जाजरकोटका १७ जना घाइतेलाई भेरी अस्पताल ल्याइयो
जाजरकोटको भूकम्पमा परेर गम्भीर घाइते भएकाहरू उपचारका लागि नेपालगन्ज पुग्ने क्रम सुरु भएको छ। एम्बुलेन्स र हवाई जहाजबाट १७ जनालाई भेरी अस्पतालमा ल्याइएको हो।
कांग्रेसद्वारा भूकम्प प्रभावितलाई रु ५० लाख सहयोग
नेपाली कांग्रेसले भूकम्प पीडितको उद्धार, राहत र पुनर्स्थापनाका लागि पार्टीका तर्फबाट सरकारलाई रु ५० लाख उपलब्ध गराउने निर्णय गरेको छ ।
‘जाजरकोट भूकम्प बझाङको परकम्प होइन’
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले जाजरकोट भूकम्प गत महिना बझाङमा गएको भूकम्पको परकम्प नभएको जानकारी दिनुभएको छ ।
घाइतेको जीवनरक्षा सरकारको पहिलो दायित्व : उपप्रधानमन्त्री खड्का
उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले भूकम्प प्रभावितको जीवनरक्षा नै पहिलो काम भएको बताउनुभएको छ ।
उद्धार तथा राहतलाई तीव्र बनाउने कर्णाली प्रदेश सरकारको निर्णय
कर्णाली प्रदेश सरकारले भूकम्प प्रभावित क्षेत्रमा उद्धार तथा राहतलाई प्राथमिकता राखेर सरकार सबै संयन्त्र परिचालन गर्ने निर्णय गरेको छ ।
गृह मन्त्रालयमा आकस्मिक बैठक सुरु
उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा भूकम्पपीडितको उद्धार, उपचार र राहतबारे आवश्यक निर्णय लिन आकस्मिक बैठक सुरु भएको छ।
जाजरकोटमा भूकम्पका १०९ धक्का
शुक्रबार राती जाजरकोट जिल्लाको रामेडाँडा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएपछि अहिलेसम्म १०९ धक्का मापन भएको छ । शुक्रबार राति ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो।
सम्पूर्ण शक्ति भूकम्प प्रभावित क्षेत्रमा केन्द्रित : उपप्रधानमन्त्री खड्का
नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले राज्यको सम्पूर्ण शक्ति भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिमा केन्द्रित रहेको बताउनुभएको छ।
भूकम्प अपडेट: रुकुम पश्चिममा १४३ घाइते, ३ जनाको अवस्था गम्भीर
शुक्रबार राति आएको भूकम्पको कारण रुकुम पश्चिममा १४३ जना (यो समाचार तयार पार्दासम्म) घाइते भएका छन् । घाइते मध्य गम्भीर अवस्थामा रहेका तीन जनालाई हेलिकप्टर मार्फत उद्धार गरिएको छ ।
भारत सबै सम्भव सहयोग गर्न तयार छ : प्रधानमन्त्री मोदी
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा गएको भूकम्पबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नु भएको छ ।
रुकुम पश्चिममा मृत्यु हुनेको पहिचान (नामावली सहित)
शुक्रबार राति आएको भूकम्पको कारण रुकुम पश्चिममा मृत्यु भएका ३५ जना मध्य २८ जनाको पहिचान भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नमराज भट्टराईका अनुसार मृत्यु हुनेहरूमा जिल्लाको आठविसकोट नगरपालिकाका-१८ र सानी भेरी गाउँपालिकाका १० जना रहेका छन् ।
प्रधानमन्त्री प्रचण्ड जाजरकोटमा
शुक्रबार राति ११ः४७ बजे जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पले ठुलो मानवीय क्षति मात्र नभएर करोडौँको धनमाल समेतमा क्षति पुर्याएको छ ।
भूकम्पले जाजरकोट तहसनहस (फोटो फिचर)
