक विकासका लागि दुवै शक्ति सन्तुलन हुनुपर्छ’
कर्णाली प्रदेशका प्रथम मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मुलुकको अपेक्षित विकासका लागि दुवै शक्ति सन्तुलन हुनुपर्ने बताउनुभएको छ ।
कर्णाली प्रदेश निजामती सेवा विधेयक प्रमाणीकरण
कर्णाली प्रदेश प्रमुख तिलक परियारले ‘कर्णाली प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रमाणीकरण गर्नुभएको छ ।
मैत्रीपूर्ण फुटबलमा कर्मचारीको टिम विजयी
रुकुमपश्चिममा भएको पत्रकार, कर्मचारी र सुरक्षाकर्मीबिचमा भएको त्रिपक्षीय मैत्रीपूर्ण फुटबल प्रतियोगितामा कर्मचारीको टिमले जित हासिल गरेको छ ।
बसपार्कमा यात्रुको चाप, टिकट पाउनै घण्टौं लाममा
केही दिनयता बसपार्कको दृश्य नै बदलिएको छ । दसैँ नजिकिएसँगै यात्रुहरूको चाप ह्वात्तै बढेको छ । दसैँ मनाउन घर फर्किनेहरूको भीडले बसपार्कमा बेग्लै रौनक छाएको छ ।
भूमिका बढाउन सरकारी वकिललाई सुझाव
महान्यायाधिवक्ता डा. दीनमणि पोख्रेलले आफ्नो पहिचान बनाउनका लागि भूमिका बढाउन सरकारी वकिललाई सुझाव दिनुभएको छ। उहाँले जनताले सरकारी वकिल भनेर चिन्ने गरी सेवाका क्षेत्रमा भूमिका बढाउनुपर्ने बताउनुभयो। उहाँले जिल्ला सरकारी वकिल कार्यालय सुर्खेतको नवनिर्मित भवनको आइतबार उद्घाटन गर्दै पछिल्लो समय सरकारी वकिललाई अवसरका साथै चुनौती पनि थप भएको बताउनुभयो।
कर्णालीका विमानस्थलमा नेपाल एयरलाइन्सले थप्यो उडान
कर्णाली प्रदेशका हिमाली जिल्लाहरूमा नेपाल वायुसेवा निगमको जहाज नेपाल एयरलाइन्सले उडान सङ्ख्या बिस्तार गरेको छ । नपालीहरुको महान् चाड वडा दसैँमा यात्रुहरू सहज रूपमा आफ्नो गन्तव्यमा पुर्याउनका लागि नेपाल एयरलाइन्सले उडान बिस्तार गरेको हो ।
वर्तमान सरकार ढल्दैन : अध्यक्ष नेपाल
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान गठबन्धन सरकार नढल्ने बताउनुभएको छ । आइतबार वीरेन्द्रनगरमा आयोजित समाजवादी जागरण अभियान कार्यक्रममा बोल्दै उहाँले गठबन्धन सरकार ढल्छ भनेर केहीले चुरिफुरी गरेको भन्दै त्यस्तो नहुने बताउनुभएको हो ।
नेता निधि र शाहीद्वारा मानसरोवर कैलाशको दूरदर्शन
नेपाली काँग्रेसका नेताद्वय बिमलेन्द्र निधि र जीवनबहादुर शाहीले नेपाली भुमि लाप्चाबाट मानसरोवर कैलाशको दूरदर्शन गर्नुभएको छ । पाँच हजार दुईसय मिटर अग्लो स्थान नाम्खा गाउँपालिका –६ को लिमी क्षेत्रको लाप्चामा पैदल मार्गबाट पुगेर दर्शन गर्नुभएको हो ।
बिरामीलाई बोक्नु पर्ने बाध्यता
हिमाली जिल्ला हुम्लाका गाउँ–गाउँबाट मानिस बिरामी हुँदा बोकेर स्वास्थ्य संस्था पुर्याउनु पर्ने अवस्था विद्यमान रहेको पाइएको छ । जिल्ला भित्रका गाउँहरू कर्णाली कोरिडोरसँग लिङ्क रोड नजोडिएका कारण बिरामीलाई बोक्नु पर्ने अवस्था छ ।
ताक्लाकोट जान रोक
व्यापार व्यवसाय र अन्य काम गर्न जाँदै गरेका हुम्लावासीलाई चीनको ताक्लाकोट जान रोक लगाएको छ । चीनपट्टिको हिल्सामा स्थापना भएको भन्सार कार्यालयमा मानिसका लागि जाँच गर्न राखिएको मेसिन बिग्रिएपछि तीन दिनयता हुम्लावासीलाई ताक्लाकोट जान रोक लगाएको हो ।
स्यार्पु महोत्सव : स्थानीयको आयआर्जनमा सहज
नेपालका एक सय पर्यटकीय गन्तव्यस्थलमध्येको बाँफीकोट गाउँपालिकामा रहेको स्यार्पु ताल पनि एक हो । सो ताल जिल्लाको भने मुख्य पर्यटकीय गन्तव्यका रूपमा परिचित छ । ताल अवलोकनका लागि आन्तरिकसँगै बाह्य पर्यटकसमेत आउने गरेका छन् ।