भारतद्वारा १६ करोडको राहत सामग्री हस्तान्तरण
भारतले नेपालको पश्चिम जाजरकोटमा गएको भूकम्पपछि नेपाललाई १६ करोड (१० कराेड भारू) रुपियाँ बराबरको आपत्कालीन राहत सामग्रीको पहिलो खेप हस्तान्तरण गरेको छ ।
भूकम्पपीडितले छिट्टै राहत पाउनुहुन्छ : उपप्रधानमन्त्री खडका
भूकम्पमा परि मृत्यु भएकी नलगाड नगरपालिकाका उपप्रमुख सरिता सिंहलगायत मृतकलाई श्रद्धाञ्जली दिन जाजरकोट आउनुभएका उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खडकाले भूकम्पपीडितले छिट्टै राहात पाउने बताउनुभएको छ ।
जाजरकोट भूकम्प : एक सय ५७ वटै शव आफन्तले बुझे
जाजरकोट र रुकुम पश्चिम लगायतका विभिन्न जिल्लामा आएको भूकम्पमा परी ज्यान गुमाएका एक सय ५७ वटा शव आफन्तले बुझेका छन् ।
भूकम्प प्रभावितको सहयोगमा कमी हुन दिइँदैन : उपप्रधानमन्त्री श्रेष्ठ
उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले भूकम्प प्रभावित नागरिकलाई सहयोग गर्ने सन्दर्भमा कुनै कमी हुन नदिइने बताउनुभएको छ ।
उद्धारको काम सकियो, एकद्वार प्रणालीमार्फत राहत वितरण गरिने
शुक्रबार राति गएको भूकम्पको कारण रुकुमपश्चिममा भएको क्षति अन्तर्गत मानवीय खोजी र उद्धारको काम सम्पन्न भएको छ ।
भूकम्पबाट ज्यान गुमाएकाको सामूहिक दाहसंस्कार
जाजरकोटमा भूकम्पबाट ज्यान गुमाएकाहरुको सामूहिक दाहसंस्कार गरिएको छ ।
सरकारी जग्गामा व्यक्तिद्वारा भाडा असुली
कर्णाली कोरिडोरको हुम्ला खण्डमा नयाँ स्थापना भएको सलीसल्ला बजार क्षेत्रमा सरकारी जग्गाको भाडा व्यक्तिले असुल्दै आएको पाइएको छ ।
उपप्रधानमन्त्रीद्वारा उपप्रमुख सिंहप्रति श्रद्धाञ्जली अर्पण
उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले भूकम्पमा ज्यान गुमाउनुभएका जाजरकोट नलगाड नगरपालिकाका उपप्रमुख सरिता सिंहलगायतकालाई आज श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।
जाजरकोट भूकम्प: चिउरी गाउँको चोचे टोलका सबै घर ध्वस्त, तिहार मनाउन आएका व्यक्तिको पनि मृत्यु
जाजरकोट जिल्लाको नलगाड नगरपालिका-१ को चिउरी गाउँको चोचे टोल कात्तिक १७ गते राति आएको भूकम्पले ध्वस्त भएको छ । अधिकांश दलित समुदाय रहेको यो बस्तीमा एक सय ८६ घरधुरी रहेकामा अधिकांश घर पूर्णरुपमा र केही घर आंशिक रूपमा क्षति भएपछि चोचे टोलका सबै नागरिक घरबारविहीन भएका छन् ।
आठबिसकोटमा आइपुग्यो राहत सामग्री
रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा भूकम्प पीडितलाई राहत साग्रमी आइपुगेको छ । कर्णाली प्रदेश सरकारले नेपाली सेनाको हेलिकप्टरमार्फत आठबिसकोटमा राहत सामग्री पठाएको हो ।
भूकम्प प्रभावितले खुला आकाशमुनी रात बिताए
भूकम्प प्रभावितले खुला आकाशमुनी रात बिताएका छन् । शुक्रबार मध्यराति गएको विनाशकारी भूकम्पले मानवीय तथा भौतिक क्षति बेहोरेका नागरिकले आकाशमुनी रात बिताएका हुन् ।
भूकम्प प्रतिरोधात्मक संरचना एक वर्षभित्र निर्माण गर्ने
सरकारले जाजरकोट क्षेत्रमा भूकम्पबाट क्षति भएका संरचनाहरूको पुनर्निर्माण कार्य एक वर्षभित्र सक्ने निर्णय गरेको छ ।
मृत्यु भएका ५२ जनाको शव आफन्तलाई बुझाइयो
जाजरकोटको बारेकोट गाउँपालिका –१ रामिडाँडा केन्द्रबिन्दु भएर शुक्रबार राति गएको भूकम्पका कारण हालसम्म रुकुमपश्चिममा ५२ जनाको मृत्यु भएको छ ।