शुक्रबार राति ११ः४७ बजे जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पले मानवीय क्षति मात्र नभएर करोडौँको धनमाल समेतमा क्षति पुर्याएको छ । भूकम्पमा परी १२८ जनाले ज्यान गुमाई सकेका छन् भने सयौँको सङ्ख्यामा घाइते भएका छन् ।
बाह्य स्रोत जुटाउँदै स्थानीय तह
स्थानीय तहहरूको आन्तरिक आम्दानी न्यून छ । विकास बजेट पनि कम हुँदा विकास निर्माणका कामलाई अघि बढाउन समस्या हुने गरेको छ तर केही स्थानीय तहले बाह्य लगानी जुटाएर विकास निर्माणका काम अघि बढाएका छन् । सुर्खेतको गुर्भाकोट नगरपालिकाले चालु आर्थिक वर्षमा दुई अर्ब १० करोड हाराहारीमा बाह्य लगानी जुटाएको छ । नगरपालिकाको आफ्नै वार्षिक विकास बजेट न्यून छ । पालिकाको चालु आव २०८०÷८१ को विकास बजेट ३० करोड हो । अघिल्ला वर्षमा पनि सोही बराबरको बजेट विनियोजन हुने गरेको थियो । विकास निर्माणका काम बाह्य लगानीका भरमै गर्नु परेको नगर प्रमुख हस्त पुनले बताउनुभयो ।
सभापति देउवाद्वारा भूकम्प प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि आग्रह
नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले जाजरकोट भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिमलगायतका क्षेत्रमा ठुलो मानवीय क्षति भएको खबरले दुखित भएको उल्लेख गर्नुभएको छ ।
भूकम्प अद्यावधिक : जाजरकोटमा ९२ जनाको मृत्यु, सयौँको सङ्ख्यामा घाइते (फोटो फिचर)
जाजरकोट जिल्लाकाे बारेकोट गाउँपालिका रामिडाडा केन्द्र विन्दु भएर मध्यरात गएको ६.४ म्याग्निच्यूटको भूकम्पमा परी ९२ जनाको मृत्यु भएको छ ।
भूकम्प अद्यावधिक : मर्नेको सङ्ख्या १३२ पुग्यो
शुक्रबार राति गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म मर्नेको सङ्ख्या १२९ पुगेको छ ।
भूकम्प अद्यावधिक: नलगाढकी उपप्रमुख सिंहको मृत्यु
गए राती गएको भूकम्पमा परी जाजरकोटको नलगाढ नगरपालिकाकी उपप्रमुखको मृत्यु भएको छ । नलगाढबाट शुक्रवार दाँतको उपचार गर्न सदरमुकाम आउनु भएकी उपप्रमुख सरिता सिंहको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उद्धार र राहतमा जुट्न राष्ट्रपतिको अपिल
राष्ट्रपति रामचन्द्र पौडेलले जाजरकोटमा गएराति गएको भूकम्पबाट भएको मानवीय र भाौतिक क्षतिले आफू मर्माहत भएको बताउनु भएको छ ।
१६ जना चिकित्सकसहित प्रधानमन्त्री भूकम्प प्रभावित क्षेत्रमा
जाजरकोटमा गए राती गएको भूकम्पमा परी घाइतेको उद्धार तथा उपचारका लागि प्रधानमन्त्रीसहितको स्वास्थ्य टोली त्यस क्षेत्रमा जानु भएको छ ।
जाजरकोट भूकम्पमा परी मर्नेको सङ्ख्या ७२ पुग्यो
शुक्रबार राति गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म मर्नेको सङ्ख्या ७२ पुगेको छ । थप विवरण आउने क्रम जारी रहेको छ ।
रुकुम पश्चिममा ३५ काे मृत्यु, ५३ जना घाइते
शुक्रवार राति गएको भूकम्पमा परी हालसम्म (यो समाचार तयार पारिन्जेलसम्म) रुकुम पश्चिममा ३५ जनाको मृत्यु भएको छ भने ५३ जना घाइते भएका छन् ।
जाजरकोटमा मात्रै भूकम्पबाट ३७ जनाको मृत्यु
गए राती गएको भूकम्पमा परी जाजरकोटमा मात्रै ३७ जनाको निधन भएको छ ।
प्रधानमन्त्रीद्वारा भूकम्प पीडितको उद्धार र राहतमा जुट्न अपील
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भूकम्पमा परी घाइतेहरूको उद्धार एवं राहतमा जुट्न सबैमा अपील गर्नु भएको छ ।