बोलेर जीप दुर्घटना हुँदा चालकसहित दुई घाइते
जिल्लाको दक्षिणी क्षेत्रको अदानचुली गाउँपालिका–३ को श्रीनगर स्वास्थ्य चौकी नजिक बोलेरो जिप दुर्घटना हुँदा चालकसहित दुई जना घाइते भएका छन् ।
हिमालपारिको गाउँ लिमीमा आँखा शिविर
चीनसँग सीमा जोडिएको नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीमा पहिलो पटक आँखा शिविर सन्चालन भएको छ । एक दिन सञ्चालन भएको उक्त शिविरबाट दश जना ७० वर्ष माथिका ज्येष्ठ नागरिकको मोतिया बिन्दुको शल्यक्रिया सफल भएको छ भने अन्य आँखा र सामान्य बिरामीको समेत उपचार गाउँमै चिकित्कसले गर्नु भएको हो ।
भवन क्षतिग्रस्त, सेवा अवरुद्ध
भूकम्पका कारण जाजरकोटका तीन वटा सरकारी कार्यालयको सेवा अवरुद्ध भएको छ । जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, नापी कार्यालय भग्नावशेषमा परिणत भएपछि सेवा अवरुद्ध भएको हो । भूकम्पका कारण सरकारी कार्यालयहरू पूर्ण क्षतिग्रस्त भएपछि आइतबारदेखि सेवा प्रवाह हुन सकेको छैन ।
दुर्गममा खाद्यान्न पठाउन सुरु
जाजरकोट भूकम्पबाट प्रभावित दुर्गम स्थलहरूमा राहतस्वरूप खाद्यान्न पठाउन सुरु गरिएको छ । जिल्ला विपत् व्यवस्थापन समितिले बुधबारदेखि दुर्गम स्थलमा खाद्यान्न पठाउन सुरु गरेको हो । दुर्गम भए पनि गाडी जाने ठाउँमा ट्याक्टरबाट र सडक नपुगेका स्थानमा हेलिकोप्टरबाट पठाउन थालिएको हो ।
इपिसेन्टरमा राखियो भूकम्प मापनयन्त्र
जाजरकोट भूकम्पको केन्द्रबिन्दु आसपास बारेकोट गाउँपालिका–२, रोकाया गाउँमा बुधबार भूकम्प मापनयन्त्र (सिस्मोमिटर) जडान गरिएको छ । गत शुक्रबार रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युटको भूकम्प गएपछि केन्द्रबिन्दुकै आसपास भएर निरन्तर पराकम्पन जाने क्रम जारी छ । हालसम्म ४६६ भन्दा बढी पराकम्पन गएका छन् ।
डाँडाकाँडाका पनि जरा हल्लिए
जाजरकोटका डाँडाकाँडा कतिबेला काम्ने हुन् भन्ने त्रास स्थानीयलाई भइरहेकै छ । कात्तिक १७ गते राति गएको ६.४ म्याग्निच्युटको भूकम्पपछिका पराकम्पनले गौँडा पहाड, जुरेली पहाड, पिल चौर डाँडाका जरा नराम्ररी हल्लिएका छन् । पहाडका मात्र होइन, यसको फेदीलाई बास बनाएका मानिसका सास र बास उठे । बारम्बारको पराकम्पनको हल्लाइबाट थामिन धौ धौ भएका अजङ्गका पहाड पनि आड खोजिरहे झैँ हलचल गरिरहन्छन् । भूकम्पको हलचलले धेरै घर बगरका ढुङ्गा गिट्टी जस्तै सोत्र्याम्म भए । नढलेका घर पनि घर जस्ता छैनन् । धेरैको ज्यान गयो । बाँचेका घरमूली र परिवारजन कोही त्रिपालमुनि अनि कोही खुला आकाशमुनि अनिँदो बसिरहेका छन् ।
भिरबाट लडेर एकको मृत्यु
कर्णाली करिडोर अन्तर्गत लालीघाट बजारमा होटल व्यवसाय गर्दै आउनुभएका एक होटल ब्यबसायीको भिरबाट लडेर ज्यान गएको छ । पलाँता गाउँपालिका ९ थिर्पू स्थाई घर भएका बर्ष ४९ का होटल व्यवसायी हरिकृष्ण बमको भीरबाट लडेर मृत्यु भएको हो ।
मुख्यमन्त्री राहत वितरणमा व्यस्त : पीडितद्वारा अस्थायी बसोबासको माग