कुखुराको खोरमा बस्दै भूकम्पपीडित
जाजरकोटमा रामीडाँडा केन्द्र विन्दु बनाएर शुक्रबार राति आएको भूकम्पले जाजरकोटको भेरी नगरपालिका-१ रिम्नामा घरहरु भत्किएपछि कुखुराको खोरमा बस्दै
जनप्रतिनिधि र कर्मचारीले एक महिनाको तलब भत्ता दिने
रुकुमपश्चिमको आठबिसकोट नगरपालिका । तस्बिर : राजु लामिछाने
दुई दिनभित्र भूकम्प प्रभावितलाई राहत सामग्री पुर्याउन उपप्रधानमन्त्री खड्काको निर्देशन
उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले भूकम्प प्रभावित परिवारलाई दुई दिनभित्र आवश्यक राहत सामग्रीहरू पुर्याउन प्रभावित क्षेत्रका प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिनुभएको छ ।
भूकम्पको त्रासले खुला आकाशमुनि भूकम्पपीडित
जाजरकोटको सदरमुकाम खलङ्गा बजारमा भूकम्पको डरले खुला आकाशमुनि बसेका स्थानीयहरु ।
राउटे महामुखियाको निधन
राउटे समुदायका पूर्व मुखिया (महामुखिया) महिनबहादुर शाहीको निधन भएको छ । दैलेखको भैरवी गाउँपालिका –३ छामघाटमा आइतबार बिहान उनको निधन भएको हो ।
भूकम्पबाट अवरुद्ध सडक खुला
शुक्रबार रातिको भूकम्पबाट अवरुद्ध भएका जाजरकोट तथा रुकुम पश्चिमका सडक सञ्चालन भएका छन् । सडक डिभिजन चौरजहारी र भेरी करिडोरको प्रयासमा सडक खुलाएको हो । भेरी करिडोरको जाजरकोट खलङ्गाबाट नलगाडसम्मको सडक खुलाइएको छ ।
रुकुम पश्चिममा पहिलो चरणको उद्धार सकियो, राहत वितरण थालिँदै
रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाले शुक्रबार राति गएको भूकम्पमा परी मृत्यु भएकाहरूको सम्झनामा आज सार्वजनिक बिदा दिएको छ । साथै नगरकार्यपालिकामा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय समेत गरेको छ ।
भूकम्प प्रभावितलाई ठूलीभेरीले पाँच लाख सहयोग दिने
भूकम्पबाट अति प्रभावित जाजरकोट र रुकुम पश्चिममा डोल्पाको ठूलिभेरी नगरपालिकाले नगद पाँच लाख रुपियाँ सहित स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।
आज शोक मनाउने, विपद् व्यवस्थापन कोषमा दश करोड जम्मा गर्ने लक्ष्य
कर्णाली प्रदेश सरकारले आज (आइतबार) भूकम्पमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्न शोक मनाउने निर्णय गरेको छ । सबैलाई सार्वजनिक रूपमा शोक बनाउन आव्हान गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण बहादुर जिसीले जानकारी दिनुभयो ।
जुम्लामा अटो दुर्घटना दुई जनाको मृत्यु, एक घाइते
जुम्लामा विरामी वाकेर ल्याएको अटो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार हिमा गाउँपालिका १ देवार गाउँका अटो चालक अन्दाजी ४५ वर्षका पदमबहादुर शाही, सो गाउँका अन्दाजी ४२ वर्षका बलि रोकायाको मृत्यु भएको हो ।
स्वास्थ्यकर्मी तथा राहतसहितको उद्धार टोली, भूकम्प प्रभावित गाउँबस्तीमा
गएराति जाजरकोटको बारेकोट गाउँपालिका रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पबाट कर्णाली प्रदेशका जाजरकोट र रुकुमपश्चिम जिल्लामा जनधनको ठुलो क्षति भएको छ । भूकम्प केन्द्रबिन्दु रहेको स्थानसँग जोडिएका गाउँबस्तीमा ठुलो क्षति भएको जनाइएको छ । सो क्षेत्रमा सरकारी तथा विभिन्न सामाजिक सङ्घ संस्थाको उद्धार तथा उपचार टोली, राहत र औषधीलगायतका सामग्री बोकेर स्वयम्सेवक र स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको छ ।