• ७ जेठ २०८१, सोमबार

राष्ट्रपतिद्वारा भूकम्पपीडितलाई एक महिनाको तलब

blog

राष्ट्रपति रामचन्द्र पौडेल

काठमाडौँ, कात्तिक २२ गते । राष्ट्रपति रामचन्द्र पौडेलले  भूकम्प प्रभावित जनताका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा आफ्नो एक महिनाको तलब बराबरको रकम दिनुहुने भएको छ ।

जाजरकोट केन्द्र बनाएर गएको भूकम्पबाट प्रभावितहरूको राहत तथा पुनः स्थापनाका लागि सो कोषमा राष्ट्रपति पौडेलले सो  रकम प्रदान गर्ने राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

राष्ट्रपति पौडेलले मङ्गलबार भूकम्प प्रभावित जाजरकोट र पश्चिम रुकुमको निरीक्षण गर्नुका साथै अस्पतालमा उपचाररत बिरामीको स्वास्थ्यबारे जानकारी लिनुभएको थियो । 

साथै, राष्ट्रपतिले भूकम्पमा परी घाइते भएका जाजरकोट नलगाड गाउँपालिकाका वीरबहादुर पुनलाई थप उपचारका लागि आफू चढेको जहाजमा सुर्खेतबाट सँगै काठमाडौँ ल्याउनुभएको थियो ।