गते शुक्रबार गएको भूकम्पपछि प्रभावित क्षेत्रमै रहेर उद्धार, उपचारलगायत समन्वयका काममा निरन्तर रहनुभएका कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा यतिखेर राहत वितरणमा लाग्नु भएको छ ।
जाजरकोटको बारकोटमा राहत वितरण
जाजरकोटका भूकम्पपीडितलाई राहत वितरण गरिएको छ । जाजरकोटको बारकोट गाउँपालिका–२ को रोकाया गाउँमा राहत वितरण गरिएको हो ।
उपप्रधानमन्त्री खड्का राहत सामग्रीसहित जाजरकोटको जुनीचाँदेमा
उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का भूकम्पपीडितका लागि राहत सामग्री लिएर जाजरकोट पुग्नुभएको छ । भूकम्पपीडितले राहत नपाएको गुनासो आएपछि उपप्रधानमन्त्री खड्का आफैँ राहत सामग्री लिएर प्रभावित क्षेत्र जाजरकोटको जुनीचाँदे गाउँपालिका पुग्नुभएको हो ।
राष्ट्रपतिद्वारा भूकम्पपीडितलाई एक महिनाको तलब
राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्प प्रभावित जनताका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा आफ्नो एक महिनाको तलब बराबरको रकम दिनुहुने भएको छ ।
राहतको पर्खाइमा त्रिवेणीका भूकम्पपीडित
जाजरकोट केन्द्रबिन्दु भएर कात्तिक १७ गते आएको भूकम्पका कारण प्रभावित बनेका रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाका भूकम्पपीडित राहतको पर्खाइमा रहेका छन् । यहाँका प्रभावितहरूले हालसम्म त्रिपालसमेत नपाएको गुनासो गरेका छन् ।
पश्चिम नेपालमा बारम्बार भूकम्प
जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भई गएको ६.४ रेक्टर स्केलको भूकम्पले जाजरकोटको भेरी र नलगाड नगरपालिका एवं बारेकोट गाउँपालिका बढी प्रभावित भएको छ । रुकुमपश्चिमको आठबिसकोट र सानीभेरी गाउँपालिकामा समेत जनधनको क्षति भएको छ । विसं २०७२ मा गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७.८ रेक्टर स्केलको भूकम्प गएको थियो । २०७९ कात्तिकमा डोटी केन्द्रबिन्दु भएर ६.६ रेक्टर स्केलको भूकम्प गएको थियो । २०८० असोज १६ गते बझाङ केन्द्रबिन्दु भएर ६.३ रेक्टर स्केलको भूकम्प गएको थियो । राष्ट्रिय भूकम्प मापन केन्द्रको तथ्याङ्क अनुसार बाजुरामा १० माघ २०७९ मा ५.९ रेक्टर स्केलको भूकम्प गएको थियो । तथापि जाजरकोट भूकम्पले मानवीय क्षति बढी भएको छ ।
मदन भण्डारी राजमार्ग क्षेत्रमा रुख काट्न अनुमति
सरकारले मदन भण्डारी राजमार्ग अन्तर्गत पश्चिम सुर्खेतको खम्बागाडेदेखि मायातालसम्मको क्षेत्रमा पर्ने रुख कटानको अनुमति दिएको छ । गत बिहीबार बसेको मन्त्रीपरिषद्को बैठकले आयोजनालाई २३ किलोमिटर सडकखण्ड अन्तर्गतका रुख कटानको अनुमति दिएको हो ।
सल्यानका भूकम्प पीडित अझै खुल्ला आकाशमा बास
दार्मा गाउँपालिका-२ लिरापाजाका उदयराम खत्रीलाई आफ्नै घर पराइ जस्तै लागेको छ । घर भित्र जाऊ भत्किएला भन्ने डर , नजाऊ अन्नपात देखि लत्ताकपडा भित्र छन् । घरपरिवारलाई के खुवाउने । आज आएर आफ्नै घर दुस्मन जस्तै भएको छ ।
कर्णाली सरकारद्वारा भूकम्प प्रभावितलाई दुई करोड हस्तान्तरण
कर्णाली प्रदेश सरकारले भूकम्पबाट प्रभावित जाजरकोट, रुकुम पश्चिम र सल्यानका १६ स्थानीय तहलाई रु दुई करोड ४५ लाख हस्तान्तरण गरेको छ ।
मुगुमा पर्यटकको चहलपहल
मुगुका मुख्य पर्यटकीय गाउँमा विदेशी पर्यटक किसानसँग रमाउन थालेका छन् । असोजलगत्तै मुगुको झ्यारी गाउँ, मुर्मा गाउँमा पर्यटकको चहलपहल बढ्न थालेको स्थानीय कृष्ण रावलले बताउनुभयो । मुगु घुम्न आएका विदेशी पर्यटक आजभोलि रारातालमा मात्र सीमित हुन चाहँदैनन् । उनीहरूको रोजाइ हुने गरेको छ, वरपरका गाउँबस्ती र थुम्का । सहरको सुविधासम्पन्न होटलमा आरामदायी सुविधा लिएका पर्यटक गाउँसम्म पुगेर त्यहाँको आतिथ्य र प्राकृतिक सुन्दरतासँग रमाउन थालिसकेका छन् ।
‘सरकारले घर बनाइदेओस्, अरू जोहो आफैँ गर्छौं’
जाजरकोट र रुकुमपश्चिमका भूकम्प प्रभावितले राज्यबाट आवासको मात्र अपेक्षा गरेको बताएका छन् । सरकारले घर बनाइदिए अन्य जोहो स्वयं गर्ने पनि बताएका छन् । उनीहरूले आफ्ना घर भूकम्पका कारण भत्किएका वा बस्नै नहुने गरी चर्किएकाले सरकारले घर बनाइदिए अरू व्यवस्था आफैँ गर्ने जनाएका छन् ।
वास्तविक भूकम्पपीडित ठगिने अवस्था नआओस् : राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्पपीडितको राहत वितरणका लागि उनीहरूको सही तथ्याङ्क लिन र वास्तविक पीडित ठगिने अवस्था नआओस् भनेर सचेत हुन आग्रह गर्नुभएको छ ।
विपत्तिका बेला कोही छैन भनेर नआत्तिनुहोला : राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले विपत्तिको बेला कोही छैन भनेर नआत्तिन र हामीलाई मद्दत गर्ने सरकार छ भनेर सोच्न आग्रह गर्नुभएको छ । भूकम्प प्रभावितहरूको अवस्था बुझ्न आज भूकम्प गएको केन्द्रबिन्दु जाजरकोटको बाराकोटेको रामीडाँडा पुग्नुभएका राष्ट्रपति पौडेलले त्यहाँ भूकम्पपीडित, जनप्रतिनिधि र स्थानीयहरूसँगको छलफलमा सो आग्रह गर्नुभएको हो ।
‘मध्यरातको तीन सेकेण्डमा गाउँ नै रहेन’
यही कात्तिक १७ गते शुक्रबारको मध्यरात जाजरकोट केन्द्रबिन्दु भएर आएको ६ं.४ रेक्टर स्केलको भूकम्प आउँदा जाजरकोटका टीकाराम परियार घर बाहिर नै थिए ।
लोकतन्त्रमा जिम्मेवार सरकारको अनुभूति हुने गरी काम गर्न राष्ट्रपतिको आग्रह
राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रमा जिम्मेवार सरकार कस्तो हुन्छ भन्ने अनुभूति हुनेगरी भूकम्प प्रभावितहरुलाई आवश्यक अल्पकालीन र दीर्घकालीन योजना बनाएर काम गर्न जनप्रतिनिधहरुलाई आग्रह गर्नुभएको छ ।
जाजरकोट र रुकुम पश्चिममा गृह मन्त्रालयको नेतृत्वमा राहत वितरण
जाजरकोटका भूकम्पपीडितलाई गृह मन्त्रालयको नेतृत्वमा विभिन्न संघसंस्थामार्फत् राहत वितरण गरिएको छ । हालसम्म राहत कार्यमा गृह मन्त्रालयको नेतृत्वमा विभिन्न सङ्घसंस्थाबाट जाजरकोटका भूकम्पपीडितलाई वितरण गरिएको हो ।
राष्ट्रपति पौडेल बिरामीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुहुँदै
राष्ट्रपति रामचन्द्र पौडेल भूकम्प प्रभावित क्षेत्र जाजरकोट पुग्नुभएको छ । राष्ट्रपति पौडेलले जाजरकोट अस्पताल पुगेर घाइतेहरूको अवस्थाबारे जानकारी लिनुभएको छ ।